• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    १० वर्षदेखि दलित छात्राबासको हरिबिजोक, मन्त्रीले शिलान्यास गरेको ३ वर्षसम्म अलपत्र

  • वीरगंज संजाल
  • १३ कार्तिक २०७७, बिहीबार १३:१३
  • ३०२१

    वीरगंज | २नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शिलान्यास गरेको ३ वर्षसम्म पनि दलित छात्राबास निर्माणको कामका लागि एउटा इँटा समेत थपिएको छैन । प्रदेशको अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका–४ मा दलित छात्राबास निर्माणका लागि मन्त्री सोनलले तामझामका साथ शिलान्यास गरेका थिए । साविकको राजपा नेपालका विभिन्न नेता तथा कार्यकर्ता समेतको उपस्थितिमा छात्राबास निर्माणका लागि शिलान्यास गरेको ३ वर्ष बितिसक्दा पनि निर्माण कामको प्रक्रिया शुरू हुन सकेको छैन ।

    प्रत्येक वर्ष मन्त्रालयले बजेट विनियोजन गरेर मातहतको निकाय शहरी विकास तथा भवन कार्यालयमा पठाउने गरेको भए पनि बजेट फ्रिज हुने गरेको छ । साविकमा जिल्ला विकास समिति धनुषाले छात्राबास निर्माणका लागि २० लाख ८ हजार ३०० रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरेको थियो । तर पिल्लर ठड्याउने काम मात्रै भएर अधुरो थियो । अधुरो छात्राबास निर्माणका लागि मन्त्री सोनलले आफ्नो मन्त्रालयबाट बजेट छुट्याएर निर्माणका लागि शिलान्यास गरेका थिए ।

    शहरी विकास तथा भवन कार्यालयका इन्जिनीयर नरेन्द्रकुमार झाका अनुसार अधुरो छात्राबास निर्माणका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा २५ लाख रुपैयाँ र आर्थिक वर्ष २०७६/०७७ मा ५० लाख रुपैयाँ बजेट पठाएको थियो । चालू आर्थिक वर्ष २०७७/०७८ मा पनि ३० लाख रुपैयाँ बजेट पठाइएको छ । तर विगत ३ वर्षदेखि निरन्तर बजेट आए पनि कुनै काम भएको छैन, रकम फ्रिज हुने गरेको छ ।

    जनकपुरधाम उपमहानगरपालिकाले पनि अधुरो छात्राबासमा निर्माणका लागि सिफारिस गरेर पठाएको हुनाले योजना छनोट गरिएको इन्जिनीयर झाले बताए । तर साविकको उपभोक्ता समितिले ‘साइट क्लियर’ गरेर नदिएको हुनाले मापनसहित लगत इस्टिमेटको काम नै अगाडि नबढेको कारण कुनै काम हुन नसकेको उनले बताए ।‘साविकमा जिविसले काम गराएका पिल्लरहरूमाथि ठूल्ठूला झारहरू उम्रिएका छन्, झारहरू हटाउने कामका लागि साविकको उपभोक्ता समितिलाई पटक–पटक भने पनि हटाएनन्,’ इन्जिनीयर झाले भने, ‘त्यसकारण मापनको काम नै भएन र निर्माणको काम अगाडि बढ्न सकेन ।’

    साविकमा उपभोक्ता समितिले गरेको काममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा परेको हुँदा पनि कसरी काम अगाडि बढाउने भन्ने अन्योलका कारण काम हुन नसकेको कार्यालयका कार्यालय प्रमुख विनोदकुमार यादवले बताए । ‘शुरूमा साइटको अधुरो काममा मुद्दा परेको छ भन्ने कुरा हामीलाई थाहा थिएन,’ यादवले भने, ‘जनकपुरधाम उपमहानगरले पनि योजना छनोटसहित मन्त्रालयमा सिफारिस पठाएका कारण मन्त्रीज्यूले पनि शिलान्यास गर्नुभएको थियो ।’ पछि मात्र समस्याहरूबारे थाहा भएका कारण निर्माण काम अगाडि बढ्न नसकेको उनले बताए ।

    उपमहानगरले चालू आर्थिक वर्षमा काम गर्न साविकको स्थानबाहेक नयाँ ठाउँ सिफारिस गरेर पठाएकाले अब केही दिनमै नयाँ स्थानमा दलित छात्राबास निर्माण गर्नका लागि टेन्डर आह्वान गरिने र निर्माणको काम शुरू हुने यादवले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑