मुम्बई । एक समय भारतको उत्कृष्ट अलराउन्डरको रुपमा चिनिने इरफान पठान अब चलचित्रको पर्दामा डेब्यु गर्दैछन् । इरफान तमिल इन्डष्ट्रिबाट चलचित्रमा देखिन लागेका हुन् । उनको ३६ औं जन्मोत्सवमा घोषणा भएको यस चलचित्रको हालै ‘फर्स्ट लुक’ पोस्टर सार्वजनिक भएको छ ।
इरफान ‘कोब्रा’ नामक चलचित्रबाट डेब्यु गर्न लागेका हुन् । यस चलचित्रमा उनी असलान यिलमाज नामक फ्रान्सेली इन्टरपोल अफिसरको भूमिका निभाउँदै छन् ।
चलचित्रमा इरफानका साथै तमिल सुपरस्टार चियान बिक्रम पनि हुनेछन् । यसअर्थमा लिडमा विक्रम र इरफानको छोटो भूमिका हुने अनुमान गरिएको छ ।
आगामी वर्ष रिलिज हुने अनुमान गरिएको यस चलचित्रको अहिले छायांकन भइरहेको छ । यी दुईका साथै रवि कुमार, श्रीनिधि शेट्टी लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहने छ । – नवभारत टाइम्स