आज:
  • होमपेज / Breaking News

    बलात्कारको अपराध नै बढेको हो ? कि घटनाको जाहेरी बढेकाले धेरै देखिएको हो ?

  • वीरगंज संजाल
  • १३ कार्तिक २०७७, बिहीबार ०७:०२
  • ५३५७

    वीरगंज | केही यता बलात्कारको अपराध नै बढेको हो कि घटनाको जाहेरी बढेकाले धेरै देखिएको हो भन्ने विषयमा त व्यवस्थित अध्ययनै हुनुपर्ला । तर,समाजमा बलात्कारप्रति अझै पनि पितृसत्तात्मक दृष्टिकोणबाट हेर्ने गरिएको छ भन्ने चाहिँ अपराध र त्यसप्रतिको सामाजिक तथा प्रहरी प्रशासनको व्यवहारले पुष्टि गर्छ ।

    नेपाल प्रहरीले सार्वजनिक गरेको विगत दुई वर्षको तथ्यांकअनुसार नेपालमा सालाखाला दिनहुँ छवटा बलात्कारका घटना भएका छन् । बलाकार पीडितमा अधिकांश ११ वर्षदेखि १६ वर्ष उमेर समूहका बालिकाहरू रहने गरेको तथ्याङ्कले देखाएको छ । नेपाली समाजको पितृसत्तात्मक सोच र पछौटे चरित्र हेर्दा प्रहरीसमक्ष नपुगेका घटना पक्कै सार्वजनिक भएका घटनाभन्दा थोरै छैनन् भन्ने अनुमान सहजै लगाउन सकिन्छ । यद्यपि, बलात्कारजस्तो अपराधमा संख्या महत्त्वपूर्ण होइन ।

    अझै पनि नेपाली समाजमा बलात्कार पीडितलाई नै लाञ्छित गर्ने चलन बाँकी नै छ । यसैले घटना दबाउने वा बाहिर आए नै पनि गाउँघरमै मिलाउने वा बलात्कारीसँगै पीडित बालिका वा महिलाको बिहा गरिदिने गरिन्छ । अपराधीलाई सजाय दिलाउनुभन्दा परिवारदेखि समाज र कतिपय अवस्थामा प्रहरी प्रशासनकै अधिकारीसमेत पीडितको ‘इज्जत’ जोगाउन घटनालाई सामसुम पार्न खोज्छन् । नेपालकै पनि मध्य तराई, लुम्विनी र सुदूरपश्चिम प्रदेशमा बलात्कारका घटना दबाइने वा गाउँघरमै मिलाउने गरेका उदाहरण बढी पाइन्छ ।

    यिनै ठाउँहरू आर्थिक र सामाजिक विकासमा पछि परेकाले बलात्कारको अपराध र समाजको पछौटेपनका बीचमा सहसम्बन्ध रहेको देखिन्छ । प्रहरीले पनि तिनै ठाउँहरूमा बलात्कारको अपराधमा बढी हेलचेक्य्राइँ वा बदमासी गर्ने गरेको पाइएको छ । यसैले सामाजिक चेतना जगाउनुका साथै कानुन कार्यान्वयन प्रभावकारी बनाउन सके बलात्कारको अपराध धेरै नियन्त्रण हुनसक्थ्यो ।

    मानसिकरूपमा स्वस्थ व्यक्तिले बलात्कारजस्तो जघन्य अपराध गर्न सक्तैन । तर, युगौँदेखि नारीलाई उपभोग्य वस्तुका रूपमा हेर्ने समाजमा हुर्केकाहरूको सामूहिक अवचेतनमा बलात्कार अपराधभन्दा बढी पौरखका रूपमा बसेको छ । यस्तै, महिलाको ‘इज्जत’ कथित ‘कुमारित्व’सँग जोड्ने गरिएकाले पनि बलात्कारजस्तो जघन्य अपराघलाई पीडितकै अभिभावकसमेत मिलेर दबाउने विडम्बना पनि समाजमा बाँकी नै छ । सप्तरीको डाक्नेश्वरी — ७ की किशोरीले समाजले मिलापत्र गर्न दबाब दिएपछि आत्महत्या नै गरिन् । पीडितको अस्मितामा बलात्कारले जति नै चोट सम्भवतः न्यायको ढोका बन्द हुनुले लागेको हुनुपर्छ ।

    यसैले पछिल्ला दिनमा बलात्कारको अपराधीलाई मृत्युदण्ड हुनुपर्ने बहस सुरु भएको हुनुपर्छ । तर, मृत्युदण्ड दिइने मुलुकहरूमा पनि बलात्कारको अपराध घटेको देखिँदैन । विद्यमान कानुनलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने, प्रहरीले अनुसन्धान र प्रमाण संकलनका क्रममा पीडितमैत्री कार्यविधि एवं व्यवहार अपनाउने तथा सामाजिक र राजनीतिक क्षेत्रका अगुवाहरूको बलात्कारप्रतिको दृष्टिकोण आधुनिक सभ्य समाज सुहाउँदो हुने हो भने नेपालमा पनि बलात्कारको अपराध कम हुनेछ ।

    बलात्कार पीडितको संख्या जति धेरै वा थोरै भए पनि व्यक्तिको अस्मितासँग जोडिएको अपराध भएकाले यसप्रति समाजको दृष्टिकोण र राज्यको सोच दुवै बदल्नु आवश्यक देखिन्छ । सन्तान हुर्काउने बेलादेखि नै बलात्कार जघन्य अपराध हो भनेर सिकाउन सके धेरै युवालाई यस अपराधमा संलग्न हुनबाट जोगाउन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑