वीरगंज | भारतको देहरादूनस्थित एक आश्रममा नेपाली बालबालिकालाई यातना दिइएको खबर बाहिरिएपछि नेपाल सरकारले त्यसमा चासो दिएको छ । बुधबार राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले उक्त आश्रममा रहेका बालबालिकामाथि त्यहाँका लामाले खानाको विषयलाई लिएर निर्मम यातना दिएको भन्दै ट्विट गरेकी थिइन् ।
अन्सारीले आफ्नो ट्विटमा मन्त्री ज्ञवाली र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यलाई ‘मेन्सन’ गरेकी थिइन् । सो ट्विटको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली बालबालिकालाई यातना दिइएको घटनाको सत्य तथ्य बुझ्ने प्रक्रिया थालिएको बताएका हुन् ।
मन्त्री ज्ञावलीले लेखेका छन्, ‘ध्यानाकर्षणका लागि धन्यवाद । सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको छ ।