पर्सा | पर्साको धोविनी गाउँपालिकाको ओरियाखोलाबाट एक पुरुषको शब फेला परेको छ | पर्साको धोविनी गाउँपालिका वडा नम्बर २ आस्वारीस्थित ओरियाखोलाबाट एक पुरुषको शब फेला परेको छ ।आसवारी र मिर्जापुर भलुवहियाको बिचमा रहेको खोलामा गाडिएको अवस्थामा फेला परेको शबको शरीरको आधा भाग नरहेको प्रहरीले जनाएको छ ।कुहिएको अवस्थामा फेला परेको शबको कम्मरभन्दा तलको भाग जिवजन्तुले खाएको हुन सक्ने आशंका गरिए आस्वारी प्रहरी चौकी इन्चार्ज रामशेवक महतोले बताए । शबको पहिचान भने खुल्न सकेको छैन ।
पोस्टमार्टमका लागी शवलाई वीरगंजस्थित नारायणी अस्पतालमा पठाईएको महतोले बताए ।यसअघि कालिकामाई गाउँपालिकामा पनि एक जना महिलाको शब फेला परेको थियो । त्यसैगरी जगरनाथपुर गाउँपालिकाको दसौता गण्डक नहरबाट पनि बोरामा राखिएको अवस्थामा शब फेला परेको थियो ।पर्साको ग्रामिण क्षेत्रमा यस्ता घटनाहरु बढ्नुमा प्रहरीको लापरवाहीलाई स्थानीयहरुले दोष दिएका छन् ।
प्रहरीले रातिको समयमा नियमित गस्ती गस्ती नगर्दा अपराधिहरुलाई छुट पाएको स्थानीय बताउँछन् ।धोविनी गाउँपालिका वडा नम्बर २ का मुकेश पटेलले प्रहरी तस्करी तस्करहरुसँग सेटिङ्गमा व्यस्त हुँदा अपराध नियन्त्रणमा ध्यान नपुगेको बताए ।
उनले प्रहरीको लापरवाहीका कारण गाउँमा दिनहु चोरी, तस्करी, बलत्कार जस्ता जघन्य अपराधहरु बढेको बताउँदै नागरिकले असुरक्षित महसुस गरीरहेको स्थानीयले बताए ।प्रहरीलाई अपराधी घटनाहरुको बारेमा पटक-पटक जानकारी गराउँदा समेत वेवास्ता गरेको पटेलको भनाइ छ ।yatradaily