धनगढी | कैलालीको टीकापुरमा रहेको सोयाबिन उद्योगमा आगलागी भएको छ। टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा बुधबार आगलागी भएको हो। बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करिब चार करोड रुपैयाँको क्षति भएको छ।
बिहान चार बजेतिर विद्युत् चुहिई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको छ।
बिहान ६ बजेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।