• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वाब संकलन गरिएका ८० प्रतिशतमा कोरोना संक्रमण पुष्टि

  • वीरगंज संजाल
  • १२ कार्तिक २०७७, बुधबार ०७:४५
  • २६९७

    वीरगंज | चाडबाडको समयमा मानिसको आवतजावतमा भएको वृद्धिसँगै गाउँमा कोरोना संक्रमण पनि बढ्दै गएको छ ।पछिल्लो एक साताको मात्रै तथ्यांक हेर्दा सक्रिय संक्रमितको संख्यामा वृद्धि बढेको छ । कोरोना चेक गर्नका लागि स्वाब दिएकामध्ये ८० प्रतिशतलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए ।  जिल्ला प्रशासन कार्यालय दैलेखले सदरमुकाममा मात्रै प्रभावकारी परीक्षण गर्ने हो भने ४० देखि ५० प्रतिशतमा संक्रमण देखिन सक्ने आशंका गरेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक कात्तिक १५ सम्मका लागि सबैखाले आवतजावत बन्द गरेको छ ।

    ११ वटा पालिकाका बजार केन्द्रहरू बन्द गरेको छ । मास्क नलगाएर सदरमुकाममा हिँडडुल गर्नेलाई पक्राउ गर्ने काम थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दसैँको अवसरमा दुई दिन बन्द भएको परीक्षण कार्य पुनः सुरु गरिएको छ । कोरोना परीक्षणको रकम तोकेपछि परीक्षण गर्नेहरू ह्वात्तै घटेका छन् । प्रशासनले समुदायमा कोरोना फैलिएको आशंका गरेको छ । सदरमुकाममा मात्रै एक सय ५० भन्दा बढी सक्रिय संक्रमित पुगेका छन् । कडा ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो भएर अक्सिजन दिनुपर्ने अवस्थाका बिरामी बढ्दै गएको   डा. पन्तले बताए ।

    यी पेसाकर्मीमा बढी संक्रमण 

    सदरमुकाम दैलेख बजारभित्रै सक्रिय काम गरिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, होटेल व्यवसायी र व्यापारीलाई कोरोना संक्रमण  बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । प्रहरीले मास्क नलगाउनेलाई केहीबेर नियन्त्रणमा लिने र छोड्ने अभियान चलाएको छ ।  दैलेखमा १४ स्वास्थ्यकर्मी, १५ सुरक्षाकर्मी, तीन सञ्चारकर्मी, २० होटेल व्यवसायी र २० जना व्यापारीलाई पछिल्लो एक सातामा संक्रमण देखिएको छ ।

    कोरोना परीक्षणमा शुल्क लाग्ने भए पनि परीक्षण गर्ने घटे 

    दैलेखमा सञ्चालन रहेको पिसिआर मेसिनबाटै कोरोना परीक्षण भइरहेको छ । संक्रमितहरूको संख्या दिनदिनै बढ्न थालेपछि जनशक्ति र अन्य साधनको अभाव भएको भन्दै दैलेखमा निःशुल्क गरिएको कोरोना परीक्षणलाई शुल्क लगाइएको छ । ‘निःशुल्क परीक्षण थाम्न नसकिने अवस्था भयो, सरकारले तोकेको शुल्क लगाउने तयारीमा छौँ,’ डा. नीरञ्जन पन्तले नयाँ पत्रिकासँग भने ।गरिब र विपन्न समुदायका मानिसमा लक्षण देखिँदा पनि शुल्क तोकेपछि कोरोना परीक्षण गर्नेहरूको संख्या ह्वात्तै घटेको छ ।

    कर्णाली प्रदेश सरकारले सबै कुरा निःशुल्क भनेर घोषणा गरेको भए पनि व्यवहारमा लागू नभएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । प्रतिनिधिसभाका सदस्य रवीन्द्रराज शर्माले सांसदको क्षेत्र विकास कोषअन्तर्गत एक करोडभन्दा बढीमा ल्याएको पिसिआर मेसिनले अहिलेसम्म प्रभावकारी काम गरिरहेको छ ।

    संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी पनि संक्रमितको सेवामा  

    आफैँ संक्रमित भएका स्वास्थ्यकर्मीले उपचारका लागि आएका कोरोना संक्रमितको उपचार गरिरहेका छन् । लक्षणसहित संक्रमण भएको थाहा हुँदाहुँदै पनि स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले पिपिई सेट नलगाएर सामान्य मास्कको भरमा संक्रमितको जाँच गरेर बिरामीलाई उत्साह प्रदान गरेका छन् ।

    उनले भने,  ‘हामीले नै बिरामीलाई हेला गऱ्याैँ भने मनोबल झन् कमजोर हुन्छ । त्यसैले दैलेखका सबै स्वास्थ्यकर्मीहरूले बिरामीहरूलाई यसरी नै जाँच गरिरहेका छन् ।’ स्वास्थ्य सेवा कार्यालय दैलेखमा कार्यरत दुईजना डाक्टरसहित १४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

    आइसाेलेसन भरियो, विकल्पको खोजी

    कर्णाली प्रदेश सभाका सदस्य अमरबहादुर थापाको निर्वाचन क्षेत्र विकास कोषअन्तर्गत एक महिनाको अवधिमा तयार गरिएको ५२ शय्याको आइसोलेसन अस्पताल सक्रिय संक्रमितहरूले भरिसकेको छ । पुरानो आइसोलेसनको रूपमा निर्माण गरिएका विद्यालय वा अन्य विकल्पबारे जिल्ला दैवी प्रकोप कोभिड रोकथाम तथा नियन्त्रण समितिमा छलफल गरिएको छ । महाबु गाउँपालिकामा पनि प्रिफ्रयाव मोडेलमा आइसोलेसन अस्पताल निर्माण गरिएको छ ।

    कोरोना संक्रमण बढ्दै जाँदा स्थानीय सरकार डरायो 

    कोरोना संक्रमणको सुरुवाती अवस्थामा निकै तामझामका साथ व्यवस्थापनमा खटिएका स्थानीय सरकार समस्या बढ्दै गएका वेलामा भने डराएका छन् । सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएका वेलामा जनतालाई सचेतना फैलाउने, गरिब र विपन्न समुदायका नागरिकलाई मास्क, स्यानिटाइजर र साबुन वितरण गर्ने, उपचारमा सहयोग पुऱ्याउने गतिविधिमा कमी आएको छ । विगतमा अनावश्यक रूपमा करोडौँ खर्च गरेको नाटक मात्रै भएको स्थानीयको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑