• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गुप्तचर प्रमुखपछि किन आउँदै छन् भारतीय सेनाध्यक्ष, के सन्देश पठाउँदै छ नेपाल ?

  • वीरगंज संजाल
  • १२ कार्तिक २०७७, बुधबार ०६:४५
  • २७३३

    भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे कात्तिक १९ देखि तीन दिन नेपालको औपचारिक भ्रमणमा आउँदै छन् ।नेपाली सेनाले मंगलबार सार्वजनिक गरेकाे भ्रमण तालिकाअनुसार नरभणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शीतलनिवासमा २० कात्तिकमा नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गर्ने कार्यक्रम छ ।  भारतीय सेनाध्यक्षले सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार वार्ता सम्पन्न गरेर समकक्षी पूर्णचन्द्र थापासँग जंगी अड्डामा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता तथा एकान्त वार्ता गर्नेछन् । 

    भोलिपल्ट स्वदेश फर्कने दिन उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् भने शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा नेपाली सेनाका अधिकारीहरूलाई सम्बोधन गर्नेछन् । त्यसक्रममा उनले अन्तर्राष्ट्रिय, क्षेत्रीय र नेपाल–भारत द्विपक्षीय सुरक्षा वातावरणबारे भारतको पछिल्लो धारणा राख्नेछन् । नेपाल आएकै दिन सेनाध्यक्ष नरभणेले भगवान् पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । 

    भारतको गुप्तचर एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयल आएर फर्केको दुई साताभित्र हुन लागेको भारतीय सेनाप्रमुखको भ्रमणलाई नेपालले दुई देशबीच एक वर्षदेखि ठप्प कूटनीतिक संवाद सुचारु गर्न उपयोग गर्न लागेको छ।सन् २०१६ मा नेपालमा नाकाबन्दी थियो र त्यसवेला पनि नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली थिए । त्यसवेला नेपालमा जारी भएको नयाँ संविधानबारे असमझदारी हुँदा नेपाल र भारतको कूटनीतिक र राजनीतिक नेतृत्वबीच संवाद बन्द थियो ।

     त्यसवेला संवाद सुचारु गर्न नेपाली सेनाले प्रयास गरेको थियो । नेपाली सेनाका तत्कालीन प्रमुख राजेन्द्र क्षेत्रीको भारत भ्रमणपछि नेपालमा नाकाबन्दी अन्त्य भएको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमण गरेका थिए । चार वर्षपछि प्रधानमन्त्री ओलीले सैन्य कूटनीतिमार्फत सम्बन्ध सुचारु गर्न चाहेका छन् । प्रधानमन्त्री ओलीको चाहनाअनुसार नेपाली सेनाप्रमुख पूर्णचन्द्र थापाको प्रयासमा भारतीय सेनाप्रमुख नरभणे नेपाल आउन लागेको नेपाली सेनाको बुझाइ छ । 

    पछिल्लोपटक ०७३ माघमा नाकाबन्दी हटाउन प्रधानमन्त्री ओलीले सैन्य कूटनीति प्रयोग गरेजस्तै यसपटक पनि उनको रुचिअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रयास र निमन्त्रणामा भारतीय सेनाध्यक्ष नेपाल आउन लागेका हुन् । तर, नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले भारतीय सेनाध्यक्षको भ्रमण नियमित र पारम्परिक भएको प्रतिक्रिया दिए । नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुराको स्वामित्व  विवादका कारण एक वर्षदेखि राजनीतिक र कूटनीतिक संवादमा गतिरोध छ । गतिरोधबीच रअका प्रमुखको भ्रमण ५ र ६ कात्तिकमा भयो भने सेनाध्यक्षको भ्रमण त्यसको दुई साताभित्र हुने सेनाले मंगलबार विज्ञप्तिमा जनाएको छ ।

    उच्च सरकारी स्रोतका अनुसार भारतीय सेनाप्रमुखको यसवेलाको भ्रमण परम्परागत प्रकारको देखिए पनि यसमा दुई देशबीच कूटनीतिक संवाद सुचारु गर्ने राजनीतिक अभिप्राय जोडिएको छ । अघिल्लो वर्ष सुरुमा भारतले र त्यसपछि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधाराको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि दुवै देशबीच कूटनीतिक र राजनीतिक तहमा द्विपक्षीय वार्ता ठप्प छ ।

    यसबीचमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अगस्ट १५ मा टेलिफोन संवाद भए पनि त्यो औपचारिकतामा सीमित थियो । एक वर्षदेखि दुई देशबीच विदेशसचिवस्तरीय वार्ताका लागि नेपालले प्रयास गरे पनि सफल हुन सकेको छैन । औपचारिक कूटनीतिक संवाद ठप्प रहेका वेला भारतीय सेनाध्यक्षको भ्रमणलाई महत्वसाथ हेरिएको छ । एक सैन्य अधिकारीका अनुसार दुई देशबीच थाती रहेका विषय संवादबाट हल गर्नुपर्छ र सम्बन्ध सुदृढ गर्नुपर्छ भन्नेमा भारतीय सैन्य नेतृत्व पनि सहमत छ । 

    उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद समाधान गरेर सम्बन्ध थप सुढृढ गर्नुपर्ने नेपालको धारणासहितको सन्देश  सेनाध्यक्षमार्फत समकक्षी मोदीलाई पठाउनेछन् । नेपालले भारतसँगको सम्बन्धलाई चीनसँग अलग गरेर हेर्नुपर्ने धारणा राख्दै आएको छ । यो सन्देश प्रधानमन्त्री ओलीले पुनः दोहोऱ्याउने छन् । प्रधानमन्त्री ओलीले दुई देशबीच यथासम्भव विदेशसचिवस्तरको संयन्त्रको बैठक वा विदेशमन्त्रीस्तरको संयुक्त आयोगको बैठक तय गर्न भारतलाई आग्रह पनि गर्नेछन् । 

    ‘प्रधानमन्त्री केपी शर्मा ओलीले २१ अक्टाेबरमा रिसर्च एन्ड एनालाइसिस विंग्स (रअ)का प्रमुख सामन्त गोयललाई यही सन्देश पठाएका थिए । अब भारतका स्थल सेनाध्यक्षलाई पनि प्रधानमन्त्रीले त्यही सन्देश पठाउनेछन्,’ उच्च सरकारी स्रोतले नयाँ पत्रिकासँग भन्यो ।प्रधानमन्त्री ओलीले भारत र चीनबीचको सीमा क्षेत्रमा उत्पन्न तनाव वार्ताबाट समाधान हुनुपर्ने धारणा राख्नेछन् जो नेपालले विगतदेखि भन्दै आएको छ । 

    पूर्वजर्नेल भन्छन्-  नेपाललाई ऐतिहासिक अवसर

    पूर्वरथी नेपालभूषण चन्द :

    यो भ्रमण नेपालका लागि महत्वपूर्ण छ किनभने यो दुई सेनाबीचको सम्बन्धले विगतमा पनि राजनीतिक संवाद सुचारु भएको थियो, अब पनि सुचारु हुन्छ भन्ने मलाई विश्वास छ । नेपालले यो अवसरलाई उपयोग गर्नुपर्छ । ’

    पूर्वउपरथी बिनोज बस्न्यात : 

    हाम्रो नेतृत्वले भारतको नेतृत्वलाई राजनीतिक सन्देश पठाउने यो राम्रो मौका हो । त्यसकारण यो भ्रमणलाई सैन्य आँखाबाट होइन, राजनीतिक र कूटनीतिक आँखाबाट हेर्नुपर्छ । भारतको सुरक्षा चासो बुझ्ने, नेपालको सुरक्षा चासो व्यक्त गर्ने अनि नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सहयोगका लागि नेपालले स्पष्ट रूपमा कुरा राख्नुपर्छ । 

    पूर्वउपरथी हिमालय थापा :
    नेपाल भारत र चीनबीच तटस्थ छ भनेर स्पष्ट पार्ने यो अवसर पनि हो ।  नेपाल भारत वा चीन कतैतिर ढल्केको छैन । हामी ठूला छिमेकीहरू भारत र चीनको द्वन्द्वमा फस्न चाहँदैनौँ भन्ने सन्देश दिने अवसरको उपयोग गर्नुपर्छ । 

    त्यस अर्थमा भारतीय सेना प्रमुखको नेपाल भ्रमण एकदमै सकारात्मक कदम हो र दुवै पक्षले यस भ्रमणको क्रममा यस क्षेत्रको जियोस्ट्रेटजिक यथार्थ महसुस गर्नेछन् भन्ने मलाई लाग्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
  • वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    News

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑