• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश–२ मा अहिलेसम्म १५ हजारभन्दा बढीमा कोरोना संक्रमण, १६६ को मृत्यु

  • वीरगंज संजाल
  • १२ कार्तिक २०७७, बुधबार ०७:०९
  • २८८१

    वीरगंज | प्रदेश २ मा हालसम्म करिब १ लाख ३२ हजार जनाको मात्र कोरोना परीक्षण भएको छ। सुरुवातमा कोरोनाको हटस्पट बनेको यस प्रदेशमा मंगलबार सम्ममा १ लाख ३१ हजार ९ सय ७७ जनाको पीसीआर परीक्षण गरिएकोमा १५ हजार ४ सय १४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त प्रमुख विजय झाले जानकारी दिए।

    कुल १ लाख ३२ हजार ६ सय ५ जनाको स्वाब संकलन गरिएकोमा ६ सय २८ जनाको रिपोर्ट आउन बाँकी रहेको निमित्त प्रमुख झाले बताए। प्रदेशका ८ जिल्लामा १ लाख १६ हजार ५ सय ६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ। त्यस्तै कोरोना संक्रमणबाट १ सय ६६ जनाले आफ्नो ज्यान गुमाएका छन् भने १३ हजारभन्दा बढी संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

    कोरोना संक्रमित अत्याधिक रहेको यस प्रदेशमा पछिल्लो समय संक्रमित हुनेको संख्यामा कमी आएको छ भने निको हुनेको संख्या बढेको छ। हालसम्म यहाँ १३ हजार ५ सय १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

    आठ वटा प्रदेश रहेको यस प्रदेशमा सबैभन्दा बढी प्रभावित भएको पर्सामा २७ हजार ७ सय ५१ जनाको स्वाब संकलन गरिएकोमा २ हजार ८ सय ९२ जनाको रिपोर्ट पोजेटिभ, २४ हजार ४ सय ३४ जनाको नेगेटिभ र ४ सय २५ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ।

    पर्सापछि धनुषामा १५ हजार ७ सय ९४ जनाको स्वाब संकलन गरिएकोमा २ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ हजार ५ सय ३९ जनाको रिपोर्ट नेगेटिभ र ३४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

    रौतहटमा २३ हजार ६ सय ४५ जनाको स्वाब संकलन गरिएकोमा २ हजार ७४ को रिपोर्ट पोजेटिभ, २१ हजार ५ सय ५५ को नेगेटिभ र १५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ। सर्लाहीमा १४ हजार ४ सय ४४ जनाको स्वाब संकलन गरिएकोमा १ हजार ९ सय ६९ जनाको रिपोर्ट पोजेटिभ, १२ जार ४ सय ७१ को नेगेटिभ र ४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

    त्यस्तै महोत्तरीमा ८ हजार १ सय १ जनाको स्वाब संकलन गरिएकोमा १ हजार ६ सय ५० जनाको रिपोर्ट पोजेटिभ, ६ हजार ३ सय ८१ को नेगेटिभ रहेको छ। सप्तरीमा १९ हजार ३ सय ३३ जनाको स्वाब संकलन गरिएकोमा १ हजार ५ सय ८३ जनाको रिपोर्ट पोजेटिभ, १७ हजार ७ सय ४९ को नेगेटिभ रहेको छ।

    बारामा १२ हजार २ सय ७६ जनाको स्वाब संकलन गरिएकोमा १ हजार ५ सय १७ जनाको रिपोर्ट पोजेटिभ, १० हजार ६ सय ९५ को नेगेटिभ र ६४ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त प्रमुख झाले बताए।

    सिरहामा कुल ११ हजार १ सय ९० जनाको स्वाब संकलन गरिएकोमा १ हजार ४ सय ५३ जनाको रिपोर्ट पोजेटिभ, ९ हजार ७ सय २१ को नेगेटिभ र १६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

    कोरोनाबाट १ सय ६६ जनाको मृत्यु

    कोरोना संक्रमणबाट प्रदेश २ मा १ सय ६६ जनाको मृत्यु भएको छ। ३० महिला र १ सय ३६ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ। कोरोनाबाट सबैभन्दा बढी पर्सामा ४८, सप्तरीमा २५, धनुषामा १९, बारामा १८, महोत्तरीमा १७, सिरहामा १६, सर्लाहीमा १३, रौतहटमा ९ र १ भारतीय नागरिकको मृत्यु भएको छ।

    साढे १३ हजारभन्दा बढी डिस्चार्ज

    प्रदेश २ मा कोरोना संक्रमणबाट मृक्त हुनेको संख्या साढे १३ हजार नाघेको छ। कुल १५ हजार ४ सय १४ जना कोरोना संक्रमित रहेकोमा १३ हजार ५ सय १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख झाले बताए।

    पर्सामा २ हजार ६ सय ६८, धनुषामा २ हजार २६, रौतहटमा १ हजार ९ सय २९, सर्लाहीमा १ हजार ८ सय ७०, महोत्तरीमा १ हजार ४ सय ९८, सप्तरीमा १ हजार ३ सय ५६, बारामा १ हजार ३ सय १४ र सिरहामा ८ सय ५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑