• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा थिम कन्ट्रीका रुपमा नेपाल

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७७, मंगलवार १४:०७
  • ३२३७

    वीरगंज। चीनको राजधानी बेइजिङमा आजदेखि सुरु १० दिने अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र थिम कन्ट्रीका रुपमा प्रस्तुत गरिएको छ । नेपालको प्रतिनिधित्व गरेको साइनो नेपाल मिडिया सोसाइटीले विश्व प्राकृतिक सम्पदा सूचीमा सूचीकृत नेपालका चितवन तथा सगरमाथा राष्ट्रिय निकुञ्जका ५० तस्बिर समावेश गरेको छ । चीनको संस्कृति तथा पर्यटन मन्त्रालय र बेइजिङ महानगरपालिका जनसरकारले संयुक्त रुपमा आयोजना गरेको बीआरआई विश्व प्राकृतिक सम्पदा अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा थिम कन्ट्रीका रुपमा नेपाललाई मात्रै छुट्टै स्थान दिई  विशेष प्रदर्शनी कक्ष व्यवस्था गरिएको छ ।

    प्रदर्शनीमा राखिएका हरेक तस्बिर तथा नेपालसम्बन्धी जानकारी चिनियाँ र अंग्रेजी भाषामा दिइएको छ । प्राकृतिक सम्पदाका व्यावसायिक फोटाग्राफर नारायण रिजाल, कोमल भागत, आशिष गुरुङ, आङरिता शेर्पा, वेदकुमार ढकाल, सागर गिरी, बाबुराम लामिछानेलगायत तस्बिर प्रदर्शनीमा समाविष्ट छन् । नेपाल सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी थिम कन्ट्रीका रुपमा नेपाललाई प्रस्तुत गर्न र प्रदर्शनीस्थल निःशुल्क रुपमा उपलब्ध गराउन सह-आयोजक चाइना आर्ट फोटोग्राफी सोसाइटी र आफ्नो संस्थाबीच सहमति भएको साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले बताए ।

    आगामी दिनमा चीनलगायत विश्वका विभिन्‍न मुलुकमा आयोजना गरिने अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपालका तस्बिर समावेश गरी पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन सहकार्य गर्ने विषयमा पनि दुवै सोसाइटीबीच समझदारी रहेको उनले जानकारी दिए ।

    प्रदर्शनीका लागि आवश्यक डिजिटल भर्सनका फोटो वन तथा वातावरण मन्त्रायलबाट निःशुल्क उपलब्ध गराइएको थियो । बेइजिङस्थित नेपाली राजदूतावासको सहयोगमा नेपालको सहभागिताको व्यवस्थापन र खर्च सोसाइटीले नै गरेको हो । प्रदर्शनी उद्घाटनमा सहभागी नेपाली राजदूतावासका उपप्रमुख एवं मिनिस्टर सुशीलकुमार लम्सालले प्रदर्शनीलाई नेपाल बुझ्‍ने झ्यालको संज्ञा दिँदै अवलोकनकर्ताले नेपालबारे धेरै जानकारी लिन सक्ने बताए । कोरोना भाइरसको महामारीको अन्त्य भएपछि नेपालको भ्रमण गर्न चिनियाँ नागरिकलाई प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे ।

    चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, बेइजिङ महानगरपालिकालगायत उच्च-पदस्थ सरकारी अधिकारी तथा सञ्चारकर्मी उक्त अवसरमा उपस्थित थिए । सोसाइटीले यसअघि सिछुवान प्रान्तस्थित छन्तु, लशान, ह्वाहाई, काञ्‍च, बेइजिङलगायत सहरमा नेपालका कला, संस्कृति तथा पर्यटनसम्बन्धी एकदेशीय तस्बिर प्रदर्शनी गरिसकेको छ । -रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑