काठमाडौं । भारतीय बिजनेट टाइकुन कुमार मंगलम बिडलाकी छोरी जातिवादको शिकार भएकी छिन् । बिडलाकी छोरी अनन्या अमेरिकामा जातिवादको शिकार भएकी हुन् । अनन्या र उनको परिवारलाई क्यालिफोर्नियाको स्कोपा इटालियन रुट्स रेस्टुरेन्टले बाहिर निकालिदिएको हो । अनन्याले ट्वीट गर्दै यो जानकारी दिएकी हुन् ।
अनन्याले २४ अक्टोबरमा ट्वीट गरेर लेखिन्, ‘स्कोपा इटालियन रुट्सले मलाई र मेरो परिवारलाई आफ्नो परिसरबाट बाहिर निकाल्यो । यो ठूलो जातिवाद थियो । तिमीले तिम्रा ग्राहकलाई राम्रो व्यवहार गर्नुपर्दथ्यो । यो जातिवाद हो । यो ठीक हैन ।’ उनले रेष्टुरेन्टमा खानका लागि ३ घण्टा कुर्नुपरेको पनि उल्लेख गरेकी छिन् ।
वेटर जोशुआ सिल्वरले उनकी आमासँग गरेको अभद्र व्यवहार पनि जातिवादको पराकाष्ठा भएको उनले उल्लेख गरेकी छिन् । अनन्या आदित्य बिडला ग्रुपका अध्यक्ष कुमारकी छोरी हुन् ।