• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना भाईरससँग लड्न कस्तो खानेकुरा उपयोगी ?

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७७, मंगलवार ०२:०३
  • ५१५७

    कोरोना भाइरस विरुद्ध हाल सम्म कुनै खास औषधि र खोप उपलब्ध छैन । त्यसैले अब यो कसरी नियन्त्रणमा आउनेछ भन्ने कुरा रहस्यकै गर्भमा छ । यद्यपि जसको प्रतिरक्षा प्रणाली बलियो छ उसलाई यो रोगले उति धेरै ग्रसित बनाउन सक्दैन । मृत्युको जोखिम पनि रहँदैन ।

    यसको ठीक विपरित प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूलाई यो रोगले बढी नै सताउने एवं ज्यानै पनि जान लिने जोखिम रहन्छ । यसर्थ कोरोना भाइरससँग जुध्नका लागि एउटै सर्त हो, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु ।

    प्रतिरक्षा प्रणाली भोजन, व्यायाम र विश्राम, विचार एवं व्यावहारको सन्तुलित एवं समूचित उपयोगले बलियो बन्दछ । प्रतिरक्षा प्रणाली बलियो भएको खण्डमा कोरोना भाईरस रोगलाई समेत सजिलै जित्न सकिने हुनाले यो रोग लागेकाले वा संभावित जोखिममा भएकाहरुले निम्न लिखित खानेकुरा हरूलाई आफ्नो खानामा समावेश गर्नु उपयुक्त हुन्छ ।

    २. अंकुरित गेडागुडीः अंकुरित गेडागुडीलाई अमृत भोजन पनि भन्ने गरिन्छ । स्वास्थ्यलाई लाभ पु¥याउने अनेकौ तत्वहरू भएकै कारणले यसलाई अमृत समान मानेर अमृत भोजन भनिएको हो । अंकुरित गेडागुडीमा प्रसस्त मात्रामा एण्टिअक्सिडेण्ट पाईन्छ । एण्टिअक्सिडेण्टले भाईरस संक्रमण पछि क्षतिग्रस्त भएको कोषहरूको पुनर्निर्माण गर्ने गर्दछ । यसैगरी अंकुरित गेडागुडीमा नउम्रिएको गेडागुडी भन्दा धेरै मात्रामा प्रोटिन, फोलिक अम्ल, एमाईनो अम्ल, भिटामिन सि, भिटामिन के, म्याग्नेसियम, फस्फोरस, म्याग्निज जस्ता खनिज तत्वहरू पाईन्छन् । यी तत्वहरूको प्रयोगले कोरोना भाईरसको संक्रमण कम गर्न सहयोग गर्दछ ।१. मेवाः मेवा भिटामिन सी र भिटामिन ए ले भरपुर फलफूल हो । एउटा मध्यम आकारको मेवामा हाम्रो शरीरलाई दैनिक चाहिने भन्दा डेढ गुणा ज्यादा भिटामिन सी पाईन्छ । भिटामिनका अलावा मेवामा माछामासुमा पाईने कठिन प्रोटिनलाई पचाउन सक्ने प्यापिन नामक ईन्जाइम पनि पाईन्छ । मेवामा पोटासियम, भिटामिन ए, भिटामिन बी कम्प्लेक्सेस र फोलिक अम्ल पनि पाईन्छ । यी सबै भिटामिन, खनिज, लवण एवं एण्टीअक्सीडेण्टले प्रतिरक्षा प्रणालीलाई सबल एवं मजबुत बनाउन एवं भाईरस संक्रमणलाई निस्तेज गर्न सहयोग गर्दछ ।

    ३. ब्रोकाउलीः ब्रोकाउली भिटामिन ए, बी, सी, ई एण्टिअक्सिडेण्ट, रेशा एवं चोकर र खनिज एवं लवणहरूले भरपूर तरकारी हो । ब्रोकाउलीमा प्रचूर मात्रामा (१०० ग्राममा ८९ मि.ग्रा.) भिटामिन सी पाइने हुदाँ यसले प्रतिरक्षा प्रणालीको विकासमा खास सहयोग गर्छ ।

    ४. बदामः बदाम भिटामिन ई ले भरपुर द्रव्य हो । भिटामिन ई प्रतिरक्षा प्रणालीका लागि आवश्यक तत्व हो ।

    ५. पालङ्गो :पालुङ्गो हरेक भान्सको चाहना हो । प्रचूर मात्रामा भिटामिन ए, बी कम्प्लेक्सेस, सी, आईरन, म्याग्निसियम, पोटासियम जस्ताखनिज एवं लवण हरूले भरपूर पालुङ्गो एण्टिअक्सिडेण्टको राम्रो श्रोत पनि हो । यी द्रव्यहरूले प्रतिरक्षा प्रणालीका कोषहरूलाई सक्रिय बनाउन मद्दत गर्दछ । ब्रोकाउली जस्तै पालुङ्गोमा भएका द्रव्यहरू पनि तापले नष्ट हुने खालका भएकाले यसलाई पकाउँदा कम तापमा पकाउनु पर्ने हुन्छ ।

    ६. स्याउ: स्याउलाई फलहरूको राजा त्यसै भनेको होइन । स्याउमा अनेकौ प्रकारका सूक्ष्म पोषक तत्वहरू छन् । भिटामिन ए, बी, सी का अलावा स्यााउमा घुलनशिल रेशा एवं एण्टिअक्सिडेण्टहरू पनि पाईन्छ । स्याउमा पाइने पेक्टिन नामक घुलनशिल रेशाले पेटमा विद्यमान राम्रा ब्याक्टेरियाहरुलाई पोषण प्रदान गर्दछ जसले पेटमा हुने संक्रमणसंग लड्ने एवं प्रतिरक्षा प्रणालीको कोषहरूको कार्य कुशलतामा सहयोग गर्छ ।

    ७. फर्सीको बियाँः फर्सी हाम्रो भान्साका लागि नौलो तरकारी हैन । तर हामीले फर्सीको बियाँ खाने गरेका छैनौं । वास्तवमा फर्सी भन्दा फर्सीको बियाँ कयौ गुण पौष्टिक छ । फर्सीको बियाँमा प्रचूर मात्रामा प्रोटीन, खनिज, लवण, एण्टिअक्सिडेण्ट, ओमेगा ६ फ्याट्टी अम्ल, भिटामिन ई जीङ्क, कपर, म्याग्निस एवं म्यागनेसियम पाइन्छ । यी तत्वहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँदछ ।

    ८. ग्रीन टि: ग्रीन टिको सेवनले प्रतिरक्षा प्रणालीलाई सवल बनाउँछ । यसमा पर्याप्त एन्टिअक्सिडेन्ट र एपि-ग्यालो-क्याटाचिन-ग्यालेट नामक द्रव्य पाईन्छ । यी दुबै  द्रब्यहरू प्रतिरक्षा प्रणालीलाई मजबुत गर्नका लागि आवश्यक तत्वहरू हुन । साथै अन्य जडिबुटी चिया पनि उपयुक्त हुन्छ ।

    ९. अमिला फलफूलः कागती, अमला, मौषमी, जुनार, भोगटे, निबुवा, बिमीरो र सुन्तला जस्ता अमिला फलफूलमा प्रचूर मात्रामा भिटामिन सी पाईन्छ । भिटामिन सी प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादनका लागि आवश्यक यौगिक हो । रूघामर्की, सर्दी,चिसोको एलर्जी, झाडापखाला, न्यूमोनिया, औलो ज्वरो जस्ता रोगहरूलाई चाडो टिक गर्न पनि भिटामीन सी ले महत्वपूर्ण भूमिका खेल्दछ ।

    १०. रातो भेडे खोर्सानीः हामी सबैले अमिला फलफूल  भिटामिन सी को राम्रो श्रोतको रूपमा बुझेका छौं तर अमिला फलपूmल भन्दा रातो भेडेखोर्सानीमा भिटामिन सी को मात्रा दोब्बर हुन्छ भन्ने तथ्य धेरैलाई थाह नहुन सक्छ । भिटामिन सी का अतिरिक्त रातो भेडेखोर्सानी बीटा क्यारोटीन, क्यालसियम, म्याग्नेसियम, भिटामीन बी कम्प्लेक्सेसको पनि राम्रो श्रोत हो । यी द्रव्यहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत गर्न सहयोग गर्दछ ।

    ११. अदुुवाः घाटी दुख्दा, जोर्नी दुख्दा, घाउ खटिरा आउँदा, प्रदाह एवं शोथ ग्रस्त हुँदा अदुवाको प्रयोग सदियौंदेखि हुँदै आएको हो । अदुवामा जिन्जीरोल नामक यौगिक पाईन्छ । जिन्जीरोलले दीर्घकालिन पीडा कमगर्नुका साथै प्रदाह एवं शोथलाई पनि कम गर्न मद्दत गर्दछ ।

    १२.लसूनः लसुनको औषधिय एवं रोग प्रतिरोधक गुणलाई थाहा पाएर नै हाम्रा पिता पुर्खाहरूले औषधि एवं  मसलाको रूपमा युगां देखि प्रयोग गर्दै आएका हुन् । रुघा लाग्दा, चिसोले सताउँदा, पाचन क्षमतामा गडबडी हुदाँ लसूनको प्रयोग गर्ने गरेको पाइन्छ । यसरी औषधिय गुुुण हुनुमा लसुनमा विद्यमान क्याल्सियम, पोटासियम, एण्टि–अक्सिडेण्ट र सल्फर कम्पाउण्डहरू पाईन्छन । यी सल्फर कम्पाउण्डहरूले सूक्ष्मजीवहरूको आक्रमणलाई निस्तेज गर्न महत्वपूर्ण भूमिका खेल्दछ तर यी कम्पाउण्डहरू तापको प्रयोगले नष्ट हुनेखालका भएकाले काँचो लसूनको प्रयोग पकाएको भन्दा उत्तम हो । यसका अवावा लसूनले उच्चरक्तचाप कमगर्न, कालेस्टेरोल सन्तुलित राख्न एवं परजीवीहरू नष्ट गर्न मद्दत गर्दछ ।

    लेखक भरतपुर महानगरपालिका –१ वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुन ।  

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑