बिरगंज । वडा नं. ३ का स्थानियहरुले शवदाहको लागि भोग्दै आएको कठिनाईबाट मुक्ती पाउने भएका छन् । गाउँपालिकाले स्थानियहरुको अनुरोधमा वडा नं. ३ मा आर्यघाट निर्माण गर्ने भएको छ ।
गापाले पहिलो चरणमा ८ लाख बाराबरको जग्गा खरिद गरी आर्यघाट व्यवस्थापन गरेको छ । आर्यघाटको एक कार्यक्रमको विच गाउँपालिकाका अध्यक्ष बिजय चौरसियाले उद्घाटन गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष चौरसियाले विस्तारै आर्यघाटलाई आधुनिक बनाउँने बताउनु भएको छ । आर्यघाट उद्घाटन कार्यक्रममा वाड नं. ३ का वडा अध्यक्ष मदन साह कानु,वडा सदस्य जालमहम्मद मिया,स्थानिय अगुवा भोला साह,सुदर्शन राम लगायतको उपस्थिती रहेको थियो ।