वीरगंज | बहुसंख्यक नेपाललीले मनाउने पर्व भएरै दसैँलाई राष्ट्रिय पर्व भनिएको हुनुपर्छ । हुन पनि दसैँजत्तिकै धेरैले मनाउने अर्को पर्व नेपाली समाजमा प्रचलित छैन । विश्वभरका नेपाली समुदायलाई जोड्ने अमूर्त बन्धन दसैँ पनि हो ।
यसैले महामारीमा समेत नेपालीहरू दसैँ मनाउन घर परिवार भएका ठाउँमा फर्केका हुन् । टीका लगाएपछि दसैँ सकिन्छ । देवीको पूजा गर्नेहरूले दशमीका दिन टीका लगाउँछन् ।
कतिपय समुदायमा दसैँको टीका पछिसम्म पनि लगाउने चलन छ । कोजाग्रत पूर्णिमासम्म त दसैँको टीका लगाउने चलन व्यापकै छ । जेहोस्, मान्यजनको हातबाट टीका थापेर आशीर्वाद लिएपछि दसैँको मूल कर्म सकिन्छ । अर्थात्, औपचारिकरूपमा भोलि दसैँ सकिन्छ ।
वीरगंज संजाल परिवारका तर्फबाट २०७७ को दसैँका अवसरमा हाम्रा समस्त पाठक, लेखक, विज्ञापनदाता, सहकर्मी तथा शुभेच्छुकमा स्वास्थ्य र समृद्धिको शुभकामना !