• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश नं. २ : दसैंको भीडले थप सङ्क्रमणको जोखिम

  • वीरगंज संजाल
  • १० कार्तिक २०७७, सोमबार ०६:२८
  • २६७७

    वीरगंज। बडादसैं पर्वमा जताततै मेला र उत्सवसँगै मिथिलाक्षेत्रमा देखिने भीडभाडले कोभिड–१९ सङ्क्रमणको जोखिम बढाएको छ । प्रदेश नम्बर २ का सबैजसो जिल्लामा दसैं मेलामा देखिने भीडभाडले सङ्क्रमण जोखिम बढाएको विज्ञले बताएका हुन् ।वीरगंजकोभिड–१९ सङ्क्रमण बढिरहेकै बेला परेको दसैं पर्वमा देवी शक्तिपीठमा मेला र उत्सव आयोजना  नगर्न र पशुबलि रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयको आदेश भएपनि त्यसको पालना भएको छैन ।

    प्रदेश २ स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले चिन्ता व्यक्त गर्दै भने, “सङ्घीय र प्रादेशिक सरकार, स्वास्थ्यसम्बद्ध सरकारी कार्यालय र निकाय एवं स्थानीय प्रशासनले विभिन्न माध्यमबाट भीडभाड नगर्न अपिल गरिरहेका छन्, तर  परम्परा थेग्‍ने नाउँमा जताततै मेला उत्सव, नाचगान र सामूहिक पशुवलि निकै बढेको छ । यसले झन् सङ्क्रमणको खतरा बढाएको छ ।”

    धनुषाको जनकपुरधामस्थित राजदेवी मन्दिरमा अष्टमीका दिन राति निकै भीड देखिन्थ्यो । सामूहिक पशुबली कार्यक्रम नजिकबाट नियालिरहेका भङ्गाहा नगरपालिका–४ का सामाजिक कार्यकत्र्ता रामईश्वर ठाकुरले भने, “पछिल्ला केही महिनायता कोभिड–१९ नियन्त्रण र रोकथाम अभियानमा सामाजिक सङ्घसंस्था र स्थानीय तहको भूमिका नदेखिँदा यस्तो अवस्था आएको हो ।”

    महोत्तरीका देवी शक्तिपीठ र मन्दिरमा पनि सामूहिक पशुबलि आयोजना भएको छ । भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा त सङ्क्रमणमा परी दुई दिन पहिलेमात्र एक महिलाको ज्यान गएको देख्दादेख्दै अर्केष्ट्रा (सामूहिक नाचगान प्रदर्शन) आयोजन गरी रातभर मेला आयोजन गरिएको छ । स्थानीय प्रशासनले घटस्थापनाकै दिनदेखि जमघट नगर्न निषेधाज्ञा नै जारी गरेपनि प्रहरी कुनै नियन्त्रण गर्न नसकेको स्थानीय व्यापारी बताउँछन् ।

    भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले गत चैतदेखि नै आफूले आग्रह गर्दागर्दै जमघट नियन्त्रण हुन नसकेको स्वीका गर्दै भने, “पटक पटक अनुरोध गरिएकै हो । डण्डा वर्षाउने हाम्रो काम होइन ।  अनुरोध र आग्रहको सुनवाइ हुँदैन ।”

    बर्दिवास नगरपालिका–९ का निलकमल बुर्जा चोकचोकमा डिजेबाजामा बज्ने कर्कश स्वरका डिस्को गीतको आवाजले चैनले दसैं मनाउन नपाइएको दुःखेसो गर्छन् ।

    हालसम्म प्रदेशका १६५ जनाले कोविड–१९ सङ्क्रमणले ज्यान गुमाईसकेका छन् । प्रदेशमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या १५ हजार ३३६ (आइतबार बिहानसम्म) पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म १३ हजार २७३ निको भएर आआफ्ना काममा फर्केका निमित्त निर्देशक झाले जानकारी दिए । – रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑