वीरगंज | यूएईमा जारी १३ औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) विरुद्ध चेन्नई सुपर किंग्स (सिएसके) ८ विकेटले विजयी भएको छ ।आरसिबीले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको सिएसकेले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो ।उसका लागि ऋतुराज गायकवाडले अविजित ६५, अम्बाती रायडूले ३९, फाफ डुप्लेसिसले २५ र कप्तान महेन्द्रसिंह धोनीले नटआउट १९ रन बनाए ।
बलिङमा आरसिबीका क्रिस मोरिस र युजवेन्द्र चहलले एकरएक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको आरसिबीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४५ रन बनायो ।उसका लागि कप्तान विराट कोहलीले ५०, एबी डिभिलियर्सले ३९, देवदत्त पाडिक्कलले २२, आरोन फिन्चले १५ रन बनाए ।
बलिङमा २१ वर्षीय साम करनले उत्कृष्ट प्रदर्शन गरे । उनले ३ ओभरमा १९ रन दिएर महत्वपूर्ण ३ विकेट लिए ।करनले आरोन फिन्च, विराट कोहली र मोइन अलिलाई आउट गरे । त्यस्तै, दीपक चाहरले २ र मिचेल सान्टनरले एक विकेट लिए ।जारी सिजनमा सीएसकेको यो चौथो जित हो । उसले १२ खेलमा ८ खेलमा हारको सामना गरेको छ । जारी सिजनमा आरसिबीको यो चौथो हार हो ।