रौतहट। रामसरन यादव। नेकपा प्रदेश २ का अध्यक्ष तथा संघिय सांसद प्रभु साहले बिग्रेका कांग्रेसी र मद्धेशबादी ठेकदारको कारण रौतहटमा हुने भौतिक संरचना निर्माणको काम गुणस्तरहिन हुनेगरेको दावी गरेका छन ।उक्त दलका नेताहरुको संरक्षणमा ति ठेकदारहरुले करोडौंको लगानीमा जिल्लामा हुनेगरेको भौतिक संरचनाको निर्माण स्तरिय नभएको गुनासो गरेका हुन ।
आज आफनो गृह जिल्ला र जिल्लाको पश्चिम र उतरी भेगमा अवस्थित रहेको रौतहटको फतुवा बिजयपुर नगरपालिमा आज कार्तिक ९ गते शुभकामना कार्यक्रम एक समारोह लाई संबोधन गर्दै । फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर १ बैरगनियामा आज बिहान आइतबार विजया दशमी , शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना तथा आदानप्रदान_तथा_जनचेतना_कार्यक्रम
सम्पन्न भएको जनाइएको छ ।
सितलपुर बैरगनियाको पुर्व गा बि स अध्यक्ष एवम मेयरका प्रत्यासी उम्मेद्वार अरबिन्द यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी नेता अरबिन्द यादवले वडा नं । १ को सम्पूर्ण जनता जनार्दनमा हिन्दुहरूको महान पर्व बिजयादशमी,शुभदीपावली तथा छठ पर्वको शुभकामना दिदै सम्पूर्ण जन समुदायको सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं । २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभु शाहको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । ठेक्का लिएको रौतहटको दर्जनौ महत्वपुर्ण योजना अलपत्र रहेको बताए ।
त्यसैगरी नेपाली कांग्रेसका प्रदेश सांसदको टिकट पाएर चुनावमा समेत भिडिसकेका ठेकदार नागेन्द्र साह,ठेकदार दायाराम साह,ठेकदार महादेव साह,ठेकदार प्रमोद यादव, ठेकदार अरबिन्द जयसवाल,श्रीकान्त यादव,उपेन्द्र यादव जस्ता दर्जन बढी ठेकदार छन ।
कांग्रेसका केही नेताहरुको प्रत्यक्ष संरक्षणमा रहेका ई ठेकदारहरुले ठेका पाएका कुनै पनी काम समयमा गर्दैनन अधिकांस काम पेटी ठेकदारलाई दिने गर्दछन जसको कारण एउटा ढिलो निर्माण हुने र गुणस्तर हिन हुने सांसद प्रभु साहले दाबी गरेका छन ।
तर रौतहटका केही ठेकदारले बाहिरिया ठेकदारलाई अनेक भ्रममा पारेर काम गर्न नदिने र उसलाई ठेका पारेबापक निश्चित रकम दिएर आफैले गुणस्तरहिन काम गरीरहेकाले सरकारको करोडौं लगानी हुँदा पनी उपलब्धी सुन्य भईरहेको सांसद साहले गुनासो गरे ।
महेन्द्र राजमार्गको अलावा सर्लाही बाट गरुडा कटहरिया,बकैया हुँदै बिरगंज सम्मको बाटोमा स्तरउन्नती र कालोपत्रे निर्माणको बजेट निकासा भईसकेकाले आवश्यक जग्गा दिएर समयमै बाटोको निर्माण काम पुरा गराउन सबैलाई आग्रह गरेका छन ।
सडक सञ्जालको विकास पछीमात्र ठाँउको विकास हुने भएकाले रौतहट क्षेत्र ३ अन्तरगतको सबै गाँउलाई हाईवे संग जोडने योजना रहेको बताएका छन। बिग्रेका कांग्रेसी जनप्रतीनधीको कारणले जिल्लामा बिकासमा अवरोध पुगेका छन त्यस्ता जनप्रतीनधी र ठेकदारलाई अब जनाताले जड्बाट उखालेर फाल्नु पर्छ ? राजतन्त्र हामी सबैले मिलेर फालेका छौ तयस्तै अहिले पनि छोटा राजाहरु छन कांग्रेसमा सांसद प्रभु साहले दोहरयाएका छन । सांसद प्रभु साहले भने बिधुत , बाटो शिक्षा सिचाइमा बढी जोड दिनु पर्छ मेरो प्रतिबाधाता हो ?
रौतहट जिल्ला सद्स्य नेकपाका युवा एवम चर्चित नेता तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभुको स्वकिय सचिव विजय यादव निर्बिजले बताउनु भयो ।
कोरोना संकटको यो समयमा सचेत भइ आम नागरिकहरुले सामाजिक सदभावका साथ चाडपर्व मनाउनु पर्ने प्रभु शाहले जोड दिनु भयो । सो कार्यक्रममा प्रदेश सभा सदस्य मा । कुन्दन कुशवाह , नेकपा प्रदेश सदस्य मनोज यादव, प्रदेश सदस्य अमर साह , नेता चन्देश्वर वैठा नेता नागेन्द्र साह ,चलचित्रकर्मी संघ प्रदेश २ को अध्यक्ष विजय यादव निर्विज ,फतुवा बिजयपुर ना पा को वाडा न १ को अध्यक्ष सन्जय साह ; नेता ब्रहामानरायन यादव दिपलाला सोनार मेयर प्रत्यासी सुरेन्द्र यादव बुधाई खान सितलपुरको वाडा प्रत्यासी सेरबहादुर पटेल पत्रकार , बुद्धिजिवी सुरक्षाकर्मी लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।