विरगंज । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ। पछिल्लो २४ घण्टामा २८ सय ५६ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
४५ हजार ५७२ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ४५ हजार ५७२ जना छन् भने क्वारेन्टाइनमा ३ हजार ६४ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ३११ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार ३३ सय ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।
आइसीयूमा २७७ जना र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ८४७ जनाको मृत्यु भएको छ। आइतबार ५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।