वीरगंज | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३०७ जना कोरोना संक्रमितको आईसीयुमा र ७० जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।मन्त्रालयका अनुसार प्रदेश १ मा ४८ जना, प्रदेश २ मा ९ जना, बागमती प्रदेशमा १८१ जना, गण्डकी प्रदेशमा १५ जना, लुम्बिनीमा ४४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ।
यस्तै प्रदेश १ मा ९ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ७० जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापा, माेरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। यस्तै मुस्ताङमा कोरोना संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।