• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    दशैँमा के खाने, के नखाने ?

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७७, आईतवार १०:०४
  • ९३९३

    वीरगंज | दशैँको आज छैठौं दिन । सप्तमीमा फूलपाती भित्र्याएसँगै दशैँले छपक्कै छोप्नेछ ।घटस्थापना गरेसँगै मांसहारीहरुले दशैँको अष्टमीमा खसी बोका, हाँस, रागाको बलि दिने गरेका छन् । यससँगै दशैँमा मासुका परिवारहरु भान्सामा धेरै पाक्ने गरेका छन् ।तर चिकित्सकहरुले भने धेरै मासु खानु स्वास्थ्यका लागि हितकर नहुने बताउने गरेका छन् । अझ धेरै दिनदेखिको मासु खानु त स्वास्थ्यका हिसावले निकै हानीकारक मानिन्छ ।

    शाकाहारीले पनि दशैँमा विभिन्न तरकारीका परिकारका साथै मिठाइको परिकार खाने गरेका छन् । मिठाइको परिकार धेरै खाँदा यसले पनि फाइदा पुग्दैन त्यसैले दशैँमा खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।यदी खानपानमा ध्यान नदिने हो भने स्वास्थ्यमा समस्या देखापर्न सक्छ । तपाईमा केही दीर्घ वा अन्य कुनै प्रकारको रोग छ भने झन खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

    दीर्घ रोगहरु जस्तै मुटुसम्बन्धी रोग, कोलस्टोर, डाइभेटिज, युरिक एसिड, थाइराड, मृगौलासम्बन्धी रोग हुनेहरुले खानपानमा विशेष सावधानी अपनाउन जरुरी हुन्छ ।खानामा लोभ गर्नाले स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएका कारण के खाने के नखाने भन्ने विषयमा जानकार हुन जरुरी छ ।नेपालीको भान्सामा पाक्ने खाने कुरा सामान्य तया मुटोरीगीलाई फाइदा पुग्ने खालको नहुने चिकित्सकहरु बताउँछन् ।

    अत्याधिक मात्रामा चिल्लो, मसलेदार र रातो मासुका परिकार चाडबाडमा पाक्ने गरेका छन् जुन मुटुका लागि फाइदा पुर्‍याउने खालका हुँदैनन् ।मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलका अनुसार सामान्य अवस्थामा पनि खानपानमा ध्यान दिन जरुरी हुन्छ । अझ चाडवर्पमा त झन् मासुका परिकार धेरै पाक्ने भएका कारण सावधानी अपनाउन जरुरी छ ।

    डा अनिलका अनुसार मुटुका बिरामी र उच्च रक्तचाप भएका बिरामीले दशैँमा स्वास्थ्यको ख्याल गर्ने हो भने मासुको परिकार, चिल्लो, नूनमा नियन्त्रण गर्नु पर्छ ।त्यस्तै युरिक एसिड भएका व्यक्तिहरुले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना खानु स्वास्थ्यकर हुँदैन । अन्य सामान्य मानिसले पनि बढी रातो मासुको सेवन गर्नाले युरिक एसिडको जोखिम बढाउँने चिकित्सक बताउँछन् ।

    युरिक एसिड भएका व्यक्तिले यस्ता खाना धेरै खाएमा हड्डी कुँज्जिने, जोर्नीबाट पीप बग्ने र प्यारालाइसिस् पनि हुन सक्छ । चाडपर्वमा माछा मासु मात्र खाने होइन, यसको साथै सागसब्जी र फलफूल पनि त्यति नै मात्रामा खाने गर्दा फाइदा हुन्छ ।त्यस्तै दशैँमा मदिरा धेरै सेवन गर्दा कलेजोमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन जरुरी छ । विशेषगरी कलेजो मदिरा र बोसोयुक्त तथा चिल्लो खानाले विग्रन सम्भावना हुन्छ ।

    उनका अनुसार मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायू प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ । रक्सीलाई पचाउने काम कलेजोको हो ।कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यसक्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । त्यो ऊर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुनपुग्छ ।

    चाडपर्वको नाममा मासु धेरै खाने चलन स्वास्थ्यका लागि हानिकारक हुन्छ । मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड तथा मधुमेह भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ । शरीरलाई पच्ने गरी खाना खानुपर्ने पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् ।घरमै बनाएका परिकार खाँदा शरीरलाई फाइदा पुग्ने भएकाले जतिसक्दो कम मसलायुक्त खाना खानुपर्ने उनले बताइन् ।

    डा. उप्रेतीका अनुसार चिल्लो हालेको खाने कुरा कमभन्दा कम खानुपर्छ । धेरै मसला हालेको खानेकुरा खाँदा विशेषतः मुटुरोगी, युरिक एसिड भएका बिरामीलाई दीर्घकालीन असर पर्ने चिकित्सकहरू बताउँछन् ।धेरै मसला हालेको खानेकुराहरू खानुहुँदैन । घरमै बनाएको खानेकुरा खाँदा शरीरलाई फाइदा पुग्छ । हामीले प्रयोग गर्ने मासु पुरै स्वच्छ हुनुपर्छ ।

    बजारबाट किनेको मासु हो भने ताजा छ या छैन भनेर किन्ने बेलामै ध्यान पुर्‍उनुपर्छ । ताजा मासु रातो देखिन्छ । बासी मासु रङ उडेको र छाम्दा गिलो हुन्छ । धेरै दिन मासु सञ्चित गरेर खानु राम्रो मानिँदैन ।मसला ठिक्क राखेर पकाएको मासु स्वस्थ मान्छेले दैनिक ६० ग्राम मात्र खानु उपयुक्त मानिन्छ । चिकित्सकका अनुसार चाडपर्वको बेला मात्र खानेले भने २ सय ग्रामसम्म खाँदा असर गर्दैन ।

    मधुमेह भएका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानुहुँदैन । यस्तै, ड्राइफुड, फलफूल, जंकफुड पनि नखाँदा राम्रो हुन्छ ।चाडपर्वमा अस्वस्थकर खसी, बोका, राँगा र भैंसीको मासुले टेनिया सोडियम, बंगुरको मासुबाट टेनिया स्याकिटेटा नामक जुका र अस्वस्थ माछा खाँदा एच नाना र अस्वस्थ कुखुराको मासुबाट बर्डफ्लु तथा नपाकेको मासु खानाले दिमागमा ससाना टेपवर्म जाने र त्यसले मानिसको मृत्युसमेत गराउन सक्ने चिकित्सकको भनाइ छ ।

    दशैँमा मादक पदार्थ सेवन सकेसम्म नगर्न डा. उप्रेतीको सुझाव छ । ‘दशैँ स्वभावैले खानपानसँग जोडिएको पर्व हो,’ उनी भन्छिन् , ‘दीर्घरोगीले यो पर्वमा अलि बढी ध्यान दिन जरुरी छ र स्वस्थ मानिसले पनि स्वास्थ्यको ख्याल गर्दै मसलेदार, चिल्लो तथा पिरो खानेकुरा खाँदा ध्यान पुर्‍याउनुपर्छ, नभए पछि यसले समस्या निम्त्यान सक्छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑