वीरगंज। वीरगंजको गहवामाई मन्दिरको सडकमै बली पूजा दिएका छन् । स्थानीय प्रशासनले मन्दिरमा पूजाअर्चना गर्न रोक लगाएपनि बडा दशैँको आठौँ दिन अर्थात महाअष्टमीमा पूजा गर्न श्रद्धालु तथा दर्शनार्थीहरुले भीड लगाएका छन् ।पर्साको गहवामाई मन्दिरमा भित्र पसेर पूजा गर्न र बलि दिन स्थानीय प्रशासनले रोक लगाएपनि श्रद्धालुहरुले सडकमै खोइचा भर्नेदेखि बलि दिएका छन् ।
भाकल गरेका भक्तजनहरुलाई प्रशासनले मन्दिर प्रांगणमा बलि दिनबाट रोक लगाएपछि उनीहरुले मन्दिरको मूल द्वाराको अगाडी बलि दिएका हुन् ।वीरगञ्जमा श्रद्धालुहरुको भिडभांड लागेपनि कोरोना महामारीका कारणपछिल्लो वर्ष जस्तो रमझम भने देखिन पाएको छैन । मेला नलाग्दा र सिमानाकामा पावन्दी कायमै रहेको कारणपनि यसवर्षको मेलामा अपेक्षा गरे जस्तो भिडभांड नभएको स्थानीयहरुको भनाइ छ ।
तरपनि देवीप्रति आस्था राख्नेहरुको संख्या उल्लेखनीय देख्न सकिन्छ । हरेकवर्ष वीरगञ्जमा बारा र रौतहट जिल्लाका स्थानीयको बाक्लो उपस्थिति हुने गरेपनि बाहिरी जिल्ला र छिमेकी देश भारतको रक्सौल, कोईरिया टोल, सिसहनियालगायतका स्थानबाट समेत यसवर्ष थोरै मात्रामा भारतीय भक्तजनको उपस्थिति रहेको गहवामाई मन्दिर व्यवस्थापन समितिले जनाएको छ।