वीरगंज । मोबाइल हाम्रो दैनिकीकाे अभिन्न हिस्सा बनिसकेकाे छ । हाम्रो धेरै समय मोबाइलमै बित्ने गरेको हुन्छ । लामो सयम मोबाइलमा बिताउँदा मोबाइलमा देखा पर्ने विभिन्न लिंक र पोष्टहरु अन्जानमा क्लिक भएको हुन सक्छ ।त्यस्तो हुँदा फोनमा अनावश्यक रुपमा नोटिफिकेसन आइरहेका हुन्छन् । त्यसरी आउने नोटिफिकेसनले दिक्क पारिरहेको हुन्छ । त्यस्तो अवस्थामा के गर्ने त ? हामी कतिपयलाई त्यसबाट मुक्ति पाउने विकल्प थाहा नहुन सक्छ |
त्यसैले यहाँ हामी त्यस्ता नोटिफिकेसनबाट मुक्ति पाउने तरिका यहाँ सिकाउँदै छौं । त्योभन्दा सुरुमा हामीले अनावश्यक लिंक क्लिक गर्ने, अनावश्यक एप डाउनलोड गरी त्यस्ता एपलाई दिइने एक्सेसमा कम गर्नु नै सबैभन्दा महत्वपूर्ण तरिका हो ।तपाईंले यस्ता कुरामा ध्यान दिएको खण्डमा पक्कै पनि त्यस्ता नोटिफिकेसनहरु कम हुनेछन् । तर, यदि तपाईंले यसलाई पछ्याउनु भएन र रिस उठ्ने गरी फोनको स्क्रिनमा नोटिफिकेसनहरु आइरहेको छ भने त्यसलाई बन्द गर्न पनि सहजै सकिन्छ ।
त्यसका लागि तपाईंलाई आउने नोटिफिकेसनमा क्लिक गर्नुहोस् । नोटिफिकेसनमा क्लिक गर्दा त्यहाँ ‘ब्लक’ र ‘म्यूट’ गर्न सकिने विकल्प देखा पर्नेछन् । तपाईंले दिइएको विकल्पमध्ये जुन पनि प्रयोग गर्न सक्नुहुनेछ ।यसपछि नोटिफिकेसन आएको खण्डमा तपाईंलाई थाहा हुनेछैन । अर्को विकल्प भनेको सधैको लागि उक्त सर्भिसबाट आउने नोटिफिकेसन बन्द गर्नु हो । तपाईंले ब्लक गर्नुभएको खण्डमा सधैंको लागि उक्त नोटिफिकेसन बन्द हुनेछ । र तपाईंले पनि नोटिफिकेसनबाट सधैंको लागि मुक्ति प्राप्त गर्नुहुनेछ ।
तपाईंले मोबालको ‘सेटिङ’ मा गएर ‘नोटिफिकेसन’ भन्ने अप्सनमा क्लिक गरी कुन कुन एपको नोटिफिकेसन प्राप्त गर्न चाहनुहुन्छ, त्यो पनि नियन्त्रण गर्न सक्नुहुनेछ । यदि कुनै एपको नोटिफिकेसन आवश्यक छैन भने बन्द गर्ने र आवश्यक पर्ने एपको नोटिफिकेसनलाई अनलक गर्न सकिने सुविधा त्यसमा उपलब्ध रहेको छ ।