• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुकेश चौरसियाको हत्यारालाई कारबाहीको माग गर्दै शनिबार पनि धर्ना

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७७, शनिबार १६:४९
  • ४२३७

    वीरगंज | कुटपिटबाट घाइते भइ ज्यान गुमाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पर्सा बिन्दबासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारालाई कारबाहीको माग गर्दै शनिबार पनि धर्ना दिइएको छ।चौरसियाका आफन्तजन तथा नेकपा पर्सा जिल्ला समितिले जिल्ला प्रहरी कार्यालयको अगाडि विरोध स्वरुप धर्ना दिएको हो। चौरसिया हत्याको जाहेरी प्रहरीले नलिएको भन्दै आफन्तजन तथा पार्टी समितिले विरोध स्वरुप धर्ना दिएको हो।

    धर्नामा चौरसियाका आफन्त, स्थानीयबासी, पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ। सुनियोजित तरिकाले कुटपिट गरी हत्या गरिएको भन्दै उनका आफन्तले प्रहरीमा जाहेरी दिन जाँदा पर्सा प्रहरीले हालसम्म पनि जाहेरी लिन मानेको छैन।जिल्ला प्रहरी कार्यालय अगाडि भएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेताहरुले प्रहरीले जाहेरी लिन नमानेको भन्दै जाहेरी नलिएसम्म आन्दोलन जारी रहने बताएका छन्। उनीहरुले जाहेरी नलिए अगामी दिनमा प्रदेश नम्बर २ हुँदै देशव्यापी आन्दोलन चर्काउने चेतावनीसमेत दिएका थिए।

    धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता मातृका यादवले गृहमन्त्रीदेखि डीआईजी र प्रमुख जिल्ला अधिकारीले पनि आफूलाई जाहेरी दर्ता हुन्छ भनेर आश्वासन दिएको भएपनि अहिलेसम्म प्रहरीले मुद्दा दर्ता नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।प्रहरीले जाहेरी दर्ता नगरेर आफूलाई संविधानभन्दा पनि ठूलो देखाउन खोजेको उनले आरोप लगाए। नेकपा स्थायी समिति सदस्यसमेत रहेका यादवले जाहेरी दर्ता नभए आफूले प्रदेश २ सँगै पार्टीका वरिष्ठ नेताहरुसित सल्लाह गरेर आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिए।

    ‘जाहेरी दर्ता भएन भने २ नम्बर प्रदेशमा आफ्नै साथीहरुसँग सल्लाह गरेर पनि आन्दोलन चलाउन सक्छु’, उनले भने।जनताको जाहेरी प्रहरी प्रशासनले लिनुपर्ने र सही–गलत छुट्याएर अदालतमा पेश गर्नुपर्ने सुझाव यादवले दिए। धर्ना कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा प्रदेश २ का सह–इञ्चार्ज नोन्द्र चौधरीले आफूहरुले न्यायको माग गरिरहेको बताउँदै प्रहरी प्रशासनले कुर्सीमा बसेर अन्याय गर्नु भन्दा कुर्सी छोडनु पर्ने बताएका थिए।

    दसैँको बेलामा अहिले घरमा पूजा गर्नुपर्ने भएपनि न्याय खोज्नको लागि आफूहरुले आन्दोलन गर्नुपरेको चौधरीको भनाइ थियो।गत बिहीबार बिन्दबासिनी गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम चलिरहँदा भएको झडपमा परी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसिया गम्भीर घाइते भएका थिए।उनको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो। चौरसियाको शवलाई नारायणी अस्पतालमा राखिएको छ। उनका परिवारले जाहेरी दर्ता नभएसम्म शव नबुझने र पोष्टमार्टम हुन नदिने अडान राखेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑