• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यी हुन् नेपालका उत्कृष्ट १० ईकमर्स कम्पनी

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७७, शनिबार १३:४५
  • ४२४१

    वीरगंज | विश्वमा ईकमर्सको प्रयोगको एकदमै बढिरहेको छ । कोरोना महामारीको सुरुवात भएपछि त झन ईकमर्स लोकप्रिय भइरहेको छ । कोरोनाका कारण नेपालमा पनि ईकमर्सको प्रयोग बढेको छ ।कोरोना भन्दा अघि ईकमर्सको प्रयोग भएपनि त्यति लोकप्रिय थिएन । तर कोरोना भाइरसले नेपालमा ईकमर्ससँगै डिजिटल प्रविधिको प्रयोगमा बढाएको छ ।मानिसहरु आजभोलि आफुलाई आवश्यक परेका सामानहरु पसलमा गएर भन्दा पनि अनलाइनबाटै खरिद गर्ने गरेका छन् । आज हामीले नेपालमा सञ्चालन रहेका केही उत्कृष्ट ईकमर्सको बारेमा जानकारी दिदैछौं

    दराज

    दराज डटकम नेपालको लोकप्रिय अनलाइन सपिङ ईकमर्स कम्पनी हो । सन् २०१६ जुलाईबाट नेपालमा दराजको सेवा सुरु भएको थियो । दराजलाई सन् २०१८ मेमा चिनियाँ कम्पनी अलिबाबाले अधिग्रहण गरेको थियो ।दराजबाट इलेक्ट्रोनिक उपकरण, इलेक्ट्रोनिक सहायक उपकरण, टिभी, किराना सामान, होम अप्लायनसेस, स्वास्थ्य तथा ब्युटीका सामान, महिला तथा पुरूष फेसनका सामान, घडी, मोटरबाइक, अटोमोटिभ लगायतका सामानहरु खरिद गर्न सकिन्छ ।

    होम डेलिभरी मार्फत सामानहरु घरमै पाउन सकिन्छ । यसमा भुक्तानीको लागि भिजा, मास्टरकार्ड, ईसेवा तथा क्यान अन डेलिभरीको समेत सुविधा रहेको छ । दराजमा वेबसाइट तथा मोबाइल एपको मार्फत सामानहरु अर्डर गर्न सकिन्छ ।

    सस्तोडिल

    सस्तोडिल पनि नेपालको लोकप्रिय अनलाइन सपिङ कम्पनी हो । सस्तोडिल सन् २०११ मा ५० हजार रुपैयाँबाट सुरु भएको थियो ।सस्तोडिल मार्फत केही समय अगाडी भारतको ईकमर्स कम्पनी फ्लिपकार्ट नेपाली बजारमा प्रवेश गरेको छ ।सस्तोडिलबाट इलेक्ट्रोनिक्स, फूड, स्वास्थ्य सामाग्री, किचेन, डाइनिङ, महिला तथा पुरूष फेसन, किताब लगायत फ्लिपकार्ट र मिन्त्रमा भएका सामान पनि खरिद गर्न सकिन्छ ।यसमा होम डेलिभरीको समेत सुविधा रहेको छ । यसको वेबसाइट तथा मोबाइल एप प्रयोग गरेर पनि सामानहरु अर्डर गर्न सकिन्छ ।

    फुड मारियो

    फुडमारियोले खाना तथा खाजा होम डेलिभरी गर्ने ईकमर्स कम्पनी हो । यदि तपाईं खाना पकाउन रुचाउनुहुन्छ र व्यावसायिक रूपमा त्यसलाई अगाडी बढाउने अवसर पाउनुभएको छैन भने तपाईंको लागि फुडमारियो सहयोगी हुन सक्छ । फुडमारियोको मोबाइल एप मार्फत खाना तथा खाजा अर्डर गर्न सकिन्छ ।

    फुडमाण्डु

    फुडमाण्डु पनि फुड डेलिभरी गर्ने ईकमर्स कम्पनी हो । फुडमान्डुमा अहिले फ्रेस ग्रोसरी पनि पाइन्छ । यसले विभिन्न रेष्टुराँमा पाइने विभिन्न खालको खाना सजिलो तरिकाबाट घर अफिसमा उपलब्ध गराउँदै आएको छ ।फुडमाण्डुको मोबाइल एप डाउनलोड गरी खाना अर्डर गर्न सकिन्छ साथै फोन गरेर पनि अर्डर गर्न सकिछ । ग्राहकले यसमा अनलाइनबाटै पैसा पनि तिर्न सक्ने छन् ।फुडमाण्डु नेपालको पहिलो फुड डेलिभरी गर्ने कम्पनी हो । फुडमान्डुको सेवा अहिले काठमाडौं उपत्यकामा मात्रै उपलब्ध रहेको छ ।

    ग्यापु

    ग्यापु मार्केटप्लेस लकडाउनमा स्थापना भएको ईकमर्स कम्पनी हो । छोटो समयमै चर्चामा आउन सफल भएको कम्पनी ग्यापुले अनलाइनबाट अर्डर लिएर विभिन्न सामानहरु होम डेलिभरी गरिरहेको छ ।कम्पनीले सिभिल मलसँग पनि सम्झौता गरेको छ । जस अन्तरगत सिभिल मलका सामान पनि ग्यापुबाटै खरिद गर्न सकिन्छ ।  ग्यापुले भर्चुअल बार पनि सञ्चालनमा ल्याएको छ । जसमा विभिन्न ब्राण्डका अल्कोहल, चिसो पेय, कक्टेल, मोक्टेल, हुक्कासँगै तयारी खाजामा म:म, सुकुटी फ्राइ, बफ चिकेन चिल्ली, फ्राई राइस, बदाम साँधेको उपलब्ध हुनेछ । भने लेज, कुर्कुरे, दालमोठ पनि डेलिभरी दिइने छ ।

    त्यस्तै यसमा कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरण, फेसन, ग्रोसरी, टिभी, रेफ्रिजेनेरेट, होम अप्लायनसेस, गिफ्ट, बाजेको सेकुवाका आईटम, फिटनेश तथा स्पोर्ट्सका सामान तथा कृर्षि सामग्री लगायतका सामानहरु अनलाइनबाटै अर्डर गरेर घरमै मगाउन सकिन्छ ।ग्राहकले सामान खरिद गर्दा फोनपे, कनेक्ट आइपिएस, सेल पे, इसेवा, खल्ती, आइएमइ पे, प्रभु पेबाट भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद पनि दिन सक्नेछन् ।

    त्यस्तै ग्यापु डट कमले दशैलाई लक्षित गरि लोकल खसी, कुखुरा र हाँस होम डेलिभरि गर्ने भएको छ । जसको लागि बुकिङ समेत सुरु गरिसकेको छ ।कम्पनीले पनि आफ्नो सेवा चाँडै भियतनाममा पनि विस्तार गर्ने जनाएको छ । यो सँगै नेपाली बाहिर आफ्नो सेवा विस्तार गर्ने ग्याक नेपालको पहिलो ईकमर्स हुनेछ ।

    हाम्रो बजार

    लामो समयदेखि सञ्चालनमा रहेको अर्को ईकमर्स कम्पनी हो, हाम्रो बजार । हाम्रो बजारमा पुराना (सेकेण्ड ह्यान्ड) तथा नयाँ सामानहरु खरिद तथा बिक्री गर्न सकिन्छ ।हाम्रो बजारमा अटोमोबाइल्स, इलेक्ट्रोनिक, किताब, कम्प्युटर, होम अप्लाइनसेस, मोबाइल तथा एशोसरिज लगायतका सामानहरु खरिद तथा बिक्री गर्न सकिनुका साथै जग्गा किनबेच तथा कोठा भाडामा खोज्ने लगायतका काम गर्न सकिन्छ ।

    हाम्रो बजारको वेबसाइटमा गएर अकाउन्ट बनाई सामानको सम्पूर्ण जानकारी राखेर बिक्री गर्न सकिन्छ । साथै सयमा सामान खरिद गर्दा सोझै बिक्रीकर्तासँग कुरा गर्न सकिन्छ ।

    मेट्रो तरकारी

    मेट्रो तरकारी घर घरमा फ्रेस तरकारी, फलफुल तथा ग्रोसरी डेलिभरी गर्दे आएको ईकमर्स कम्पनी हो । यो नेपालको पहिलो अनलाइन ग्रोसरी समेत हो ।यसले निशूल्क अनलाइन डेलिभरीको सुविधा प्रदान गरेको छ ।  मेट्रो तरकारी डटकमको वेबसाइट, फेसबुक पेज, भाइबर वा ह्वाट्स एपमा सामान अर्डर गर्न सकिन्छ ।

    मेट्रो तरकारीको सेवा काठमाडौं उपत्यकासँगै अन्य ठाउँमा पनि उपलब्ध रहेको छ । मेट्रो तरकारीलेले अधिकांश तरकारी स्थानीय फर्महरुबाटै उठाउने गरेको छ । यसको लागि झण्डै दुई सय फर्म हाउससँग सहकार्य समेत गरेको छ ।

    मुञ्चा

    मुञ्चा डटकम नेपालको पहिलो अनलाइ सपिङ साइट हो । मुञ्चा डटकम मुञ्चा हाउसको अनलाइ संस्करण हो । २ दशक अगाडी सन् २००० मा मुञ्चा डटकमको सुरुवात भएको थियो ।मुञ्चा डटकममा गिफ्ट, इलेक्ट्रोनिक्स, क्लोथिङ, फुड, हेल्थ तथा ब्युटीका प्रडक्ट, स्पोर्ट्स, फिटनेश लगायतका अन्य सामाहरु पनि पाइन्छन ।मुञ्चा डटकमको वेबसाइटमा गएर अकाउन्ट बनाई आफूलाई मन परेको सामान अनलाइन अर्डर गर्न सकिन्छ ।

    स्मार्ट डोको

    नेपालमा सञ्चालित यस्तै अर्को ईकमर्स कम्पनी हो स्मार्ट डोको । स्मार्ट डोकोको स्थापना सन् २०१५ मा भएको थियो । स्मार्ट डोकोबाट आफूलाई आवश्यकता भएको सामग्री अनलाइन अर्डर गर्न सकिन्छ । सो सामाग्री घरमै डेलिभरी हुन्छ । स्मार्ट डोकोमा गिफ्ट, वमन्स फेसन, मेन्स फेसन, फुड तथा ग्रोसरी, अल्कोहल तथा पेय पदार्थ, हेल्थ तथा ब्युटीका सामग्री, घरमा आवश्यक सामग्री र अटोमोटिभ लगायतका सामग्रीहरु पाउन सकिन्छ । स्मार्ट डोकोबाट सामान खरिद गर्दा ईसेवा, सेल पे, मास्टर कार्ड तथा भिसाबाट समेत भुक्तानी गर्न सकिने छ । साथै यसमा क्यान अन डेलिभरीको समेत सुविधा रहेको छ ।

    सोचेको डटकम

    सोचेको डटकम पनि नेपालको लोकप्रिय ईकमर्स कम्पनी हो । सोचेको डटकममा मेन्स तथा वमन्स क्लोथिङ, किड्स प्रडक्ट, इलेक्ट्रोनिक्स तथा आईटी प्रडक्ट, किचेन अप्लायन्सेस, होम अप्लायन्सेस, ग्रोसरी तथा फुड, अटोमोटिभ, स्टेसनरी, स्पोर्ट्स लगायतका सामानहरु पाइन्छन् । यसमा मोबाइल एप तथा वेबसाइटमा सामानहरु अनलाइन अर्डर गर्न सकिन्छ ।

    सोचेको डटकममा सामान होम डेलिभरीको लागि केही निश्चित शूल्क तोकिएको छ । यसमा १० हजार भन्दा बढी प्रोडक्टहरु रहेका छन् । यसमा आफुले उत्पादन गरेका सामग्रीहरु पनि बिक्री गर्न सकिने छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑