वीरगंज |पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई र नेतृ हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।नेता भट्टराईले ट्वीटमार्फत आफू र श्रीमती हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।
कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको उनले उल्लेख गरेका छन् ।
चिकित्सकहरूको सल्लाह बमोजिम दुवैजना होम आइसोलेसनमा रहेको भट्टराईले बताएका छन् । उनीहरूले पछिल्लो समय आफूहरूको सम्पर्कमा रहेकाहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।