वीरगंज | बडादसैंअन्तर्गत आज (शनिबार) महाअष्टमी। आजका दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन्। बेलुकी कालरात्रि मनाइन्छ।
भोलि कात्तिक ९ गते आइतबार महानवमी पर्व हो। यस दिन शक्तिपीठमा पूजा आराधना गरिन्छ। वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ।
आइतबार अर्थात् कात्तिक १० गते भने दसैंको मुख्य दिन हो- विजयादशमी अर्थात् मान्यजनबाट टीका/जमरा लगाई आशीर्वाद ग्रहण गर्ने।यस दिन देवी विसर्जनका लागि बिहान १० बजेर ११ मिनेटमा शुभ साइत रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।