• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि पीडित परिवारद्वारा जिल्ला प्रहरी कार्यालय घेराउ

  • वीरगंज संजाल
  • ७ कार्तिक २०७७, शुक्रबार २१:५३
  • ७९३७

    वीरगंज | पर्सा नेकपा पर्सा विन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा भएको हिंसक झडपमा ज्यान गुमाएका मुकेश चौरसियाका आफन्त तथा नेकपाका एक समूहले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । चौरसिया नेकपाका गाउँ कमिटिका सचिव पनि हुन् । नव गठित कमिटीका पदाधिकारीहरुकोे बिहीबार शपथ ग्रहण कार्यक्रममा पार्टीकै असन्तुष्ट पक्षले विवाद गर्न खोजेपछि झडप भएको थियो । सामान्य भनाभनबाट सुरु भएको विवाद हिंसक रूप लिएको थियो । घटनामा चौरसियाले ज्यान समेत गुमाएका छन् । दुई गुटमा भएको हिंसक झडपमा परी ८ जना घाइते भएका थिए ।

    जसमध्ये टाउकोमा गम्भीर चोर लागेको चौरसियालाई वीरगन्जको पानीटंकी स्थित रहेको एल।एस न्यूरो एण्ड जेनरल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको थियो ।घटनामा संलग्न मुख्य योजनाकार संविधान सभा सदस्य एवं नेकपा नेता राजकुमार गुप्ता सहित १२ जना विरुद्ध किटानी जाहेरी समेत दिँदा पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जाहेरी दर्ता गर्न नमानेपछि मृतकका आफन्त र पार्टीका नेता कार्यकर्ताहरूले जिल्ला प्रहरी कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन् ।

    No description available.

    गुप्ताकै वीरगन्ज स्थित घरमा योजना बनाए अनुसार नै शपथ ग्रहण कार्यक्रममा अनावश्यक विवाद गरेर लाठी भाडाले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएकोमा उपचारको क्रममा मुकेशले ज्यान गुमाउनु परेको आरोप लगाउँदै उनका भाइ जयराम चौरसियाले गुप्ता सहित १२ जनामाथि ज्यान मार्ने मुद्दा दर्ता गर्नुपर्ने माग गरे । गुप्ताकै वीरगन्ज स्थित घरमा योजना बनाए अनुसार नै शपथ ग्रहण कार्यक्रममा अनावश्यक विवाद गरेर लाठी भाडाले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएकोमा उपचारको क्रममा मुकेशले ज्यान गुमाउनु परेको आरोप लगाउँदै उनका भाइ जयराम चौरसियाले गुप्ता सहित १२ जनामाथि ज्यान मार्ने मुद्दा दर्ता गर्नुपर्ने माग गरे ।

    उनले भने, कुटपिट गर्ने व्यक्ति गुप्ताकै घरबाट बिहीबार बेलुका प्रहरीले छापामारी गरी नियन्त्रणमा लिए पनि यो घटनाको मुख्य योजनाकार गुप्ता नै रहेको छन् । त्यसैले गुप्ता सहित माथि नै ज्यान मार्ने मुद्दा दर्ता गरेर उनीहरूलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने उनको माग छ ।प्रहरीले बिहीबार बेलुका घटनामा संलग्न हनिफ मियाँ गद्दीलाई गुप्ताकै घरबाट पक्राउ गरेको थियो भने, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई गाउँपालिकाबाट पक्राउ गरेको हो । पीडित परिवारले घटनामा गुप्ता सहित स्थानीय उत्तम तिवारी, चिन्टु तिवारी, हनिफ मियाँ गद्दी लगायत १२ जना विरुद्ध ज्यान मार्ने मुद्दा दर्ता गर्न किटानी जाहेरी नै दिएका छन् ।

    तर पर्साका प्रहरी उपरीक्षक पन्तले गुप्ता लगायत केही व्यक्तिलाई जोगाउन खोजेपछि आक्रोशित पीडित परिवार प्रहरी कार्यालयको गेट अगाडी धर्ना दिँदै प्रदर्शनमा उत्रेका हुन् । मुद्दा दर्ता नभएसम्म मृतक चौरसियाको शव नबुझ्ने चेतावनी समेत पीडित परिवारले दिएको छ ।पीडित परिवार प्रति समर्थन जनाउँदै नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व उद्योग मन्त्री मातृका प्रसाद यादवले पीडित परिवारले दिएको जाहेरी प्रहरीले दर्ता गर्नुपर्ने माग गरे । एसपी साहेबलाई मुद्दा दर्ता गर्न अनुरोध गरेको छु तर एसपी साहेबले नमानेको गुनासो गरे ।

    No description available.

    उनले भने, मैले एसपी साहेबलाई भने, पीडित पक्षले दिएको जाहेरी तत्काल दर्ता गरी, शवलाई परीक्षण गरेर आफन्तको जिम्मा लगाउँनुस अनि निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारवाहीको दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउँनुस भन्दा पनि एसपी साहेबले मानेन् ।

    No description available.

    एसपी साहेबले स्वम घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिलाउन खोजेको आरोप समेत उनले लगाए । चौरसिया घटनाको रहस्य नै बुझ्न सकेका छैनौ उनले भने, एसपी साहेबले स्वंम राजकुमार गुप्ताको घरबाट उनीहरूलाई पक्राउ गरेको स्वीकार्य गर्नुहुन्छ फेरी मुद्दा पनि दर्ता गर्न मान्नु हुन्न ।यसमा गहिरो रहस्य रहेको स्पष्ट समेत उनले पारे । चौरसिया परिवार न्याय नपाएसम्म वीरगन्ज नछाड्ने आश्वासन दिदैं शान्तिपूर्ण रूपमा आन्दोलन गर्न आह्वान समेत गरे । मृतक चौरसीया तत्कालीन नेकपा माओवादीका नेता यादवकै गुटका हुन् ।बिहीबारको शपथ ग्रहण कार्यक्रममा नेकपाकै अर्को गुटले आफूहरूलाई कार्यक्रममा सहभागी हुन नदिएको भन्दै कार्यक्रम स्थलमै विवाद गरेपछि दुवै पक्षबिच लाठी हानाहान भएको थियो । झडपपछि घटनास्थलमा प्रहरी परिचालन गरी शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको थियो ।

    झडपमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार बेलुकी पूर्व सांसद एवं नेकपाका नेता राजकुमार गुप्तासहित ७ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको थियो । तर तीमध्ये गुप्तासहित ४ जनालाई भने ३ घण्टाको सोधपुछ पछि प्रहरीले बिहीबार राति नै छाडिदिएको थियो । यता नेकपा पर्सा जिल्ला कमिटीले पनि चौरसियाको मृत्यु भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा विन्दवासिनी गाउँपालिका कमिटी सचिव तथा जिल्ला सदस्य समेत रहेका मुकेश चौरसियाको हत्यामा संलग्न रहेकाहरूलाई कारबाही गर्न माग गरेको हो ।नेकपा पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, अध्यक्ष प्रभु हजरा र सचिव विजय महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत चौरसियालाई शहीद घोषणा गर्न, झडपमा परी घाइते भएकाहरूको निःशुल्क उपचार र क्षतिपूर्ति दिन माग पनि गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑