काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । कोरोना संकट र वडा दसैंको अवसरमा प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाको उपचारको विषयमा अनावश्यक अफवाहाका पछाडि नलाग्न आग्रह गरेका छन् । निजी अस्पतालमा कतिपयले आफ्नै खर्चमा उपचार गराइरहेको भन्दै ओलीले नसक्ने अवस्थामा राज्यले निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएका छन्।
महामारीविरुद्धको लडाईंमा पक्ष र विपक्षको स्वार्थ र चुनावको अस्तको रुपमा प्रयोग गर्नु नहुने उनको भनाइ छ । सरकार कहिल्यै पनि कर्तव्यबाट बिमुख नहुने र जनताको स्वास्थ्यमा गम्भीर भएको ओलीको भनाइ छ ।
प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट लाइभ