• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुर–जयनगर रेल : सञ्चालनको भाखा सरेको सर्‍यै

  • वीरगंज संजाल
  • ७ कार्तिक २०७७, शुक्रबार ०८:२८
  • २०७७

    वीरगंज। सञ्चालनको पूर्वतयारी विना नै रेल आयात गरिएकाले जनकपुर–जयनगर रेल सञ्चालन गर्ने भाका सरेको स¥यै छ । असोज १ गते नेपाल ल्याई २ गते परीक्षण सञ्चालन भइसकेको उक्त रेल डेढ महीनाभित्रै अर्थात् कात्तिक १५ गते सञ्चालन गर्ने दाबी गरिएको थियो । तर, अहिले यो भाका पुस पहिलो साता सरेको छ । यसरी रेल सञ्चालनमा ढिलाइ हुँदा रेलका पार्टपुर्जा बिग्रने खतरा बढेको छ ।

    कर्मचारी नियुक्तिलगायत आवश्यक प्रक्रिया पूरा गरी पुस पहिलो सातादेखि उक्त रूटमा रेल सञ्चालन गर्ने लक्ष्य राखिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । यसअघि उनले डेढदेखि २ महीनाभित्र रेल सञ्चालन हुने दाबी गरेका थिए । ३८ किलोमीटर लामो रेलवेको पूर्वाधार बनेर परीक्षण भइसके पनि कर्मचारी व्यवस्थापन गर्न नसक्दा रेललाई त्रिपाल ओढाएर राखिएको छ ।

    रेल आउने निश्चित भए पनि कम्पनीले रेल ल्याउने २ दिनअघि मात्रै अर्थात् भदौ २९ गते १२९ कर्मचारी करारमा नियुक्तिका लागि सूचना जारी गरेको थियो । कम्पनीले कर्मचारी नियुक्तिका लागि अघि बढाएको प्रक्रिया विफल भएको र लोक सेवा आयोगले समेत चासो दिएपछि रेल सञ्चालनका जनशक्ति व्यवस्थापनमा थप विलम्ब हुने देखिएको छ ।

    ‘कर्मचारी स्थायी नियुक्ति गर्ने वा काजमा कर्मचारी राख्ने भन्ने विकल्पहरूमा छलफल भइरहेको छ,’ भट्टराईले भने, ‘स्थायी नियुक्तिमा ढिलाइ हुने भएकाले काजमा कर्मचारी खटाएर भए पनि रेल चलाउने विषयमा बिहीवार छलफल हुँदै छ ।’सरकारले १ वर्षका लागि भारतीय जनशक्ति ल्याएर भए पनि रेल सञ्चालन गर्ने भनेको थियो ।

    तर, भारतीय जनशक्तिले मासिक पारिश्रमिक चर्काे तोकेपछि सरकार पछि हटेको छ । नेपालले प्रस्ताव गरेको पारिश्रमिकभन्दा भारतीय कर्मचारीले बढी पारिश्रमिक माग गरेपछि सरकार भारतीय कर्मचारी ल्याउन पछि हटेको हो । यद्यपि रेल सञ्चालनको मुख्य टीम भने ल्याउने तयारी यथावत् नै रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा १ हप्ताअघि छलफलमा समेत भएको थियो । छलफलमा सहभागी एक अधिकारीले भने, ‘पारिश्रमिक बढी भएपछि ढिलो भए पनि नेपाली जनशक्ति नियुक्तिको प्रक्रियालाई अघि बढाउने निर्णय भएको थियो, तर कर्मचारी भर्नाका विषयमा भने प्रधानमन्त्रीले कडा निर्देशन दिनु भएन ।’

    रेल सञ्चालन नभएकाले बिग्रने सम्भावना हुने भएकाले सेड्युलअनुसार रेल निर्माता कम्पनीका अधिकारीहरू समयसमयमा आएर चेकजाँच गर्ने गरेको भट्टराईले बताए । ती रेल अहिले धनुषाको इनरुवा भन्ने स्थानमा पार्किङ गरी राखिएको छ । भारतको कोन्कण रेलवे कर्पाेरेशनले बनाएका रेल नेपालले रू. ८६ करोडमा खरीद गरेको हो । रेल खरीद गर्दा १ वर्षसम्म मर्मतसम्भार र प्राविधिक समस्या समाधानको ग्यारेन्टी कम्पनीले दिएको हुँदा सोही कम्पनीका अधिकारीले परीक्षण तथा जाँच गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑