• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नवरात्रको सातौँ दिन, आज कालरात्री देवीको पूजा गरिँदै

  • वीरगंज संजाल
  • ७ कार्तिक २०७७, शुक्रबार ०५:२६
  • ३१४१

    वीरगंज। सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्री भनिन्छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री हुन् उनको कपाल झाँक्रो फिजाए जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह चम्कीने माला छ ।

    श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ । माता कालरात्रीको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन् । यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ । देवी कालरात्री दुर्जनहरूको उछित्व गर्ने हुनुहुन्छ । यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ । देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि विजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ ।

    माता कालरात्रीको आराधनाको समयमा भक्तलाई आफ्नो मनको भानु चक्र अर्थात् शिर मध्य स्थित गर्नुपर्छ । यो आराधानाको फलस्वरुप भानु चक्रको शक्ति जागृत भएर आउछ । माता कालरात्रीको भक्तिले मनका हर प्रकारका भय नष्ट हुँदै जान्छन् भन्ने मान्यता छ । जीवनका हर समस्याको पलभरमा हल गर्ने शक्ति प्राप्त हुने तथा शत्रुको नाश गर्ने माता कालरात्री आफ्ना भक्तलाई हर परिस्थितीमा विजय दिलाउछिन् भन्ने विश्वास छ । सप्तमीको दिन माता कालरात्रीलाई गुडको वस्तुको भोग दिइन्छ । त्यसै गरि गरिबलाई दान पनि गरिन्छ । यसो गर्नाले दरिद्रता भाग्दछ ।

    कृत्यतत्वार्णमा नौ प्रकारका अर्थात फूलपातीको उल्लेख गरिएकोछ । रम्भा अर्थात केरा, कच्ची अर्थात कचूर, हलेदो, जयन्ती, बिल्व अर्थात बेल,दाडिम अर्थात अनार,अशोक अर्थात अशोकको बृक्ष, मानबृक्ष अर्थात अमलताश अथवा मानेकर्कलो,धान्य अर्थात धान यी नौ पत्रिका मानिएका छन् । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

    सप्तमी पूजा ।
    प्रतिपदामा गरिएको संकल्प अनुसार फलश्रुतिको कीर्तन गरेपछि–अद्य सम्तम्यां नवपत्रिकामृन्मयदुर्गापूजाबलिदानानी करिष्य भन्ने संकल्प गरी पहिले निमन्त्रित गरिएको बेलवृक्षको फेदमा गएर दुर्गा र बेलवृक्षको पूजा गर्नुपर्दछ । त्यसपछि प्राथना गर्नुपर्दछ ।

    प्राथनाः
    ॐ महिषध्नि महामाये चामुण्डे मुण्डमालिनी ।
    आयुरारोग्यमैश्वर्य देहि देवि नमोऽस्तुते ।।
    कुङ्कुमेन समालब्धे चन्दनेन विलेपिते ।
    बिल्वपन्नकृतापीडे दुर्गेऽहं शरणं गतः ।।
    रुपं देहि यहो देहि भगं भगवति देहि मे ।
    पुत्रान्देही धनं देहि सर्वान्कामांच्च देहि मै ।।
    सर्वमाङ्गलमाङ्गल्ये इति च साम्प्राथ्र्य पत्रिकाः पूजयेत ।

    दुर्गा स्तुतिः
    दुर्गा शिवां शान्तिकारीं ब्रहाणीं म्रहणः प्रियाम् ।
    सर्वलोकप्रणेत्रीं च प्रणमासि सदाशिवाम् ।
    मंङ्गलां शोभनां शुद्धां निष्कलां परमां कलाम् ।
    विश्वेश्वरीं विश्वमाता चण्डिकां प्रणमाम्यमह् ।।

    उक्त विधिद्धारा नवपत्रिकाहरुमा बिभिन्न पूजा गरेपछि स्तुती गर्नुपर्दछ । दुर्गा स्तुति यसप्रकार रहेकोछ–म दुर्गा,शिवा,शान्तिकरी,ब्रहणप्रिय,सर्वलोकप्रणेतु शिवालाई प्रणाम गर्दछु । म मङ्गला, शोभना, शुद्धा,निष्कला,परमा,कला,विश्वेश्वरी,विश्वमाता,भगवती चण्डिकालाई प्रणाम गर्दछु । म सर्वदेवमयी अर्थात बसै देवताका तजबाट प्रकाशित भएकी,सबै किसिमका आधि–व्याधिको नाश गर्नुहुने,ब्रहाविष्णुशिववन्दिता अर्थात ब्रह,विष्णु र शिवबाट प्रणाम गरिएकी उमाभगवतीलाई प्रणाम गर्दछु । विन्ध्याचलमा विराजमान भएकी विन्ध्यपर्वतमा घर बनाई स्थिररुपमा रहनु हुने, दिव्यसमाजमा रहनु हुने, दिव्य समाजमा निवासगर्न मन पराउनु हुने,भक्तहरुलाई संसारसागरबाट तार्नुहुने भगवती दुर्गाको नित्य वन्दना गर्दछु ।
    यसरी जसले यस स्तुतिको पाठ गर्दछ वा श्रवण गर्दछ त्यो भक्त सबैपापबाट मुक्त भई दुर्गा भगवतीको समीपमा वस्नपाई रमाउँछ भनेर शास्त्रको वचन रहेको छ ।

    यस विशेष सातौं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स–साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

    कालारात्रीको मन्त्र ।
    ॐ जयन्ती मंगला काली भद्रकाली कपालिनी।
    दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते।।
    जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि।
    जय सर्वगते देवि कालरात्रि नमोस्तु ते ।।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑