वीरगंज | वीरगंजस्थति नारायणी अस्पतालमा गरिएको परिक्षणमा पर्साका १७, बाराका १६ र रौतहटका २ जनासहित थप ३५ जनामा कोरोनाभाइरस अर्थात कोभिड-१९ संक्रमण पुष्टि भएको हो । । पर्सा र बाराको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको १ सय ७५ जनाको स्वाबको नमुनालाई परिक्षण गर्दा थप ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्सामा १ सय २९ जनाको स्वाबलाई परिक्षण गर्दावीरगंज महानगरपालिका वडा नम्बर १० मा तिन जना, वडा नम्बर ४, ६, ११ र १५ मा दुई/दुई जना, र वडा नम्बर ५, १२ र २४ मा एक/एक जना संक्रमित थपिएका छन् ।
त्यसैगरी पोखरिया नगरपालिका वडा नम्बर १ मा एक जना र पर्सागढी नगरपालिका वडा नम्बर ८ र १३ मा एक/एक जनामा संक्रमण देखिएको छ । उता बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा एक जना, निजगढ नगरपालिकाको विभिन्न वडाका १३ जना र कोल्भी नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै रौतहटको गरुडा नगरपालिका वडा नम्बर ७ मा एक जना र फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ मा एक जनामा संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले जानकारी दिए ।थपिएका संक्रमितहरुको उमेर समुह ८ वर्षदेखि ७६ वर्षसम्म रहेको छ । उनीहरुको सिटि भ्यालु १७ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले बताए ।