विरगंज । पछिल्लो चौविस घण्टामा देशभर थप ५ हजार ७ सय ४३ जना कोरोना भाइरस(कोभिड-१९)संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा २० हजार १ सय १८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप ५ हजार ७ सय ४३ जना संक्रमित थपिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । त्यसैगरी हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ ।
त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हाजार ९ सय ९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सहित निको भइ घर फर्किनेको कुल संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।
देशभरका क्वारेनटिनमा ४ हजार ६५ जना रहेका छन् । होम आइसोलेसनमा २९ हजार ८ सय रहेका छन् । संस्थागत आइसोलेसनमा १४ हजार ६ सय ७६ छन् । देशभरका बिभिन्न अस्पतालका आइसीयूमा २६९ र भेन्टीलेटरमा ८७ जना उपचाररत छन् ।