बिरगंज ४ कार्तिक । जिल्ला कृषि सहकारी संघ लि. पर्साको बडा दसैँ, शुभ दिपावली एवं छठ पर्वको शुभकामान आदान प्रदान कार्यक्रम कृषि ज्ञान केन्द्र पर्सा, बीरगंजको सभा हलमा सम्पन्न भएको छ | कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयले अनुदानित मलखाद बितरण निर्देशिका २०७७ जारि गरेकोमा सो अनुसार स्थानीय तहबाट समन्वय गरि मलखादको कारोबार गर्ने र कृषि सहकारी संस्थाहरुको समस्या, सरोकारवाला निकायले गरिने सहयोग, सहकार्य बारे छलफल गरिएको छ ।
मन्त्रालयले निर्देशिका जारि गरि दिए तर स्थानीय निकाय बेखबर भएकोले यो सालको लागि पनि समयमा किसानले मलखाद, बिउबिजन नपाउने तथा गहु बालि, तेलहन बालि लगाउनको लागि बिउ र मलखादको नितान्त आवस्यक भएकोले स्थानीय तह संग समन्वय गरि सहजीकरण गरिने संघका अध्यक्ष शिव कुमार साहले बताए | जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादव, कृषि सामग्री कम्पनि लि. प्रादेशिक कार्यालय बिरगंजका प्रमुख गोरखनाथ केसी, लेखा प्रमुख शिव बहादुर बुढाथोकी, साल्टट्रेडिंग कर्पोरेसन लि. प्रादेशिक कार्यालय बिरगंजका संजय साह, युवा तथा साना व्यवसायी स्वरोजगार कोष पर्साका संयोजक सुनिल रौनियार र सहकारी कर्मिहरुले शुभकामना व्यक्त गरेका छन् | कार्यक्रमको संचालन संघका लेखा समिति संयोजक अरविन्द कुमार साहले गरेका हुन् भने स्वागत मन्तब्य कोषाध्यक्ष अनरुध प्रसाद चौधरीले गरेका हुन् ।