• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के इन्टरनेट सेवा प्रदायकले तपाईंको अनलाइन हिस्ट्री हेर्न सक्छ ?

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७७, मंगलवार १९:०२
  • ५२२५

    वीरगंज। पछिल्लो समय इन्टरनेटकाे प्रयाेग बढिरहेकाे सन्दभर्मा अनलाइन गाेपनीयता उत्तिकै महत्वपूर्ण बन्दै गएको छ । अहिले तपाई जे गर्नु हुन्छ, इन्टरनेटसँगै जोडिएरै गर्नुहुन्छ ।यही कारण हामीले प्रयाेग गरिरहेकाे इन्टरनेटबाट हाम्राे संवेदनशील सूचनामा कसैले निगरानी गरिरहेकाे पाे छ कि ? यस्ताे प्रश्न धेरैले गर्ने गर्छन् ।त्यस्तै इन्टरनेट सेवा दिने कम्पनीहरूले प्रयाेगकर्ताकाे ब्राउजिङ हिस्ट्री हेरिरहेको छ कि छैन भन्ने विषयबारे धेरै जिज्ञासा हुने गर्छ । यसबारे जानकारी र त्यसबाट बच्ने उपाय सिकाउँदै छौं ।

    त्योभन्दा पनि पहिले के इन्टरनेट सेवा प्रदायकले तपाईंको अनलाइन हिस्ट्री हेर्न सक्छ भन्ने प्रश्ननै सबैभन्दा महत्वपूर्ण छ । पक्कै पनी यदि तपाईंले आफूलाई सुरक्षित राख्नु भएको छैन भने इन्टरनेट सेवा प्रदायकले तपाईंको अनलाई हिस्ट्री केलाएर हेर्न सक्छ ।

    तपाईंले ब्राउजमा के सर्च गर्नुभयो, के डाउनलोड गर्नु भएको छ भन्ने कुरा इन्टरनेट सेवा प्रदायकले जनुसुकै समयमा पनि हेर्न सक्छन् । तर, यस्तो विषयलाई देशको कानूनले पनि निर्धारण गर्छ । तपाईं कहाँ बस्नु हुन्छ र त्यो देशको कानूनले कस्ताे व्यवस्था गरेको छ भन्ने कुराले सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

    नेपालमा पनि कानूनी रुपमा सेवा प्रदायकले प्रयोगकर्ताको अनलाइन हिस्ट्री हेर्न पाउँदैनन् । ‘सेवा प्रदायकले त्यसरी कुनै प्रयोगकर्ताको अनलाई हिस्ट्री हेर्न नपाउने भनी अनुमतिपत्रको प्रावधानका साथै दूरसञ्चार ऐनमा पनि उल्लेख गरिएको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन् ।

    ‘तर, कानून मै अर्को प्रावधान त्यस्ताे रहेको छ, जसले आवश्यक परेको खण्डमा सेवा प्रदायकले त्यस्ता जानकारी उपलब्ध गराउनु पर्ने भनिएको छ,’ उनले भने ।

    एकातर्फ हिस्ट्री हेर्न नपाउने भनिएता पनि अर्कोतर्फ सरकारले मागेको खण्डमा त्यस्ता जानकारी उपलब्ध गराउनु पर्ने प्रावधानले भने सेवा प्रदायकले प्रयोगकर्ताको अनलाइन हिस्ट्री हेर्न सक्छन भन्ने प्रस्ट छ |तर, त्यसरी हेरेर अन्य कतै प्रयोग भएको खण्डमा कारबाही हुनेछ भनी कानूनमा उल्लेख गरिएको छ ।

    अर्कोतर्फ सेवा प्रदायकले विभिन्न विज्ञापनदातासँग सहकार्य गरिरहेका हुन्छन् । त्यसरी विज्ञापन कम्पनीहरुसँग सहकार्य गर्दा उनीहरुले आफ्नो प्रयोगकर्ताको डेटा बिक्री हुने गरेको तथ्याङ्क विश्व परिवेशमा धेरै छन् ।

    अर्कोतर्फ सेवा प्रदायकले तपाईंले गर्ने कार्यको निगरानी गरिरहेका हुन्छन् । किन भने यदि कुनै प्रयोगकर्ताले एकैपटक ठूलो मात्रामा डाउनलोड गरिरहेको छ भने उसले तपाईंको इन्टरनेटलाई कम गर्ने खालको प्रावधान नेपालमै पनि रहेको छ । यसको अर्थ प्रयोगकर्ताले गर्ने कामको निगरानी यहाँबाट पनि हुने देखिन्छ ।

    यसको अर्थ तपाईंले प्रयोग गर्ने हरेक डिभाइस तपाईंको इन्टरनेट सेवा प्रदायकले निगरानी गरिरहेको हुन्छ । तर, यदि तपाईंले चाहेको खण्डमा त्यसलाई रोक्न भने सक्नुहुनेछ ।
    कसरी रोक्ने त ?

    इन्टरनेट सेवा प्रदायकले गर्ने तपाईंको अनलाइन हिस्ट्रीको निगरानीलाई नियन्त्रर्ण गर्ने सबैभन्दा महत्वपूर्ण विकल्प भनेको भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्नु नै हो । भीपीएन प्रयोग गर्दा उसले सर्भर परिवर्तन गर्दै तपाईंको डेटलाई इन्क्रिप्ट गर्छ ।

    त्यो हुँदा तपाईंको इन्टरनेट सेवा प्रदायकले तपाईंको आईपीमार्फत तपाईंको डेटा हेर्नबाट रोक्न मद्धत गर्छ । तर, भीपीएनमा पनि धेरै कुरा हुन्छ ।

    नि:शुल्क रुपमा उपलब्ध हुने भीपीएनबाट तपाईंको डेटा सोचे जति सुरक्षित रहन सक्दैन । त्यसैले केही रकम तिरेर भएपनि राम्राे भीपीएन प्रयोग गर्नु उपयुक्त हुन्छ ।

    यसका साथै इन्क्रिप्डेट ब्राउजर पनि अर्को विकल्प हुन सक्छ । इन्क्रिप्डेट ब्राउजर प्रयोग गर्दा पनि केही हदसम्म तपाईंको डेटा सुरक्षित रहनेछ । यस्ता ब्राउजरमा टोर एक उदाहरण हाे ।

    पछिल्लो समय ब्रेभ, क्रोम लगायतका ब्राउजरमा पनि सेफ मोड उपलब्ध छ । यस्ता मोडको प्रयोग गरी इन्टरनेट चलाउँदा केही हदसम्म सुरक्षित रहन सकिन्छ । तर, यसरी चलाउँदा इन्टरनेटको स्पिड भने तलमाथि पर्न सक्छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑