वीरगंज | नेपालमा ६० वर्ष भन्दा माथीका ९ हजार ५ सय भन्दा बढी वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ लाख ३६ हजार ३६ जना संक्रमित मध्ये ९ हजार ५ सय ४३ जना वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएका छन्। संक्रमित हुनेमा ३ हजार ७ सय ३ महिला र ५ हजार ८ सय ४० पुरुष छन्।
६१ वर्षदेखि ७० वर्ष उमेर समुहका वृद्धवृद्धा सबैभन्दा बढी संक्रमित भएका छन् ।यो उमेर समुहका ५ हजार ८ सय जना रहेका छन्। त्यस्तै ७१ देखि ८० वर्ष उमेर समुहका २ हजार ७ सय २६ र ८० वर्ष भन्दा माथिका ९ सय ९८ जना वृद्धवृद्धा संक्रमित भएको तथ्यांक छ । मन्त्रालयका अनुसार संक्रमित हुने वृद्धवृद्धा सबै भन्दा बढी बागमती प्रदेशमा छन्।
बागमती प्रदेशमा २ हजार ४ सय ६ महिला र ३ हजार ५ सय ४ पुरुष गरि ५ हजार ९ सय १० जना रहेका छन्। त्यस्तै प्रदेश १ मा ४ सय ३४ महिला र ६ सय ९२ पुरुष गरी १ हजार १ सय २६, प्रदेश २ बाट २ सय ४४ महिला र ६३३ पुरुष गरी ८ सय ७७, लुम्बिनी प्रदेशमा ३ सय २३ महिला र ५ सय २० पुरुष गरी ८ सय ४३, गण्डकी प्रदेशमा १ सय ४० महिला र २४४ पुरुष गरी ३ सय ८४, सुदूरपश्चिममा ९२ जना महिला र १ सय ६१ जना पुरुष गरी २ सय ५३ र कर्णाली प्रदेशमा ६४ महिला र ८६ जना पुरुष गरी १ सय ५० जना वृद्धवृद्धा संक्रमित भएका छन्।
कुन प्रदेशमा कति वृद्धवृद्धा संक्रमित
प्रदेश १
६१ –७० वर्ष : २५८ महिला र ४५२ पुरुष ।
७१–८० वर्ष : १२० महिला र १६५ पुरुष ।
८० वर्ष माथि : ५६ महिला ७५ महिला
प्रदेश २
६१ –७० वर्ष : १६६ महिला र ४३६ पुरुष ।
७१–८० वर्ष : ६५ महिला र १६८ पुरुष ।
८० वर्ष माथि : १३ महिला २९ महिला
बागमती प्रदेश
६१ –७० वर्ष : १३३६ महिला र २०९० पुरुष ।
७१–८० वर्ष : ७४९ महिला र १०१९ पुरुष ।
८० वर्ष माथि : ३२१ महिला ३९५ महिला
गण्डकी प्रदेश
६१ –७० वर्ष : ७९ महिला र १६० पुरुष ।
७१–८० वर्ष : ४६ महिला र ५६ पुरुष ।
८० वर्ष माथि : १६ महिला २८ महिला
लुम्बिनी प्रदेश
६१ –७० वर्ष : २०२ महिला र ३२७ पुरुष ।
७१–८० वर्ष : ९९ महिला र १५१ पुरुष ।
८० वर्ष माथि : २२ महिला ४२ महिला
कर्णाली प्रदेश
६१ –७० वर्ष : ४० महिला र ६६ पुरुष ।
७१–८० वर्ष : १७ महिला र १५ पुरुष ।
८० वर्ष माथि : ७ महिला ५ महिला
सुदूरपशिचम प्रदेश
६१ –७० वर्ष : ६७ महिला र १२१ पुरुष ।
७१–८० वर्ष : २० महिला र ३७ पुरुष ।
८० वर्ष माथि: ५ महिला ३ महिला