• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वस्थ र कम उमेरकाले खोप लगाउन २०२२ सम्म पर्खनुपर्छ !

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७७, मंगलवार १८:०२
  • २७४१

    एजेन्सी । कम उमेरका र स्वस्थ मानिसले कोरोना खोप आइसकेपछि पनि आफ्नो पालोका लागि लामो समय पर्खन तयार रहनुपर्ने विज्ञहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकहरुले बताए अनुसार कतिपयले त एक वर्षसम्म पनि कुर्नुपर्ने हुन सक्छ । बुधबार डब्लूएचओले सञ्चालन गरेको सवालजवाफ कार्यक्रममा स्वास्थ्यविद् सौम्या स्वामिनाथमले भनिन्, “धेरै मानिसहरुले यस्तो सोचिरहेका होलान् कि जनवरी या अप्रिलमा खोप आउनासाथ म लगाउँछु अनि सबै पहिलेकै सामान्य अवस्थामा पुग्नेछ । तर, वास्तविकता त्योभन्दा धेरै फरक हुनेछ ।”

    उनले थप भनेकी छन्, “खोप लगाउने सम्बन्धी धेरै नयाँ निर्देशिकाहरु आउनेछन् र मेरो विचारमा एक साधारण व्यक्ति जो स्वस्थ छ उसले खोप लगाउन २०२२ सम्म कुर्नुपर्ने हुन्छ ।”

    युवाको पनि कोरोना लागेर गम्भीर बिरामी परि मृत्यु हुन सक्छ भने उनीहरुले संक्रमण पनि फैलाउन सक्छन् तर अहिलेसम्मका डाटाबाट प्राप्त प्रमाणहरु हेर्दा उनीहरुको स्वास्थ्यमा कोभिडका कारण जटिल समस्या आउने सम्भावना वृद्ध र दीर्ग रोगीहरुको तुलनामा धेरै कम छ ।

    त्यसैले पूरै विश्वमा कोरोना खोपको अप्रत्याशित माग बढ्दै जाँदा सरकार र अन्तर्राष्ट्रिय संघसंस्था जस्तै डब्लूएचओले एकसाथ सहकार्य गरि पहिले सबैभन्दा जोखिममा रहेका समूहलाई प्राथमिकता दिने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । यो समूहमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अनि वृद्ध, बिरामी र दीर्गरोगीहरु पर्छन् । यसबाहेक बाँकी रहेका स्वस्थ र कम उमेरकाहरु, जो पनि जीवन सामान्य अवस्थामा पुग्ने पर्खाइमा छन्, उनीहरुले खोप लगाउने लाइनमा सबैभन्दा पछाडि बस्नुपर्ने हुन्छ ।

    युनिसेफका इम्युनाइजेसन प्रमुख रोबिन न्यान्डीले एक अन्तर्वार्तामा भनेका छन् “सुरुवाती वर्षहरुमा खोप एकदमै थोरै मात्रामा उपलब्ध हुनेछ जुन विश्वभरका ७ अर्ब मान्छेका लागि पर्याप्त हुनेछैन । खोपहरु थोरै थोरै गरेर बिस्तारै आउनेछ ।” हामीले अझै केही समय महामारीसँगै बाँच्नुपर्ने हुनाले पनि सबै प्रणालीगत रुपमा जारी राख्न जरुरी रहेको उनले बताए । अन्य अवस्थामा बालबालिकालाई मुख्य प्राथमिकतामा राखिने गरेको भएपनि कोरोना खोप लगाउने सुरुवाती कार्यक्रमबाट बच्चाहरु पनि बाहिरिनुपर्ने स्थिति रहेको छ ।

    यता, विज्ञहरुले अर्को द्विविधापूर्ण कुरा पनि उठाइरहेका छन् । खोप आधा मात्र प्रभावकारी हुनेछ अर्थात एकपटक खोप लगाइसके पनि अर्को डोज आवश्यक पर्नेछ । अहिले विश्वका १५० भन्दा धेरै मुलुकहरुले विश्व स्वास्थ्य संगठनको ‘कोभ्याक्स’ नामक कार्यक्रममा सहभागीता जनाइसकेका छन् जुन एक सहकार्यपूर्ण व्यवस्थापन हो । यसमा सबै देशहरुले एकसाथ खोप निर्माणमा लगानी गरि खोपको पहिलो डोज जनसङ्ख्याका आधारमा अनि जोखिमका हिसाबले वितरण गर्ने संकल्प गरेका छन् ।

    यो कार्यक्रमको लक्ष्य २०२१ को अन्त्यसम्ममा सुरक्षित खोपको २ अर्ब डोज वितरण गरिसक्नु हो । यसको अर्थ आगामी वर्ष झन्डै एक चौथाइ मानिसले मात्र खोप लगाउन पाउनेछन् । यसैगरी आफैं खोप निर्माण गरिरहेका राष्ट्रले पनि प्रथामिकताबारे ध्यान दिनुपर्ने हुन्छ । जस्तै चीनमा खोपका सुरुवाती डोजहरु सेनालाई लगाइएको थियो । यता, रुसले चाहिँ यसै हप्ता आफूले निर्माण गरेको दोस्रो खोपलाई पनि स्वीकृति दिएको छ र त्यसको प्रयोग डाक्टर अनि शिक्षकहरुमा पहिले गरिने बताएको छ । राष्ट्रपति पुटिनले यसअघि सो खोपको सुरुवाती ट्रायलमा आफ्नी छोरीले पनि सहभागीता जनाएको बताएका थिए ।

    तर, कोभ्याक्स कार्यक्रममा अमेरिकाले भने भाग लिएको छैन र आफ्नै भ्याक्सिन विकसित गर्न अरबौँ लगानी गरिरहेको छ । अहिलेसम्म हेर्दा सातवटा कम्पनीहरु खोप विकसित प्रक्रियाको नजिक पुगेको देखिन्छ । आगामी अप्रिलसम्म अमेरिकासँग मात्र अनुमानित ७० करोड डोज हुन सक्ने बताइएको छ । तर, त्यहाँ पनि साधारण व्यक्तिले खोप लगाउन लामै समय पर्खिनुपर्ने अवस्था छ ।

    गत मंगलबार अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र, सीडीसीले सिमित आपूर्तिका कारण केही समूहका मानिसहरुलाई सुरुमा खोप नलगाउन निर्देशन दिइने जानकारी दिएको थियो । सिमित सङ्ख्यामा हुने खोपलाई निश्पक्ष, नैतिक अनि पारदर्शी तरिकाले वितरण गर्न आफूहरुले योजना बनाइरहेको सीडीसीले बताएको हो ।

    यसै महिना सार्वजानिक गरिएको फ्रेमवर्कमा ‘नेस्नल एकेडेमिक्स अफ साइन्सेस’ ले सुरुवाती चरणमा १ करोड ५० लाख डोजसम्म उत्पादन हुन सक्ने बताएको छ जुन अमेरिकाको ३–५ प्रतिशत जनसङ्ख्यालाई पुग्नेछ । नासेमको निर्देशिकाले पेश गरेको योजनामा पहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्ध अनि स्वास्थ्यका हिसाबले संवेदनशीललाई दिइने त्यसपछि कामदार लगायत शिक्षक, स्कुलका स्टाफ अनि जेलमा रहेका कैदी र अन्त्यमा मात्र बालबालिका, युवा र स्वस्थ वयश्कहरुलाई खोप लगाइने भनिएको छ । तर कोभिड–१९ का सुरुवाती खोपहरु अहिलेका लागि बालबालिकामा प्रयोग नगर्न सुझाव दिइएको छ । किनकी उनीहरुमा यसको पर्याप्त परीक्षण गरिएको छैन । संक्रमणलाई पूर्ण नियन्त्रण गर्न कम्तीमा पनि ७० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउन आवश्यक रहेको बताइएको छ ।  – द वासिङटन पोस्ट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑