• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वास्थ्य संकटकाल नलगाएको यही चरित्र देखाउन हो सरकार ?

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७७, मंगलवार १०:३६
  • २५२१

    वीरगंज। सामान्यतया एउटै रोगबाट दुई हजारभन्दा बढी मानिस बिरामी बने भने त्यसलाई महामारीको रुपमा घोषणा गरिन्छ । सरकारले परिस्थिति हेरेर स्वास्थ्य संकटकाल घोषणा पनि गर्न सक्छ । अहिले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीमा नेपाल सरकारले केही पनि नभएको जस्तो व्यवहार गरेको छ । सरकारले हरेक दिन बोली फेर्दा फेर्दा लाज नै नभएको जस्तो व्यवहार गरिरहेको छ ।

    संविधानको धज्जी उडाएको छ । नागरिकको मौलिक हकको उछितो काढेको छ । अहिले सरकार छ र ? भन्ने प्रश्न पनि खडा भएको छ यही व्यवहारले गर्दा ।सरकारले स्वास्थ्य संकटकाल लगाउन अप्ठेरो मान्दामान्दै अहिले नेपालमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ नाघिसकेको छ । त्यस्तै ७५७ जनाको ज्यान गइसकेको छ । सक्रिय संक्रमितको संख्या समेत ४१ हजारको हाराहारीमा छ ।

    जबकि केपी शर्मा ओली नेतृत्वको यही सरकार हो जसले २५ हजार सक्रिय संक्रमित हुनासाथ लकडाउन गरेर यसलाई नियन्त्रण गर्ने भनिरहेको थियो । सरकारले हुँदा हुँदा अहिले त नागरिकको उपचारसमेत नगर्ने भनिरहेको छ । घरघरमा संक्रमित फेला पर्दा उपचार गर्नबाट समेत नागरिकलाई बन्चित गर्छ भने यो सरकार किन चाहियो ? भनी प्रश्न व्यापक उठेको छ ।

    संविधानको भाग ३ अन्तर्गत मौलिक हक र कर्तव्यको धारा १८ मा ‘सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन ।’ भनिएको छ । तर सरकारले दिनानुदिन कोरोना भाइरसको पहिचान र उपचारका लागि अन्याय गरिरहेको छ । काखा र पाखा गरिरहेको छ । त्यसैगरी संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ ।

    त्यस्तै २ मा प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ भनिएको छ । तेस्रो बुँदामा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनिएको छ । र चौथो नम्बर बुँदामा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनी लेखिएको छ । स्वास्थ्यका बारेमा लेखिएका यी बुँदालाई नजरअन्दाज गरेर सरकारले नागरिकको मौलिक हकमाथि खिल्ली उडाएको छ । स्वास्थ्यमाथि ताण्डब नृत्य गरिरहेको छ ।

    भनिन्छ नि ‘एक लज्जाः परित्यज्य, सर्वत्रः विजयी भवेत’ अर्थात् लज्जा छाडेपछि सबै जितिन्छ । सम्भवतः केपी शर्मा ओली नेतृत्वको सरकारले त्यो लाज पनि राखेन र सोचिरहेको छ कि सबै जितिसकेँ । हो सरकारले अब जित्न बाँकी केही रहेन । जब लाजले नै पराकाष्ठा नाघिसक्यो भने अब जित्न के नै बाँकी रह्यो ।

    नागरिकका हक नै कुष्ठित पारेपछि अब यो सरकारलाई जे गर्न पनि छुट भएको प्रतीत हुन्छ । ओलीले पाँच वर्ष सरकार चलाउने लाइसेन्स पाएका हुन् । जनताको रक्षा गर्ने र सेवा गर्ने अवसर पाएका हुन् जनता मार्ने लाइसेन्स पाएका हैनन् । दुर्भाग्य स्वास्थ्य मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मान्छे मरेका, संक्रमित थपिएका र निको भएकाको तथ्यांक सार्वजनिक गर्छन् अनि जनतालाई गाली गर्दैै प्रवचन दिन्छन् ।

    उनलाई गाली गर्ने अधिकार प्रदत्त बनाउने काम ओलीले नै गरेका हुन् । जनताले यसो गरेन र उसो गरेन भनेर गाली गर्नेले के गरे त ? भनी आम चासोको विषय बनेको छ । सरकार आमनागरिकको स्वास्थ्यमाथिको पहुँच स्थापित गर्ने जिम्मेवारीबाट भागेको छ । संवैधानिक हकको कार्यान्वयन गर्न चुकेको छ । सर्वोच्च अदालतले दिएको निर्देशन र फैसलाको अपहेलना गरेको छ ।

    त्यसैगरी नेकपाको सरकारले आफ्नै पार्टीको घोषणापत्रमा लेखेका वाचा र मन्त्रलाई भुलेको छ । सरुवा रोगको उपचारसम्बन्धी केही प्रोटोकललाई लत्याएको छ । जब जनताको रक्षा सरकारले गर्दैन भनी खुलेआम भन्छ भने जनताले सरकार किन पाल्ने ? जनताले आफ्ना लागि भनेर जम्मा गरेको कर किन तिर्ने ? यी यावत् प्रश्नहरु निरन्तर चलिरहेका छन् ।

    सरकार भने तिनै जनताको करबाट उठेको पैसाबाट समेत भ्रष्टाचार गर्न लिप्त देखिएको छ । अलिकति पनि संवेदना छैन ? अहिले कोरोना महामारीमा नेपाल विश्वकै ३५ औं स्थानमा छ । छिमेकी चीनको वुहानबाट सुरु भएको यो कोरोनाको महामारीलाई निर्मूल गरेर चीन अहिले विश्वकै नम्बर एक आर्थिक समृद्धि गर्ने राष्ट्र बनेको छ । अर्को छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसका सक्रिय संक्रमित दिनानुदिन घटिरहेका छन् । कुनै समय १० लाख २० हजारभन्दा बढी सक्रिय संक्रमित भएको भारतमा अहिले घटेर सात लाखको हाराहारीमा आइसकेका छन् । तर नेपालमा दिनानुदिन बढिरहेका छन् ।

    र पनि सरकार बेवास्ता गर्छ । जनताको पीसीआर परीक्षण गर्दिन भन्छ । उपचार गर्दिन भन्छ । कोरोना संक्रमितको ट्रेसिङ गर्दिन भन्छ । अब सरकार के गर्छ ? स्वास्थ्य संकटकाल नलगाएर सुरुआतमा भ्रष्टाचार गर्न त सजिलो भएकै हो अहिले त यतिसम्म सरकार गैरजिम्मेवार बन्ला भनेर कल्पना सम्भवतः विरलैले गरेका थिए । जनतालाई उपचार नगर्ने सरकारले दशैंभत्ता भने लिन नछाड्नु र व्यापक जनदवाव आएपछि मात्र स्वास्थ्य कोषमा राख्ने निर्णय गरिनु जत्तिको लज्जा अरु के नै हुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑