• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हेटौंडा–काठमाडौंको सडक दूरी ५४ किलोमिटर

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७७, मंगलवार ०७:११
  • ३०५३

    संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको काठमाडौं–निजगढ द्रूतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवार गाउँपालिका–३ को गेट दोभानमा जोड्ने तयारी थालिएको छ ।यस योजनालाई सफल बनाउन सके हेटौंडा–काठमाडौंको सडक दूरी ५४ किलोमिटर मात्र हुने भन्दै प्रदेश सरकारले प्रस्ताव गरेअनुसार अध्ययन थालिएको छ ।बाराको निजगढदेखि संघीय राजधानी काठमाडांै द्रँतमार्गसँग हेटौंडा–काठमाडौं मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको हो ।

    प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ । सरकारका तर्फबाट एक दिनअघि मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित बिन्दुको अवलोकन गर्नुभएको थियो ।उपाध्यक्ष डा. कँडेलले द्रूतमार्गको प्रारम्भमा यसमार्गसँग जोडिने अन्य कुनै मार्गको परिकल्पना नगरिएकाले नयाँ परिस्थिति सिर्जना भएको बताउनुभयो ।

    उहाँले द्रूतमार्ग अनुगमन समितिले द्रूतमार्ग निर्माणको क्रममा प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको बताउनुभयो । समितिले प्रदेशसँग समन्वय गर्नुपर्ने भनेकाले नै आफूहरु अवलोकन र अध्ययनका लागि आएको उहाँको भनाइ थियो ।पहिलो चरणमा व्यावहारिक र सामान्य अवलोकन गरिएको उल्लेख गर्दै उपाध्यक्ष डा. कँडेलले अब प्राविधिक अध्ययन गरेर मात्रै द्रूतमार्गसँग मदन भण्डारी मार्गलाई कहाँ र कसरी जोड्न सकिन्छ टुंगो लाग्ने बताउनुभयो । उहाँले दुई द्रूतमार्गलाई जोड्नु उपयुक्त हुने र त्यसका लागि प्राविधिकहरुको अध्ययनले अन्तिम निष्कर्ष निकाल्ने उल्लेख गर्नुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ गजेन्द्र थपलियाले प्रदेश सरकारसँग नेपाल सरकारले सहयोग र सहकार्य गर्ने बताउनुभयो । मदन भण्डारी मार्गमा सुरुङ निर्माणसहित स्तरीकरण गर्ने र द्रूतमार्गसँग जोड्ने प्रदेश सरकारको योजना रहर नभएर टड्कारो आवश्यकता रहेको मुख्यमन्त्री डोरमणि पौडेल बताउनुहुन्छ ।अहिले पूर्वी नेपाल र तराईका साना सवारीबाहेकका गाडी हेटौंडाबाट ७६ किलोमिटर नारायणघाट र त्यहाँबाट १ सय ५२ किलोमिटर गरी काठमाडौंका लागि २ सय २८ किलोमिटर लामो यात्रा गर्न बाध्य रहेको उहाँको भनाइ छ ।
    ५४ किलोमिटरको बाटो स्तरीकरण गरी सबै प्रकारका गाडीको आवागमन गराउन सकिने र दीर्घकालीनरूपमा राज्यलाई लाभ हुने उहाँ बताउनुहुन्छ ।

    प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल सुरुङबाहेक मदन भण्डारी मार्गको स्तरीकरणको सम्पूर्ण काम धमाधम भइरहेको बताउनुहुन्छ । सडक फराकिलो बनाउने, पर्खाल लगाउने र सम्याउने काम भइरहेको र चाँडै नै कालोपत्रे गर्ने काम शुरु हुने उहाँको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते
  • पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु
  • नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने
  • जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना

    राष्ट्र बैङ्कद्वारा लचिलो कार्यदिशासहित मौद्रिक नीति सार्वजनिक

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    News

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    News

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    News

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    News

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑