• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेशसभा २ मा सभामुखबाटै गाडी दुरुपयोग, एउटै कर्मचारीको ५ सवारी

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७७, मंगलवार ०६:०१
  • ४९०१

    प्रदेशसभा २ ले करोडौँ मूल्यमा फाजिल सवारीसाधन किनेर दुरुपयोग गरिरहेको पाइएको छ। प्रदेशसभाका सभामुखदेखि सचिवालयका उच्चपदस्थ कर्मचारी सवारी साधन दुरुपयोगमा संलग्न छन्।

    प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभामा २५ वटा चारपांग्रे र २९ वटा दुई पांग्रे सवारी साधन छन्। जसमा सभामुख, उपसभामुख र सभामुखका पछुवा गाडीसहित ४ वटा, विभिन्न संसदीय समितिका सभापतिले ६ वटा, विभिन्न पार्टीका संसदीय दलका नेता तथा प्रमुख सचेतकले ७ वटा, निमित्त सचिव र उपसचिवले २ वटा र प्रदेश सांसदहरुलाई घर तथा डेरादेखि प्रदेशसभासम्म ल्याउन र पुर्‍याउने हाइससहित १९ वटा गाडी प्रयोग भइरहेको छ। त्यसबाहेकका ६ वटा पगितो गाडी दुरुपयोग भइरहेको छ।

    आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशसभा सचिवालयले उपसभामुख लगायत विभिन्न संसदीय दलका नेता, प्रमुख सचेतक र उपसचिवका लागि गरी १३ वटा चारपांग्रे सवारीसाधान खरिद गरेको छ। यस्तै कर्मचारीहरुको लागि ५ वटा मोटरसाइकल र ४ वटा स्कुटर किनेको सचिवालयका सूचना अधिकारी अरुणकुमार झाले जानकारी दिए।

    उनका अनुसार महिन्द्रा कम्पनीको एक्सयूभीएस गाडी दुईवटा १ करोड ३५ लाख १० हजार रुपैयाँमा खरिद गरिएको छ। जसमध्ये एउटा उपसभामुख उपमा देवले प्रयोग गरिरहेकी छन्।

    यस्तै संसदीय दलका नेता तथा प्रमुख सचेतहरुका लागि महिन्द्रा कम्पनीको ९ वटा एसएलेभन स्कारपियो ५ करोड ५३ लाख ९५ हजार रुपैयाँमा किनिएको छ। दरबन्दी खाली रहेका दुईजना उपसचिवको लागि रेनो क्वीड दुई थान गाडी ४७ लाख ७० हजारमा खरिद गरेको सचिवालयले जनाएको छ।

    यस्तै सचिवालयका कमर्चारीहरुका लागि ५ वटा १२५ सीसी पल्सर मोटरसाइकल ११ लाख २४ हजार ५ सय रुपैयाँमा र चारवटा स्कुटी ७ लाख ९१ हजारमा खरिद गरिएको सचिवालयका सूचना अधिकारी झाले बताए|

    तर, करोडौं रुपैयाँ खर्चेर खरिद गरिएका यी सवारी साधन सभामुख सरोजकुमार यादवलगायत उच्चपदस्थले नातागोता र कार्यकर्तालाई चढ्न दिएका छन्।

    सभामुख सरोजकुमार यादव इसुजु कम्पनीको ज १ ग ४२७ र प्रदेश नं.२–०२–००१ झ ००३२ नम्बरको महिन्द्रा स्कारपियो गाडी प्रयोग गर्छन्। इसुजु गाडी उनी जनकपुर अथवा प्रदेशभित्र प्रयोग गर्छन् भने काठमाडौं जाँदा त्यहीँ राखिएको महिन्द्रा स्कारपियो चढ्ने गरेको सचिवालयले जनाएको छ। त्यो गाडी काठमाडौँ जाने अन्य भीआईपीले प्रयोग गरेको उनको सचिवालयको दाबी छ।

    त्यस्तै, सभामुखको सुरक्षामा पछाडि खटिने प्रहरीले प्रदेश नं. २–०२–००१ झ ००१४ (निसान) प्रयोग गर्छन्। यसका अतिरिक्त उनका परिवारका सदस्य तथा नातागोताले समेत प्रदेशसभाको गाडी प्रयोग गर्ने गरेको स्रोतले बतायो।

    121776754_817116015530374_2540002544033220024_n.jpg

    उपसभामुख उपमा देवले सुरुदेखि ज १ ग ४६० नम्बरको निसान टेरानो गाडी चढ्दै आएकी थिइन्। आर्थिक वर्ष २०७६/०७७ मा भ्याटसहित ६७ लाख ५५ हजार मूल्य पर्ने दुई वटा महिन्द्रा एक्सयूभी गाडी किनेपछि प्रदेश नं. २–०२–००१ झ ०१०१ नम्बरको गाडी उनले प्रयोग गर्न थालिन्। तर, पहिलेदेखि प्रयोग गर्दै आएको टेरानो गाडी उनले अहिलेसम्म पनि फिर्ता गरेकी छैनन्। सूचना अधिकारी झाले उक्त गाडी प्रदेशसभामै कार्यालय प्रयोजनको लागि कहिलेकाहीँ प्रयोग भएको दाबी गरे। तर, उपसभामुख देवका छोराले त्यो गाडी प्रयोग गरिरहेको कर्मचारीहरु बताउँछन्।

    निमित्त सचिवको सवारीः ३ गाडी २ मोटरसाइकल
    प्रदेशसभा सचिवालयमा सबभन्दा बढी गाडी निमित्त सचिव रञ्जित यादवले प्रयोग गर्दै आएका छन्। उनले औपचारिक रुपमा ज १ ग ४६१ नम्बरको निसान टेरानो गाडी चढ्दै आएको सचिवालयले जनाएको छ। त्यसका अलावा सचिव यादवले आर्थिक वर्ष २०७६/०७७ मा खरिद गरिएको एउटा एक्सयूभी र एउटा क्वीड पनि पालैपालो चढ्ने गरेका छन्।

    त्यस्तै आ.व. २०७६/०७७ मा खरिद गरिएको पाँच वटा पल्सर मोटरसाइकलमध्ये २ वटा उनैले प्रयोग गर्दै आएको कार्यालय श्रोतले जानकारी दियो। खरिद गरेको गाडी खराब नहोस् भनेर कहिलेकाहीँ कार्यालय प्रयोजनकै लागि चढ्ने गरेको निमित्त सचिव यादवले दाबी गरे।

    ‘सधैँ बजेट हुँदैन। गाडीको आवश्यकता पर्छ नै। त्यसैले बजेट भएको बेला केही अतिरिक्त गाडी खरिद गरेका हौँ,’ उनले भने।

    उनले लिएका दुईवटा पल्सरमध्ये एउटा कहलेकाहीँ आफैँ र अर्को उनका भाइ सुजित यादव चढ्ने गरेको कार्यालयका एक कर्मचारीले बताए।

    सभामुख सरोज यादवका सबभन्दा निकट पात्र हुन् उनी। त्यसैले सभामुखले प्रदेशसभामा सचिव स्तरका कर्मचारीलाई ल्याउन चाहेका छैनन्। उनले आफ्नै सिफारिसमा उपसचिव रञ्जित यादवलाई निमित्त राखेका छन्। उनीहरुले प्रदेशसभामा हुने विभिन्न प्रकारका सामग्री खरिद तथा ठेक्कापट्टामा मिलेमतो गरी आर्थिक अनियमितता गर्दै आएको विवरण सार्वजनिक भइसकेका छन्।

    121986054_1506057549604622_903828508643556241_n.jpg

    उपसचिव पनि चढ्छन् २ वटा गाडी
    प्रदेशसभा सचिवालयका सूचना अधिकारीको जिम्मेवारी समेत हेर्दै आएका उपसचिव अरुणकुमार झाले पनि आफुखुसी सवारीसाधन प्रयोग गर्ने गरेका छन्। उनले प्रदेश नं. २–०२–००१ झ ००३८ (सुजुकी) गाडी पहिलादेखि नै चढ्दै आएका छन् भने आ.व. २०७६/०७७ मा खरिद भएको दुई वटा क्वीडमध्ये एउटा पनि प्रयोग गर्दै आएका छन्।

    उनले निमित्त सचिवसंगै मिलेर घरायसी तथा आफ्नो निजी कामको लागि पनि सवारीसाधन दुरुपयोग गर्ने गरेको कर्मचारीहरु बताउँछन्। तर उपसचिव झाले आफूले एउटा मात्रै गाडी प्रयोग गरेको दाबी गरे।

    ‘म एउटा गाडी मात्र चढ्छु। एउटा मोटरसाइकल बिग्रेर सोरुममा राखदिएको छु। अर्को चढिरहेको छु। गाडी खराब हुन्छ भनेर कहिलेकाहीँ कार्यालय प्रयोजनकै लागि चढ्यो भन्दैमा दुईवटा गाडी चढ्छ भन्नु गलत हो,’ उनले भने।

    लेखाअधिकृतले भाइलाई दिए मोटरसाइकल
    माघ २०७६ मा प्रदेशसभा लेखा अधिकृतका रुपमा आएका नवीनकुमार मिश्रले सचिवालयबाट सुरुमै ज १ ग ३२३ नम्बरको मोटरसाइकल लिएका थिए। आ.व. २०७६/०७७ चारवटा स्कुटी खरिद गरेपछि उनले त्यसबाट ज १ ग ३२४ नम्बरको स्कुटी पनि लिए। आफू होचो भएको कारण देखाउँदै उनले मोटरसाइकल चलाउन समस्या भएकाले स्कुटी लिएको सचिवालयकै एक कर्मचारीले बताए। तर स्कुटी लिएपछि उनले मोटरसाइकल फिर्ता गरेनन्। बरु, त्यो मोटरसाइकल उनले भाइलाई दिए।

    तर, अधिकृत मिश्रले आफूले एउटा स्कुटी मात्र चढ्ने गरेको दाबी गरे।

    122138163_363293588220070_1906918572865324751_n.jpg

    सूचना लुकाएर सवारीसधानको दुरुपयोग
    सूचना अधिकारी झाका अनुसार यसका अलावा उपसभामुखले पहिले प्रयोग गर्ने ज १ ग ४६०, बाँकी रहेका सार्वजनिक लेखा समितिका सभापतिका लागि प्रदेश नं. २–०२–००१ झ ००१३ र दुईजना आउने उपसचिवको लागि खरिद गरिएको नं. २–०२–००१ झ ००९२ र नं. २–०२–००१ झ ००९६ नम्बरको गाडी स्टोरमा राखिएको छ। तर, प्रदेशसभाको पार्किङमा भने प्रदेश २–०२–००१ झ ००१०० नम्बरको गाडी राखिएको छ। जसबारे सूचना अधिकारी झा र स्टोरका कर्मचारीले सूचना दिन मानेनन्।

    उनीहरुले सूचना दिने जिम्मेवारी एकअर्काको थाप्लोमा हाल्ने गरेका छन्। सभामुख र निमित सचिवको डरले सूचना अधिकारी र स्टोरकिपरले सत्यतथ्य सूचना दिन नमानेको कार्यालयकै एक कर्मचारीको भनाइ छ।

    प्रदेशसभमा सचिवालयको स्टोरमा फाजिल रहेका चार पांग्रे र दुईपांग्रे सवारीसधानमा भने सभामुख, उपसभामुख, निमित्त सचिव, उपसचिव र लेखाअधिकृतकै रजाइँ छ।

    ‘सभामुखदेखि लेखाअधिकृतसम्म सबैले पालैपालो स्टोरमा रहेका नयाँ गाडी चढ्ने गरेका छन्। त्यति मात्रै होइन आफ्नो घरायसी काम, घुमाघम र आफन्त आसोपासेलाई समेत चढाउँछन्,’ ती कर्मचारीले नखुलाउने सर्तमा भने ‘यो प्रदेशसभा र सार्वजनिक सम्पत्ति हो भन्ने महसुस गर्दैनन् यिनीहरु। सभामुख, निमित्त सचिव, उपसचिव र लेखा अधिकृत मिलेकै छन्। जे मा पनि मनपरी र सरकारी सम्पत्तिको दुरुपयोग गर्छन्।’

    सूचना अधिकारी झाले कार्यालयकै आवश्यकता अनुसार गाडी खरिद भएको तर्क गरे।

    ‘अहिले आवश्यकताअनुसार नै गाडी खरिद भएको छ। भोलि नै कर्मचारी आए भने कहाँबाट गाडी ल्याउने? त्यसैले खरिद गरिएको हो,’ उनले भने ‘यहाँ थन्काएर राखिएको गाडी नबिग्रुन् भनेर कहिलेकाहीँ चलाउनु पर्छ।’

    122192713_347352669825471_4227109593572954348_n.jpg

    एकतापछि पनि समाजवादी र राजपाले दुई दलकै हैसियतमा लिए सेवासुविधा
    संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच औपचारिक रुपमै ७ महिनाअघि नै एकीकरण भएपनि प्रदेशसभामा दुई दलकै हैसियतमा उनीहरुले सेवासुविधा लिँदै आएका छन्।

    साविक संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शैलेन्द्र यादव, र राष्ट्रिय जनता पार्टी (राजपा)का प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभाबाट एकएक वटा गाडी लिएका छन्। एक मात्र स्वतन्त्र प्रदेश सांसद सावित्रीदेवी साहले पनि एउटा गाडी प्रयोग गर्दै आएकी छिन्।

    त्यस्तै, प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव, नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहा, प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका नेता सत्यनारायण मण्डल, नेकपा प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले एकएक वटा गाडी लिएका छन्।

    प्रदेशसभाअन्तर्गत विकास समितिका सभापति अबुल कलाम अब्दुल रहिम अन्सारी, महिला तथा बालबालिका समिति सभापति जैलुन राईन, प्राकृतिक श्रोत साधन तथा वातावरण समिति सभापति रामचन्द्र मण्डल र भूमि व्यवस्था तथा कृषि सभापति वीरेन्द्रप्रसाद सिंह, प्रदेश मामिला समिति सभापति अशोक यादव, अर्थ तथा योजना समिति सभापति मनिष सुमनले एकएक वटा गाडी चढ्ने गरेका छन्। सार्वजनिक लेखा समिति सभापतिको टुंगो नलागेकोले एउटा गाडी स्टोरमै रहेको सूचना अधिकारी झाले बताए।nepalkhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑