• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जानकारी- गाईको दूधले फाइदा गर्छ कि हानि ?

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७७, मंगलवार ००:३०
  • २५७३

    वीरगंज | गाईको दूधको विषयमा पोषणविद्हरूले फरक फरक मत राखेका छन् । यसलाई मानिसको भोजनमा समावेश गर्ने कि नगर्ने ? मानव स्वास्थ्यका लागि यो कति स्वास्थ्यवर्द्धक छ ? हजारौं वर्षअघि गाईलाई घरपालुवा बनाइएको हो । त्यतिखेरदेखि दूध र त्यसबाट बनेका पदार्थ हाम्रो भोजनमा समावेश छन् । केही विशेषज्ञहरूले १० हजार वर्षदेखि दूध हाम्रो खानपानमा समावेश भएको बताएका छन् ।

    तर धेरैजनाले गाईको दूध स्वास्थ्यका लागि ठीक नहुने बताएका छन् । यस विचारको समर्थन गर्नेहरूको संख्या बढिरहेको छ । त्यसैले गर्दा गाईको दूधको खपत लगातार घटिरहेको छ ।अमेरिकाको कृषि विभागले सन् १९७० पछि देशमा दूधको खपतमा ४० प्रतिशतले कमी आएको बताएको छ ।

    दूधको विकल्पमा अन्य पदार्थहरू उपलब्ध हुन थालेपछि यो कमी आएको धेरैजना बताउँछन् । सोयाको दूध र बदामको दूध आजकल विकल्पका रूपमा आएका छन् । भीगन हुने चलनले पनि दूधको खपत घटाएको छ । भीगनहरू मासुबाहेक पशुसँग जोडिएका कुनै पनि खाद्य पदार्थ सेवन गर्दैनन् । अनि संसारको लगभग ६५ प्रतिशत जनसंख्यामा दूधमा पाइने सुगर अर्थात् ल्याक्टोज पचाउने सीमित क्षमता भएका कारण पनि खपत घटेको हो ।

    दूधले शरीरमा पार्ने प्रभावबाट बच्नका लागि यसको उपयोग रोक्ने हो कि भन्ने प्रश्न उठेको छ । पहिला दूध मानिसका लागि कति स्वास्थ्यवर्द्धक छ भन्ने विषयमा चर्चा गरौं । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार, गाईको दूध र त्यसबाट बनेका पदार्थ पनीर, दही लगायतले क्याल्सियम र प्रोटीन दिलाउँछन् । सन्तुलित आहारका लागि ती कुरा आवश्यक हुन्छन् ।

    अमेरिकाका पोषणविद् डोनल्ड ह्यान्सरडले क्याल्सियम र प्रोटीन बाहेक दूधमा अनेक किसिमका भिटामिन पाइने बताएका छन् । भिटामिन ए र डीको यो राम्रो स्रोत रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘दूध पौष्टिक र स्वास्थ्यका लागि लाभदायक छ । तर यो अत्यन्तै आवश्यक वस्तु पनि हैन ।’ब्रिटिश न्युट्रिसन फाउन्डेसनका अनुसार, बालबालिका र वयस्कलाई आवश्यक हुने आइरन, क्याल्सियम, भिटामिन, जिंक र आयोडिन खानाले पूरा गर्न सक्दैन । दूधमा यी सबै कुरा पाइन्छन् ।

    पोषणविद् शार्लेट स्टर्लिङ–रीडले भनिन्, ‘प्राकृतिक दूधका अन्य विकल्पको समस्या भनेको तिनमा प्राकृतिक पोषक तत्त्व हुँदैनन् । तिनमा पोषक तत्त्व कृत्रिम रूपमा राखिने हो । त्यसैले तिनले अपेक्षाअनुरूप फाइदा गर्दैनन् ।’प्राकृतिक रूपमा उपलब्ध हुने दूध व्यायाम गर्नेहरूका लागि लाभदायक हुन्छ । पोषणविद् रेनी म्याकग्रेगरले बताइन्, ‘दूध सम्पूर्ण भोजन हो जसमा कार्बोहाइड्रेट्स र प्रोटीनको सही अनुपात हुन्छ । यसले मांसपेशी बढाउनका लागि सहयोग गर्छ ।’

    बच्चाहरूमा क्याल्सियमका लागि दूध राम्रो स्रोत हो । गर्भवती महिलाहरूलाई दूध पिउने सल्लाह दिइन्छ किनकि यसले भ्रूणका हाडहरूको निर्माण र विकासमा सहायता गर्छ ।३०० मिलिलिटर दूधको एक गिलासमा लगभग ३५० मिलिग्राम क्याल्सियम हुन्छ । एकदेखि तीन वर्ष उमेरको बच्चालाई दिनदिनै यसभन्दा बढी क्याल्सियम आवश्यक हुन्छ । तर एक वर्षभन्दा कम उमेरका बच्चालाई गाईको दूध नपिउने सल्लाह एनएचएसले दिएको छ ।

    गाईको दूधको ठूलो समस्या भनेको यसमा भएको अतिरिक्त बोसो हो । किशोर र वयस्कहरूलाई दूधको तर निकालेर पिउने सल्लाह दिइन्छ । ह्यान्सरड भन्छन्, ‘वयस्कहरूका लागि दूध भिटामिन र आइरनको राम्रो स्रोत हो तर यो बोसोमुक्त वा स्किम्ड हुनुपर्छ । अनि पनीर, मक्खन र दहीका विषयमा धेरै सावधान हुनुपर्छ ।’पोषणविद्हरूका अनुसार, पनीरमा २० देखि ४० प्रतिशतसम्म बोसो हुन्छ । मक्खनमा त स्याचुरेटेड फ्याट र नूनको मात्रा पनि बढी हुन्छ ।

    ह्यान्सरड भन्छन्, ‘यी खाद्यपदार्थहरूले शरीरलाई भारी मात्रामा क्यालोरी दिन्छन् । बाल्यकाल वा किशोरवयमा धेरै क्यालोरी आवश्यक हुन्छ तर वयस्क भएपछि चाहिँदैन । त्यसैले दूध सेवन गरिरहने मानिसमा मोटोपनको समस्या आउँछ ।’ल्याक्टोज पनि एक समस्या हो । दूधमा पाइने सुगर सजिलै पच्दैन । दूधबाट हुने एलर्जी पनि समस्याका रूपमा उदाइरहेको छ ।

    अनि मानिसबाहेक अन्य जीवहरू वयस्क भएपछि दूध पिउँदैनन् । ल्याक्टोज पचाउन एन्जाइम आवश्यक हुन्छ र त्यो बाल्यकालमै बढी बन्छ, उमेर ढल्किँदै गएपछि कम हुन्छ । धेरै मानिसमा ल्याक्टोज पचाउने क्षमता हुँदैन । विशेषगरी एसियालीहरूमा यो क्षमता कम हुन्छ । दूधले मानिसको पाचनशक्ति कमजोर बनाउँछ र अन्य समस्या पनि निम्त्याउँछ । त्यसैले दूधको फाइदासँगै हानि पनि छ ।

    बीबीसीबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑