वीरगंज। गत हप्ता गुगलले आफ्नो इन्टरनेट ब्राउजर क्रोममा एउटा नयाँ पासवर्ड प्रोटेक्सन फिचर ल्याएको थियो । यो फिचरसँगै मोबाइल प्लेटफर्मका लागि ब्राउजरले तपाईंको सेभ भएको लगईन क्रेडेन्सियल, त्यस्ता लगईन डिटेलसँग दाँज्नेछ, जो यसअघि नै कम्प्रमाइज भइसकेका छन् ।
यदि त्यस्ता डिटेलसँग मिल्न गएको खण्डमा क्रोमले तपाईंलाई अलर्ट (सावधान) पनि गर्नेछ । साथै तपाईंको सहजताका लागि ब्राउजरले क्रेडिन्सियल चेक गर्न समेत सघाउँछ ।
कम्पनीले यो फिचर क्रोमको ८६ अपडेटको रुपमा एन्ड्रोइड तथा आईओएस दुवै स्मार्टफोनका लागि सार्वजनिक गरिसकेको छ । यसलाई सेफ्टी चेक नाम दिइएको छ ।
कम्प्रमाइज्ड पासवर्ड पत्ता लगाउन क्रोमले तपाईंको युजरनेम र पासवर्डको एउटा कपी गुगललाई पठाउनेछ । कम्पनीले दाबी गरेअनुसार यसक्रममा इनक्रिप्टेड कपीको रुपमा विशेष रुपमा पासवर्ड तथा लगईन डिटेल पठाउने प्रबन्ध मिलाइएको छ ।
त्यसपछि गुगलले त्यसलाई कम्प्रमाइज भइसकेका क्रेडेन्सियलको सूचीसँग दाँजेर हेर्ने गर्दछ । यहाँनिर ध्यान दिनुपर्ने कुरा के छ भने गुगलले इन्क्रिप्टेड कपीको रुपमा तपाईंका त्यस्ता युजरनेम र पासवर्ड मात्रै चेकजाँच गर्न सक्छ, जसलाई तपाईंले क्रोममा सेभ गरेर राख्नुभएको छ ।
कसरी गर्ने प्रयोग ?
१. सुरुमा आफ्नो स्मार्टफोनमा गुगल क्रोम ब्राउजर खोल्नुहोस् ।
२. अब ब्राउजरको सेटिङमा जानुहोस् ।
३. त्यहाँ रहेको पासवर्डमा ट्याप गर्नुहोस् ।
४. अब अन्तिममा चेक पासवर्डमा दबाउनुहोस् ।