• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा पूजापाठका कार्यक्रममा रोक, पार्टी प्रवेशका कार्यक्रम जारी

  • वीरगंज संजाल
  • २ कार्तिक २०७७, आईतवार ०६:४९
  • ५८१७

    पर्सा | कोरोना महामारीको कारण यस वर्षको दशैंमा वीरगंजमा पूजापाठ तथा बलि दिन जिल्ला प्रशासन कार्यलयले निषेध गरेको छ।जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लाभित्र रहेका गहवा माई, विर्ता माई, नगवा माई र विन्दवासिनी माई मन्दिरलगायतका शक्तिपिठमा सर्वसधारणलाई दर्शन गर्न रोक लगाउने निर्णय गरेको छ।

    जिल्ला सुरक्षा समितिको बैठकले कोरोना संक्रमण महामारीलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि मेला, पूजापाठ, फुटपाथ पसल तथा बलि निषेध गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यलयले घरमै पूजापाठ गरी धार्मिक आस्थामा आँच नआउने गरी हिन्दुहरुको महान पर्व वडा दशैं मनाउन आग्रह गरेको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ्गले जानकारी दिए।

    समितिको बैठकले सार्वजनिक खुल्ला स्थान चौर चौक बाटोमा बनाइने दुर्गा झाँकी वा पण्डाल नबनाउन, प्रत्येक व्यक्तिले आआफ्नो घर निवासमा पूजा गर्न, सार्वजनिक मन्दिर वा स्थानमा भीडभाड गर्न नपाइने लगायतका नियमहरु लागू गराउने निर्णय भएको जनाएको छ।

    कुनै पनि प्रकारको भिडभाड हुने प्रतिस्प्रधात्मक खेल वा प्रतियोगिता नगर्ने, मेला जात्रा महोत्सव कन्सर्ट जस्ता भिडभाड हुने कार्यक्रम नगर्न नगराउन गरेको निर्णयले यसपटकका चाडपर्व खल्लो हुने कतिपयको बुझाई छ।लोक संस्कृतिका जानकार उमाशंकर द्विवेद्वी भन्छन्, ‘नेता कार्यकर्ताको कार्यक्रम गराउन छुट दिने प्रशासनले पहिला आफै पूजा गरेर दुर्गामातासँग क्षमा माग्नुपर्ने बताए।

    वीरगंज बजारको मुख्य क्षेत्रमा फूलपातीको दिनदेखि नवमीको दिनसम्म सवारी साधन सञ्चालनमा आवश्यकताअनुसार रोक लगाउन सकिने, फूलपाती भित्र्याउने कार्यक्रम सांकेतिक रुपमा मात्र गर्ने त्यसैगरी गहवामाई विन्दवासिनी माई, विर्तामाई नगवा मन्दिरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यस्था मिलाउने साथै ती मन्दिरहरुको वरपर कुनै प्रकारको बजार संचालन गर्न नपाइने लगायत नियमहरुको पालना गर्न जिल्ला प्रशासनले निर्देशन दिएको छ।

    हिन्दुहरुको महान पर्व वडा दशैंको बेला भारत विहारको रक्सौल, बेतिया, सुगौली, सिवान लगायतको क्षेत्रबाट आउने भारतीय तिर्थ यात्रीहरुले वीरगंजमा भव्य मेला लाग्ने गरेको छ।मेलाको क्रममा लगाईने मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिभराऊ हुने वीरगंज कोरोना कहरले यसवर्षको मेला सुनसान हुने देखिन्छ।स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरेर भिडभाड हुने कार्यक्रम नगर्न निर्देशन जारी गरे पनि वीरगंजमा पार्टी प्रवेशका कार्यक्रम भने भइरहेका छन्।nepalsamaya

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    News

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑