वीरगंज। फेसबुक म्यासेन्जर साथिभाइसँग जोडिने सबैभन्दा सहज विकल्प बन्दै गएको छ । यसैबाट भिडियो, भ्वाइस कलिङका साथै म्यासेज समेत गर्न सकिने भएकाले यसको प्रयोगमा अत्याधिक हुने गरेको छ ।त्यही अनुरुप फेसबुकले पनि त्यसमा समय समयमा धेरै फिचर हरु थप गर्दै आएको छ । फेसबुकले सार्वजनिक गरेको म्यासेन्जरको नयाँ अपडेट अनुसार फेसबुकको कलरमा नै ठूलो परिवर्तन आएको छ ।
केही समय अघिमात्रै इन्स्टाग्राम र फेसबुकको म्यनसेन्जरलाई मर्ज गर्न सकिने सुविधा ल्याएसँगै अहिलको म्यासेन्जरको कलर पनि इन्स्टा र म्यासेन्जरको मिक्समा बनेको फिल हुने खालको रहेको छ ।उक्त नयाँ अपडेटमा उपलब्ध भएको अर्को नयाँ फिचर भनेको रियाक्सन पनि हो । तपाईंले अहिले अरु साथिले पठाएको म्यासेजमा डबल क्लिक गर्दा नै रियाक्ट गनै सकिने सुविधा रहेको छ । तर, त्यसमा तपाईंले डबल गर्दा अहिले ‘लभ’ रियाक्ट हुन्छ ।
अब त्यसलाई कसरी परिवर्तन गर्ने त ? परिवर्तन गर्न सकिने सुविधा पनि हो । त्यसका लागि तपाईंले सुरुमा साथिले पठाएको म्यासेजमा क्लिक गर्नुहोस् । त्यहाँ रियाक्टको अप्सन आउँनेछ । त्यसको साइडमा ‘+’ की रहेको छ ।
उक्त प्लसमा क्लिक गर्नुहोस् । त्यति गरेसँगै त्यहाँ तपाईंले अन्य कुनै रियाक्ट गर्न मन भएको खण्डमा तत्कालै गर्न पनि सक्नुहुनेछ । त्यसका साथै तपाईं सँधैको लागि आफ्नो रियाक्सन लिस्ट परिवर्तन गर्न चाहनुहुन्छ भने त्यहाँ ‘कस्टमाइज’ भन्ने अप्सन रहेको छ । उक्त अप्सनमा क्लिक गर्नुहोस् ।
त्यहा क्लिक गरेसँगै तपाईंले माथि रहेको रियाक्सनमध्ये कुन ठाउँमा कुन राख्ने हो भनी छनोट गर्दै परिवर्तन गर्न सक्नुहुनेछ ।