• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    माननीयलाई छैन सुविधाको अभाव !

  • वीरगंज संजाल
  • १ कार्तिक २०७७, शनिबार ०७:०२
  • २१४५

    तलबमा ४२ करोड ८० लाख

    सांसदहरूलाई प्रत्येक महिनाको तलबबापत मात्रै ६४ हजार ७० रुपैयाँ जान्छ । आर्थिक वर्ष ०७६÷७७ मा प्रतिनिधिसभा, राष्ट्रिय सभा सदस्य र उनीहरूका पिएहरूको तलबमा ४२ करोड ८० लाख ८५ हजार तीन सय पाँच रुपैयाँ सकिएको छ । हरेक सदस्यले एकजना स्वकीय सचिव (अधिकृतस्तर) राख्न सक्ने सुविधा कानुनले दिएको छ । त्यस्तै, सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्ष र उनीहरूका सचिवालयसमेतलाई गरेर आव ०७६/७७ मा एक करोड १६ लाख ३९ हजार तीन सय ३० रुपैयाँ सकिएको छ ।

    बैठकभत्तामा वार्षिक ६ करोड 

    संघीय संसद्का सांसदलाई विभिन्न बैठकमा उपस्थित भएबापत दिइने भत्तामै एक वर्षमा झन्डै ६ करोड रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७६÷७७ मा बैठकभत्ताबापत पाँच करोड ८७ लाख सात हजार रुपैयाँ खर्च भएको संसद् सचिवालयबाट प्राप्त विवरणमा छ । त्यसमध्ये सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षले बैठकभत्ताबापत तीन लाख २१ हजार रुपैयाँ लिएका छन् । बाँकी पाँच करोड ८३ लाख ८६ हजार रुपैयाँ सांसदले लिएको देखिन्छ । यो भत्ता सदन, समितिलगायतका बैठकमा सहभागी भएबापत दिइएको हो । यसमा पारवहन भत्ता पनि जोडिएको हुन्छ । संघीय संसद् तीन सय ३४ सदस्यीय छ ।

    सहभागी भएबापत संसद्का हरेक बैठकमा एक हजार बैठक भत्ता र एक हजार पारवहन भत्ता गरी दुई हजार रुपैयाँ दिने कानुनी व्यवस्था छ । संघीय संसद्को कुनै सदन वा समिति वा उपसमिति वा दुवै सदनको संयुक्त बैठकमा भाग लिएबापत प्रत्येक दिनको बैठकका लागि यो रकम उपलब्ध गराइन्छ । संसद् अधिवेशन चलेका वेला होस् या नचलेको, सदन वा समिति, उपसमितिमा उपस्थिति हुँदा पनि प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यहरूले तलबबाहेकै यो रकम लिने गर्छन् ।

    त्यस्तै, ०७६÷७७ मा सांसदलाई दिइने घरभाडामा १३ करोड ७१ लाख ९२ हजार एक सय ४६ रुपैयाँ खर्च भएको छ । काठमाडौंमा घर नहुने प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यलाई संसद्ले घरभाडा उपलब्ध गराउँदै आएको छ । घरभाडाबापत सांसदलाई दिइने रकम ऐनबाट नै तोकिएको छ । सरकारले घरको बन्दोबस्त नगरिदिएको सांसदका लागि घरभाडा उपलब्ध गराउने व्यवस्था छ । त्यसअनुसार दुवैै सदनका सदस्यहरूले १८ हजार पाउँछन् । दलको प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलको सचेतकले २४ हजार दुई सय ६८ रुपैयाँ पाउँछन् । विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको प्रमुख सचेतक र सभापतिले २५ हजार ६ सय आठ रुपैयाँ पाउँछन् ।

    संघीय संसद्का सदस्यको सुविधाका लागि विभिन्न शीर्षकमा रकम छुट्याइन्छ । मासिक तलबबाहेक बैठक भत्ता, पानी तथा बिजुली खर्च, इन्धन खर्च, सवारीसाधन मर्मत खर्च, कार्यक्रम खर्च, अनुगमन, मूल्यांकन खर्च, विदेश भ्रमण खर्च, औषधि खर्चलगायतका शीर्षकमा सांसदहरूले सुविधा पाउँछन् ।

    पानी र बिजुलीमा एक करोड ६४ लाख

    सभामुख, अध्यक्ष, पदाधिकारीलगायत सांसदहरूलाई पानी र बिजुलीका लागि पनि खर्च दिने व्यवस्था छ । टेलिफोन उपलब्ध गराउने, धारा, बिजुलीको खर्च दिने गरिन्छ । आर्थिक वर्ष ०७६÷७७ मा पनि सांसदको आवासमा उपलब्ध गराइने पानी र बिजुलीमा डेढ करोडभन्दा बढी रकम खर्च भएको छ । सरकारले उपलब्ध गराएको सरकारी घरका लागि मात्रै होइन, सांसदहरू आफू जुनसुकै घरमा बसे पनि उनीहरूले त्यसबापत खर्च पाउँछन् ।

    आर्थिक वर्ष ०७६÷७७ मा सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षका लागि पानी तथा बिजुली खर्च ३६ हजार आठ सय २७ रुपैयाँ लागेको थियो भने अरू सांसदहरूका लागि एक करोड ६४ लाख ४७ हजार सात सय २६ रुपैयाँ खर्च भएको छ । अर्थात्, जम्मा खर्च एक करोड ६४ लाख ८४ हजार पाँच सय ५३ रुपैयाँ छ । यो रकम आर्थिक वर्ष ०७५÷७६ को भन्दा बढी हो । ०७५÷७६ मा पानी तथा बिजुलीमा ८० लाख ४८ हजार रुपैयाँ खर्च भएको थियो । अर्थात्, अघिल्लो सालभन्दा पछिल्लो साल सांसदहरूका लागि पानी र बिजुलीमा ८४ लाख ३६ हजार पाँच सय ५३ रुपैयाँ बढी खर्च भएको छ ।

    गाडी मर्मतमा एक वर्षमै ३६ लाख खर्च

    संसद्ले संसदीय समिति सभापति, प्रमुख सचेतक, सचेतकलगायत पदाधिकारीलाई गाडी उपलब्ध गराएको हुन्छ । उनीहरूलाई दिएको गाडीमा तेल हालिदिने, ममर्तसम्भारलगायत खर्च संसद् सचिवालयकै जिम्मामा छ । संसद् सचिवालयको तथ्यांकले सांसद पदाधिकारीको गाडी बिग्रिरहने गरेको निष्कर्ष निकाल्छ । किनकि उनीहरूको गाडी मर्मतसम्भार गरिदिन सचिवालयले ठूलो रकम खर्च गर्ने गरेको देखिन्छ । आर्थिक वर्ष ०७६÷७७ मा ३५ लाख ९१ हजार चार सय ६६ रुपैयाँ पदाधिकारीको गाडी मर्मतमै सकिएको छ । संसद्बाट गाडी पाउने पदाधिकारीले एक हजार पारवहन भत्ताचाहिँ पाउँदैनन् ।

    गाडी मर्मतसम्भारमा मात्रै सभामुख, अध्यक्ष, विपक्षी दलको नेता, सत्तापक्षको नेता, सत्तापक्षको मुख्य सचेतक, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको प्रमुख सचेतक, दलको प्रमुख सचेतक, सत्तापक्षको सचेतक, विपक्षी दलको सचेतक र सभापतिलाई गाडीका लागि इन्धन सुविधासमेत उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

    ०७३ मै कानुन बनाएर उनीहरूलाई त्यस्तो सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था राखिएको छ । सोही कानुनअनुसार ०७६÷७७ मा पदाधिकारीले आफ्नो गाडीमा ८१ लाख ३१ हजार ६ सय ११ रुपैयाँको इन्धन हालेका छन् । संसद्का पदाधिकारीको मात्रै होइन, संसद् सचिवालयको गाडी मर्मत खर्चको रकम पनि ठूलो छ । आव ०७६÷७७ मा मात्रै संसद् सचिवालयले सवारीसाधन मर्मतमा एक करोड २४ लाख ७६ हजार सात सय ४१ रुपैयाँ खर्च गरेको छ । यसरी सांसद र संसद् सचिवालयको गाडीहरूको पार्टपुर्जा निर्माणमा बर्सेनि ठूलो रकम खर्च भइरहेको छ ।

    महँगो छ भ्रमण पनि 

    जनप्रतिनिधिको विदेश भ्रमण खर्चमा पनि ठूलै रकम लाग्ने गरेको छ । आर्थिक वर्ष ०७६÷७७ मा सरकारले छुट्याएको विनियोजित रकमले नपुगेर रकमान्तर गरेरै भ्रमण खर्च पु¥याउनुप¥यो । विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्चमा सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षका लागि मात्रै ४३ लाख विनियोजन गरिएको थियो, तर त्यसले नपुगेर पुनः पाँच लाख रुपैयाँ रकमान्तर गर्नुप¥यो । उल्लिखित चारजनाबाहेक अरू सांसदका लागि ७२ लाख रुपैयाँ छुट्याइएको थियो । तर, त्यसले भ्रमण खर्च नधानेपछि १० लाख ६७ हजार पाँच सय दुई रुपैयाँ रकमान्तर गरेर भ्रमण खर्च पु¥याइएको थियो । अर्थात् विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमणमा एक वर्षमा एक करोड २७ लाख ६१ हजार एक सय ६४ रुपैयाँ खर्च भएको छ ।

    कोरोना संक्रमण भएयता सांसदहरूले विदेश भ्रमण नगरे पनि कोरोना आउनुभन्दा अघि नै भ्रमणमा उक्त रकम खर्च भएको सचिवालयको भनाइ छ । फागुन, चैतयता सांसद वा पदाधिकारीले विदेश भ्रमण नगरेको बताइएको छ । तर, त्यसअघि समितिहरू तथा पदाधिकारी विभिन्न कार्यक्रममा विदेश गएकाले खर्च आएको सचिवालयको रेकर्डमा उल्लेख छ । त्यसो त, सांसदहरूको आन्तरिक भ्रमणमा पनि ठूलै रकम खर्च भइरहेको छ । ०७६÷७७ मा एक करोड दुई लाख २३ हजार ६ सय ९७ रुपैयाँ खर्च भएको छ ।

    प्रोत्साहन र पुरस्कारमै करोडौँ स्वाहा

    संसद् सचिवालयको आर्थिक वर्ष ०७६÷७७ को चालू खर्च ३४ करोड ३५ लाख १४ हजार ६ सय २३ रुपैयाँ रहेको छ । संसद् सचिवालयले आफ्ना कर्मचारीका लागि ०७६÷७७ मा प्रोत्साहन र पुरस्कारका रूपमा पाँच करोड १८ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै, कर्मचारीको बैठक भत्तास्वरूप २४ लाख ३५ हजार रुपैयाँ सकिएको सचिवालय बताउँछ । कर्मचारीको तालिम खर्चबापत ०७६÷७७ मा ६ लाख ६७ हजार ६ सय ८१ रुपैयाँ खर्च भएको थियो । कर्मचारीलाई दिइने महँगी भत्तामा ६१ लाख ६६ हजार तीन सय ३१ रुपैयाँ खर्च भएको देखिन्छ । सचिवालयले पत्रपत्रिका, छपाइ तथा सूचना प्रकाशन खर्चबापत पाँच लाख ८२ हजार पाँच सय ७४ रुपैयाँ खर्च गरेको छ ।https://nayapatrikadaily.com/

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑