• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सात महिनापछि विदेशी पर्यटकका लागि खुल्यो नेपाल

  • वीरगंज संजाल
  • १ कार्तिक २०७७, शनिबार ०६:४५
  • ३६९३

    कोरोना जोखिमका कारण ७ महिना बन्द रहेको विदेशी पर्यटक आगमन १ कात्तिकदेखि खुला हुने भएको छ । कोरोना भाइरसको संक्रमण उच्च रूपमा फैलिरहेको भए पनि सरकारले शनिबारदेखि विदेशी पर्यटक आगमन खुला गरेको हो । ११ चैतदेखि बन्द रहेको पर्यटन क्षेत्रले यो अवधिमा ७० अर्बभन्दा बढी क्षति व्यहोर्नुपरेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । यसअघि ५ चैतदेखि बन्द गरिएको अनअराइभल भिसा पनि सरकारले खुलाइसकेको छ । इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्विट्जरल्यान्ड, सोमालिया, क्यामरुन, लाइबेरिया, इथियोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउने गरेका छन् ।

    तर, नेपाल आउने विदेशी पर्यटकलाई पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ भने नेपाल आएपछि ७ दिन होटेल क्वारेन्टाइन बसेर पुनः परीक्षण गरेपछि मात्रै घुम्न जान पाउने व्यवस्था गरिएको छ । तर, व्यवसायीले भने बढीमा तीन दिन मात्रै राखेर परीक्षण गराएर घुम्न पठाउन माग गर्दै आएका छन् ।

    विश्वभर विदेशी पर्यटकलाई स्वास्थ्य मापदण्ड लागू गरेर खुला गरिरहेको सन्दर्भमा नेपालमा पनि खुलाएर सकारात्मक सन्देश मात्रै दिन खोजिएको होटेल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । ‘खोल्नेबित्तिकै पर्यटकहरू आइहाल्ने भन्दा पनि नेपालमा वर्षमा एकपटक आउनेहरू जसले पहिले नै प्याकेज किनेर राखेका छन्, ती पर्यटक आउन सक्छन्,’ शाहले भने । आएका पर्यटकलाई संक्रमण भएर आएसियूमा पठाउन बेड पाइएन भने नेपालको पर्यटन क्षेत्रमा झन् असर गर्न सक्ने भएकाले सबैले सचेत हुनुपर्ने शाहको भनाइ छ । अहिले विदेशबाटै पूरा प्याकेज लिनेहरू मात्रै आउन पाउँछन् । खास गरी पदयात्रा र आरोहणका प्याकेज लिएकाहरूलाई नेपाल सरकारले केन्द्रित गरेको छ ।

    ७२ घन्टाको पिसिआर रिपोर्ट लिनेले घुम्न पाउने गरी सिसिएमसीले निर्णय गरे तापनि मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृति दिएको छैन । ‘नेपाल पर्यटन बोर्डले क्वारेन्टाइनको अवधि घटाउन पहल गरिरहेको छ, पिसिआर रिपोर्ट हेरेपछि घुम्न पठाउने हो भने सहज हुन्छ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले भने । नेपाल आउँदा ७२ घन्टाको पिसिआर रिपोर्ट देखाउनुपर्नेछ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ । सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्थामा वा समूहमा पर्वतारोहण वा पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वस्वीकृति लिई नेपाल आउन सक्ने व्यवस्था गरिएको छ ।

    नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ । पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्नेछ । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी क्वारेन्टाइनको अवधि घटाउनुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पिसिआर गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिन्छन् ।

    पदयात्रा र पर्वतारोहण नै पहिलो प्राथमिकतामा

    सरकारले कोभिड–१९ का कारण सहरी क्षेत्रमा भन्दा पहाडी र हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणको प्रवद्र्धनलाई प्राथमिकता दिने भएको छ । अब विश्व नै एकल पर्यटनमा लागेकाले नेपाललाई सुवर्ण अवसर हुन सक्ने सिइओ रेग्मी बताउँछन् । सहरबाट गाउँमा पर्यटन पु¥याउने कोभिड–१९ नेपालको अवसर हुन सक्ने भएकाले सरकारले सोहीअनुसार प्रवद्र्धनमा लाग्ने सिइओ रेग्मीले बताए । ‘हिमाली र पहाडी क्षेत्र नेपालको मुख्य गन्तव्य हुन सक्छ, अब एकल पर्यटनको विकासमा लाग्नुपर्छ,’ रेग्मीले भने, ‘सुरक्षालाई केन्द्रमा राखेर अब भारत र चीनलाई प्याकेज सुरु गर्नुपर्छ, सोहीअनुसार लाग्नेछाैं ।’

    पाँचतारे होटेल पनि खुल्दै 

    असोजदेखि साना होटेल खुले पनि पाँचतारे भने खुल्न सकेका थिएनन् । कात्तिकबाट विदेशी पर्यटकलाई आउन दिने निर्णय भएपछि ठूला पाँचतारे होटेल पनि खुलाउने तयारीमा जुटेका छन् । चारतारेसम्मका होटेल भने यसअघिदेखि नै आंशिक खुला भइसकेका छन् । म्यारियट, अलफ्ट र सोल्टी होटेल लकडाउनकै बीचमा पनि सञ्चालनमै रहेका छन् । बौद्धमा रहेको होटेल हायात, दरबारमार्गमा रहेको याक एन्ड यती, लाजिम्पाटमा रहेको र्‍याडिसन र झापामा नवनिर्मित मेची क्राउन आंशिक रूपमा सञ्चालनमा आएका छन् ।

    कोभिडपछि पहिलो आरोहण
    बहराइनका राजकुमारसहितको टोलीले मनास्लु हिमाल आरोहण गरेका छन् । बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले बिहीबार ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण गरेको थियो । यो कोभिड–१९ पछिको पहिलो आरोहण हो ।

    पर्यटन विभागका अनुसार बहराइनको टोलीका १८ जनामध्ये १४ जना आरोही र तीनजना शेर्पा मनास्लुको चुचुरोमा पुगेका थिए । मनास्लु हिमाल संसारको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाइ ८ हजार १ सय ५६ मिटर छ । राजकुमार मोहमद हमदले यसअघि १७ असोजमा रोयल फोर्स टोलीका साथ ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि आरोहण गरेका थिए । १५ जना बहराइन र ३ जना बेलायतीसहित हिमाल आरोहण गर्न गत भदौ ३१ गते नेपाल आएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
  • वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    News

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑