विरगज । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९०)संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ९ सय ४७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २ हाजार १ सय ७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ८० हजार ९ सय ५४ पुगेको छ ।
देशभरका क्वारेनटिनमा ४ हजार ६ सय ६६ जना रहेका छन् । होम आइसोलेसनमा २१ हजार ५ सय ४८ रहेका छन् । संस्थागत आइसोलेसनमा १४ हजार ८ सय १९ छन् । त्यसैगरी आइसीयूमा ३०५ जना र भेन्टीलेटरमा ७० उपचाररत छन् ।