भारत। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै मात्र आफ्नो सम्पत्तीको बारेमा बताएका छन् ।गएको वर्षसम्म उनीसँग २.४९ करोड भारतीय रुपैयाँ रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यो वर्षको ३० जूनसम्म उनको सम्पत्ती बढेर २.८५ करोड रुपैयाँ भएको हो । बैंक ब्यालेन्स र एफडीबाट उनको सम्पत्तीमा एक वर्षमा ३६ लाख रुपैयाँ बढेको हो ।
त्यस्तै भारतीय गृहमन्त्री अमीत शाहलाई शेयर बजारमा भएको उत्तारचढावले ३.६करोड नोक्शान भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनीसँग २८.६३ करोड रुपैयाँको सम्पत्ती रहेको छ ।
एजेन्सीको सहयोगमा