• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नाम मात्रका कोभिड अस्पताल, उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

  • वीरगंज संजाल
  • ३० आश्विन २०७७, शुक्रबार १५:०१
  • ४९०५

    वीरगंज। कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपरेको छ । संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल अहिले तीव्र दरमा संक्रमित बढेपछि भर्ना लिएर उपचार दिन नसक्ने अवस्थामा पुगेका छन् ।

    सरकारले संक्रमितको अनुपातमा अस्पतालमा शड्ढया, उपकरण र जनशक्ति बिस्तार गर्न नसक्दा समस्या भएको हो । सात महिनाअघि तयार पारिएका कोभिड अस्पतालका संरचना संक्रमित सबा लाख पुग्न लाग्दा पनि उस्तै छन् ।

    तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि धरान ९ गौतम पथका ५८ वर्षीय पुरुष होम आइसोलेसनमा बसेका थिए । आइसोलेसनमा बसेका ती संक्रमितलाई बुधबार दिउँसो सास फेर्न गाह्रो भयो। परिवारका सदस्यले वडाअध्यक्ष रत्न कटवाललाई सम्पर्क गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा अक्सिजनसहितको बेड मिलाइदिन आग्रह गरे ।

    कटवालले अक्सिजनसहितको बेडका लागि निकै पहल गरे तर पाइएन । प्रतिष्ठानबाट अक्सिजनसहितको बेड नभएको जानकारी पाएपछि विजयपुर अस्पतालबाट अक्सिजन सिलिन्डर घरमा ल्याएर दिइएका ती संक्रमितलाई राति सास फेर्न कठिन भएपछि प्रतिष्ठानमा लगियो। प्रतिष्ठानमा पुर्‍याएको केही समयमै ती संक्रमितको मृत्यु भयो ।

    धरान १६ का करिब ६० वर्षीय संक्रमितलाई पनि बुधबार साँझ सास फेर्न गाह्रो भयो । प्रतिष्ठानको कोभिड अस्पतालमा लैजान परिवारजनले निकै कोशिस गरे । तर अस्पतालले बेड खाली नभएको जानकारी गरायो । ती संक्रमितको राति नै घरमा मृत्यु भयो ।

    त्यस्तै धरान १५ का ६८ वर्षीय पुरुष ४ दिनअघि संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसे । ती संक्रमितलाई पनि बुधबार दिउँसो सास फेर्न गाह्रो भयो । दिउँसो करिब ४ बजेतिर प्रतिष्ठानमा लगियो ।

    त्यहाँ भेन्टिलेटरको त कुरै छाडौं, सामान्य बेडसमेत नपाएपछि ती संक्रमितलाई विराटनगर लगियो । ती संक्रमितको बुधबार राति नै कोसी कोडिभ उपचार केन्द्रमा मृत्यु भएको धरान १५ का वडाध्यक्ष नरेश इवारमले बताए ।

    धरान ९ का वडाध्यक्ष कटवालले पनि संक्रमितको उपचारका लागि सामान्य बेडसमेत प्रतिष्ठानमा उपलब्ध हुन नसक्नु दुःखद भएको बताए । करोडौं खर्च गरेर लेभल थ्री अस्पताल बनाए पनि अक्सिजनसहितका बेड पर्याप्त व्यवस्था नगरेको भन्दै उनले आक्रोश पोखे ।

    संक्रमण तीव्र भएपछि धरान, इटहरीलगायत सहरमा होम आइसोलेसनमा बस्नेको संख्या बढ्दो छ । स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालमा भर्ना नपाउँदा घरमै ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ ।

    संघीय सरकारले बिपी प्रतिष्ठानलाई सुरुमा लेभल थ्री अस्पताल घोषणा गर्दै सोही अनुसार स्रोत, साधन तयार गर्न बजेटसमेट उपलब्ध गराएको थियो। प्रतिष्ठानले सय बेडको कोभिड अस्पताल बनाए पनि संक्रमित बढ्दै गएपछि त्यो पर्याप्त छैन । गम्भीर प्रकृतिका बिरामीका लागि आवश्यक पर्ने बेड र उपकरण त्यहाँ छैन ।

    सामान्य बेड पनि पाउन मुस्किल भएपछि संक्रमितले उपचार पाउने अवस्था छैन। अस्पताल पनि भद्रगोल अवस्थामा छ । अस्पताल सञ्चालन भएको ३ महिनामै नयाँ जडान गरिएका भेन्टिलेटर बिग्रिएका छन् ।

    एक्स रे र एबिजी मेसिन पनि बिग्रिएको अस्पताल स्रोतले जनाएको छ । कोभिड अस्पतालका १० वटा भेन्टिलेटरमा ४ वटा मात्र सञ्चालनमा छन् । सय बेडको कोभिड अस्पतालमा भेन्टिलेटरबाहेक संक्रमितलाई पाइपबाट सीधै अक्सिजन दिने बेड जम्मा ९ वटा मात्र छन् ।

    कोभिड अस्पतालमा भर्ना भएकालाई पनि अक्सिजन चाहिँदा पालैपालो दिनुपरेको अस्पताल स्रोतले बतायो । ‘कोभिडका बिरामीका लागि अलग्गै अक्सिजन प्लान्ट अहिलेसम्म व्यवस्था भएको छैन, भेन्टिलेटरको त कुरै छाडौं, अक्सिजन बेड पनि पर्याप्त छैनन्,’ स्रोतले भन्यो, ‘लेभल थ्री अस्पताल भनेपछि सिरियस बिरामी ल्याएर उपचार गर्ने हो, सय बेडमा मात्र ९ वटामा अक्सिजन जोडिएको छ ।’

    प्रतिष्ठानमा आएका कोभिडका बिरामी व्यवस्थापन समन्वयकर्ता डा. इन्द्र लिम्बुले अक्सिजनसहितका बेड कम भएको विषयमा पदाधिकारीलाई जानकारी गराइसकेको बताए ।

    धरानका मेयर तिलक राईले प्रतिष्ठानका उपकुलपतिलाई पटकपटक आइसियू, भेन्टिलेटर थप गर्न आग्रह गरे पनि पहल नगरेको बताए । प्रतिष्ठानले सही रुपमा व्यवस्थापन नगर्दा समस्या भएको उनको भनाइ छ ।

    आइसियू नपाउँदा ज्यान गयो

    अर्घाखाँचीबाट उपचारका लागि बुटवल ल्याइएका कोरोना संक्रमितको पनि उपचार नपाएर मृत्यु भएको छ । अर्घाखाँची भूमिकास्थान ९ का ७३ वर्षीय पुरुषको बुटवलका अस्पतालमा आयसियू बेड खाली नभएपछि बिहीबार बिहान दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    ती पुरुषलाई मंगलबार संक्रमण पुष्टि भएका बुधबार बुटवल ल्याइएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएका ती संक्रमितलाई आइसियू बेड खाली नभएकाले आइसोलेसन वार्डमै राखिएको थियो ।

    स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि ती संक्रमितलाई बुधबार राति दाङको बेलझुन्डीस्थित कोरोना अस्पतालमा रेफर गरिएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा. विष्णु गौतमले बताए । दाङ लैजाने क्रममा बिहीबार बिहान पौने ८ बजेतिर ती संक्रमितको बाटोमै मृत्यु भएको जानकारी आएको गौतमले बताए ।

    बुटवलस्थित कोरोना अस्पतालमा उपचारत बुटवलकै एक महिलाको पनि बिहीबार बिहान मृत्यु भएको छ । बुटवल ७ कि ७० वर्षीया संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बिहीबार बिहान सबा ९ बजेतिर मृत्यु भएको डा. गौतमले बताए । गत २१ गते संक्रमण पुष्टि भएकी ती महिलामा उच्च ज्वरो र निमोनिया देखिएको जानकारी उनले दिए ।

    उपचारै नपाएर संक्रमितले ज्यान गुमाइरहँदा र लक्षणसहितका संक्रमित थपिइरहँदा पनि प्रदेश सरकारले अस्पतालको क्षमता बिस्तारमा भने ध्यान दिएकै छैन । चैतमा तयार गरिएका संरचनामा नै अहिलेसम्म काम चलाइएको छ । सुरुमा एक सय बेडको भनेर प्रचार गरिएको बुटवलस्थित कोरोना अस्पतालमा चार वटा भेन्टिलेटसहित १६ वटा आइसियू शैंया र ३२ वटा आइसोलेसन शड्ढया छन् ।

    ती शैंया सबै भरिएका छन् । संक्रमितको उपचारका लागि भैरहवामा ५ शैंया आइसियू् र अन्य १७ शैंया छन् । तर त्यहाँ जनशक्ति नहुँदा संक्रमितले उपचार पाउन नसकेको चिकित्सक बताउँछन् । नागरिक दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑