बिरगंज।आज बिरगंजका युवा हरु दारा प्रदर्शन गरिएकोछ | महिला नै रास्ट्रपति भएको मेरो देशमा महिलाले नै न्याय पाउन्दैन भने महिलाले देश चलाएकोके काम सरकारको ध्यान जाओस बलात्कारी लाई फाँसी होस भन्दै बिरगंजका युवा हरु दारा प्रदर्शन गरिए को थिये ।
बलात्कारीलाई फाँसीको माग गर्दै बिरगंजमा युवाहरुले प्रदर्शन गरेका छन् ।दण्डहिनताका कारण सामाजमा महिला हिंसाका गतिविधीले प्रश्रय पाएको भन्दै बिरगंजका युवाहरुले र्याली सहित विरोध प्रदर्शन गरेका हुन् ।
बलात्कारीलाई फाँसी दे, न्यायमा ढिलाई भनेको अन्याय हो, सरकार भेटियो न्याय भेटिएनलगातयका नारा लगाउँदै वीरगञ्जको घण्टाघरबाट सुरु भएको विरोध र्याली नगर परिक्रमा गरि पुनः घण्टाघर आएर कोणसभामा परिणत भएको थियो । र्याली पछि युवाहरु केही बेर घण्टाघर चोकमा धर्ना समेत दिएका थिए ।
छोटो हाम्रो लुगा होईन–छोटो तपाईको सोच हो, सच्चा पुरुष नारीको सम्मान, बलात्कारमुक्त समाज हाम्रो अभियान, पिडीतलाई न्याय दे, माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नुभएको सरकार भ्रष्टाचारमा व्यस्त छ लगायतका नारा लेखिएका प्लेकार्ड सहित युवाहरु प्रदर्शनमा उत्रिएका थिए ।
र्यालीमा सहभागिहरुले बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई कारवाहीको दायरा भित्र ल्याउनुपर्ने माग गरेका थिए । कार्यक्रममा १ सय भन्दा बढी युवाहरुले विरोध स्वरुप कालो रंगको कपडा लगाएर प्रदर्शन गरेको र्यालीमा सहभागी आशिष गुप्ताले बताए ।सरकारले बल्त्कारीहरु विरुद्ध कडा कानुन नल्याए आफुहरुले आगामी दिनमा पनि यस्ता प्रदर्शन गरिरहने बताए ।