• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निजी प्रयोगशालाबाट पनि कोरोनाको परिक्षण निशुल्क गर्नू: सर्वोच्च अदालत

  • वीरगंज संजाल
  • २७ आश्विन २०७७, मंगलवार २३:५५
  • ३५०५

    वीरगंज | सर्वोच्च अदालतले निजीस्तरमा खुलेका प्रयोगशालाबाट पनि निशुल्क कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन आदेश दिएको छ। १५ असोजमा दिएको आदेशको आज जारी पूर्णपाठमा सर्वोच्चले सरकारलाई निजी प्रयोगशालालाई निशुल्क परीक्षणको व्यवस्था गर्ने आदेश दिन भनेको छ।

    सरकारले आदेश नदिएमा त्यस्तो आदेश अदालत आफैंले दिने पनि फैसलाको पूर्णपाठमा छ। ‘निजी प्रयोगशाला नाफामूलक संस्था भए पनि महामारीको समयमा सरकारको निर्देशन र शुल्क निर्धारणलाई मान्नु नै पर्नेहुन्छ। कम्पनीहरूको सामाजिक दायित्व अन्तरगत पनि उनीहरूले सेवा दिन अस्वीकार गर्न मिल्दैन,’ न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंक मोक्तानको इजलासले गरेको फैसलामा भनिएको छ, ‘निजी प्रयोगशालाले संविधानले नागरिकलाई दिएका हकको ‘म सम्मान गर्दिनँ’, ‘मलाई संविधानको मतलब छैन’ भन्न मिल्दैन। उनीहरूले त्यसो भनेमा सरकारले आदेश दिनुपर्छ। सरकारले आदेश नदिएमा यस अदालतले त्यस्तो आदेश दिनसक्छ।’

    अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले निजी प्रयोगशालालाई समेत निशुल्क परीक्षण गर्न आदेश दिएको भए पनि ‘महामारीको बेला सरकारी संयन्त्रबाटै परीक्षणको दायरा बढाउन, परीक्षण पूर्णत निशुल्क र सहजरूमा गरिने व्यवस्था गर्नु संविधानत आवश्यक देखिन्छ’ भनेको छ।

    २८ भदौमा दर्ता भएको रिटमा पहिलो सुनुवाइमा न्यायाधीश हरि फुयालको इजलासले सरकारलाई कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्न दुवै पक्षलाई छलफलमा बोलाएको थियो। लिखित जवाफ परेको अवस्थामा १५ असोजमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिइकन सिधै फैसला सुनाएको हो।

    उक्त रिटमा विभिन्न अस्पतालले शुल्क लिएर परीक्षण गरिरहेको विवरण पेश गरिएको थियो। साथै शुल्क लिएर परीक्षण गर्न दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयले संविधानको स्वास्थ्यसम्बन्धी मौलिक हक र जनस्वास्थ्य ऐनका व्यवस्थाहरू उल्लंघन भएको दाबी गरिएको थियो।आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएको भन्दै सर्वोच्च अदालतले पीसीआर परीक्षणको शुल्क नलिन आदेश दिएको हो।

    आधारभूत र आकस्मिक स्वास्थ्य सेवा राज्यको सर्वोच्च प्राथमिकतामा रहेमा मात्र नागरिकहरू स्वस्थ र सक्रिय रहन सक्छन् भन्दै सर्वोच्च अदालतले स्वस्थ र सक्रिय नगारिकको लगानी र सहभागितामा मुलुक अघि बढ्ने  उल्लेख गरेको छ। सरकारले शुरूमा पीसीआर परीक्षणबापत ५५०० रूपैयाँ लिन दिने निर्णय गरेको थियो। अहिले भने सरकारले पीसीआर परीक्षणको शुल्क २००० रूपैयाँमा झारेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑